अन्नपूर्णा
| अन्नपूर्णा | |
|---|---|
खाना र पोषणकी देवी | |
| संस्कृत | अन्नपूर्णा |
| आबद्ध | पार्वती, देवी, दुर्गा |
| वासस्थान | कैलाश पर्वत |
| प्रतीक | भाँडो, डाडु |
| बार | शुक्रबार |
| रानी | शिव |
अन्नपूर्णा, अन्नपूर्णेश्वरी वा अन्नदा[१] पार्वतीको एक अवतार हो र यसलाई खाना र खुवाउने हिन्दु देवी भनेर चिनिन्छ। हिन्द धर्ममा पूजा र भोजन अर्पणको अत्यधिक प्रशंसा गरिन्छ, र त्यसैले, देवी अन्नपूर्णालाई एक लोकप्रिय देवीको रूपमा मानिन्छ।[२] भरतचन्द्र रायद्वारा बङ्गाली भाषामा लेखिएको कथा कविता अन्नदा मङ्गलमा उनको प्रशंसा गरिएको छ। अन्नपूर्णा सहस्रनाम देवीको लागि समर्पित छ र उनको एक हजार नामहरूको प्रशंसा गर्दछ, जबकि अन्नपूर्णा शतनाम स्तोत्रम उनको १०८ नामहरूमा समर्पित छ।
भारतमा उनी समर्पित केही मन्दिरहरू अवस्थित छन् जसमध्ये अगस्त्यद्वारा होरानाडुमा स्थापित अन्नपूर्णेश्वरी मन्दिर र वाराणसीमा अन्नपूर्णा देवी मन्दिर केही सबैभन्दा प्रमुख उदाहरणहरू हुन्। अक्षय तृतीयालाई अन्नपूर्णाको जन्मदिन मानिने भएकोले, यो दिन सुनका गहनाहरू किन्नको लागि धेरै शुभ मानिन्छ।[३]
प्रतिमा
[सम्पादन गर्नुहोस्]
आगम (धार्मिक ग्रन्थहरू)ले अन्नपूर्णाको प्रतिमालाई रातो रङ्ग भएको, पूर्णिमा जस्तै गोलो अनुहार, तीन आँखा, उच्च स्तन र चार हात भएकी देवीका रूपमा वर्णन गर्दछ। तल्लो बायाँ हातमा स्वादिष्ट खानाले भरिएको भाँडो बोकेको चित्रण गरिएको छ। दायाँ हातमा विभिन्न रत्नहरूले सजाइएको सुनौलो डाडु छ। अन्य दुई हातमा अभय र वरद मुद्राहरू चित्रण गरिएको छ। उनको नाडी र छातीमा सुनौलो गहनाहरू लगाएको चित्रण गरिएको छ।[४] उनी शिरमा अर्धचन्द्रले सजिएको सिंहासनमा विराजमान छिन्।[५]
किंवदन्ती
[सम्पादन गर्नुहोस्]
एक दिन, भगवान शिव र उनकी पत्नी पार्वती भौतिक संसारको बारेमा वादविवादमा परेका थिए। शिवले सबै भौतिकवादी कुराहरू केवल एक भ्रम हो, जसमा मानिसहरूले खाएको खाना पनि समावेश भएको बताएका थिए। यसले भौतिकवादी पक्षहरूलाई शासन गर्ने पार्वतीलाई रिस उठेको थियो। शिव र संसारलाई आफ्नो महत्त्व देखाउन, उनी गायब हुन्छिन् र उनी बिना संसार कसरी बाँच्नेछ भनेर हेर्न चाहेको बताउँछिन्।
पार्वती गायब भएसँगै, संसारमा खानाको अभाव हुन पुग्यो र अनिकाल देखा पर्दै गयो। शिवका अनुयायीहरूले उहाँसँग खानाको लागि भिक्षा माग्न पुगे। देवताहरू पनि खानाको लागि भिक्षा माग्न बाध्य भए, तर कुनै खाना पाएनन्। अन्ततः, शिव र उनका अनुयायीहरूले पृथ्वीमा वाराणसी (काशी) सहरमा एउटा मात्र भान्छा छ, जहाँ अझै पनि खाना उपलब्ध छ भन्ने सहसुस गर्न थाले।
शिव खाना माग्न काशी गए। उनलाई भान्साकोठा उनकी पत्नी पार्वतीको स्वामित्वमा रहेकाले उनी आश्चर्यमा परे र त्यहाँ पार्वती अन्नपूर्णाको बसेकी थिइन्। उनले आकाशीय बैजनी र खैरो वस्त्र लगाएकी थिइन्, जुन हल्का रूपमा गहनाहरूले सजाइएको थियो। उनी सिंहासनमा बसेकी थिइन्, भोका देवताहरू र पृथ्वीका भोका बासिन्दाहरूलाई खाना बाँड्दै र सेवा गर्दै थिइन्। अन्नपूर्णाले शिवलाई आफ्नो खाना भिक्षाको रूपमा चढाएकी थिइन्।[६]
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ Williams, Monier, "Monier-Williams Sanskrit-English Dictionary", faculty.washington.edu, मूलबाट २६ जनवरी २०१७-मा सङ्ग्रहित, अन्तिम पहुँच १८ नोभेम्बर २०१७, "annapūrṇa : pūrṇa mfn. filled with or possessed of food; (ā), f. N. of a goddess, a form of Durgā" वेब्याक मेसिन अभिलेखिकरण २६ जनवरी २०१७ मिति
- ↑ P. 2001, p. 13
- ↑ Nanu, Narendra (६ मे २०११), "TOPSHOTS An Indian customer looks at a selection of white gold...", Getty Images, मूलबाट २४ सेप्टेम्बर २०१५-मा सङ्ग्रहित, अन्तिम पहुँच २५ मे २०१५। वेब्याक मेसिन अभिलेखिकरण २४ सेप्टेम्बर २०१५ मिति
- ↑ P. 2001, p. 19
- ↑ P. 2001, p. 20
- ↑ P. 2001, p. 17