अन्तर्राष्ट्रिय सार्वजनिक क्षेत्रीय लेखा मापदण्ड
अन्तर्राष्ट्रिय सार्वजनिक क्षेत्रीय लेखा मापदण्ड (IPSAS) भन्नाले सार्वजनिक क्षेत्रका संस्थाहरूले वित्तीय विवरण तयार गर्न प्रयोग गरिने, IPSAS बोर्डद्वारा जारी गरिएका लेखा मापदण्डहरूको समुहलाई जनाउँछ। यी मापदण्डहरू अन्तर्राष्ट्रिय वित्तीय प्रतिवेदन मापदण्ड (IFRS) मा आधारित छन्, जुन अन्तर्राष्ट्रिय लेखा मापदण्ड बोर्ड (IASB) ले जारी गरेको हो।
उद्देश्य
[सम्पादन गर्नुहोस्]IPSAS को उद्देश्य सार्वजनिक क्षेत्रका संस्थाहरूको साधारण प्रयोजनका वित्तीय प्रतिवेदनको गुणस्तर सुधार गर्नु हो, जसले सरकारद्वारा गरिएका स्रोत विनियोजन निर्णयहरूको राम्रो मूल्याङ्कन गर्न सहयोग पुर्याउँछ, र पारदर्शिता र जवाफदेहितामा वृद्धि गर्न मदत गर्दछ। यो उद्देश्य पुरा गर्नका लागि IPSAS र अन्य वित्तीय प्रतिवेदन सम्बन्धी मार्गदर्शनहरू विकासमा निरन्तरता दिनु, साथै सार्वजनिक क्षेत्रमा प्रोदभावी लेखा प्रणाली सम्बन्धी चेतना तथा प्रयोग बढाउनु पर्ने हुन्छ।