सामग्रीमा जानुहोस्

अन्नपूर्ण हिमशृङ्खला

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
अन्नपूर्ण
सूर्योदय पूर्व अन्नपूर्ण आधार शिविर (४,१३० मी)बाट देखिएको अन्नपूर्ण हिमाल
सर्वोच्च विन्दु
उचाइ८,०९१ मी (२६,५४५ फिट)
१०औँ क्रम
प्रमुखता२,९८४ मी (९,७९० फिट)[][]
९४औँ क्रम
अभिभावक शिखरचोयु
भिन्नता३४ किमी (२१ माइल) Edit this on Wikidata
सूचीआठ हजारी
अल्ट्रा
भूगोल
अन्नपूर्ण मा पर्दछ नेपाल
अन्नपूर्ण
अन्नपूर्ण
नेपाल
स्थानगण्डकी प्रदेश, नेपाल
हिमशृङ्खलाहिमालय
आरोहण
पहिलो आरोहण३ जुन १९५०
मौरिस हर्जोगलुइस लाचेनल
(पहिलो हिउँद सफल आरोहण ३ फेब्रुअरी १९८७ जर्जी कुकुज्का रा आर्टुर हाजेर)
सबैभन्दा सजिलो मार्गहिउँ/हिउँको पहाड

अन्नपूर्ण हिमालय समूह हिमालयमा अवस्थित नेपालको उत्तर-मध्यमा रहेको छ। यसमा रहेको एक हिमालयको उचाई ८,००० मिटर (२६,००० फिट) रहेको छ त्यसतै यस समूहको तेह्र वटा हिमालको उचाई ७,००० मिटर (२३,००० फिट)को छ र सोह्र भन्दा अधिक हिमालको उचाई ६,००० मिटर (२०,००० फिट) रहेको छ।[] यो हिमालय समूह ५५ किलोमिटर (३४ माइल) लामो रहेको छ भने यसको पश्चिम भागलाई कालीगण्डकी खोंच त्यस्तै यसको उत्तर र पूर्वलाई मर्स्याङ्दी नदी तथा यसको दक्षिण भागलाई पोखरा उपत्यकाले सीमाबद्ध गरेको छ। यस हिमाल समूहको पश्चिमी अन्तमा अन्नपूर्ण अभयारण्य भनिने उच्च बेसिन रहेको छ। अन्नपूर्ण प्रथम हिमाल विश्वको दशौं अग्लो र नेपालको नवौँ अग्लो हिमाल हो, यो हिमालको उँचाई ८,०९१ मिटर (२६,५४५ फिट) रहेको छ। मानव इतिहासमा आठ हजार हिमालहरू मध्ये सर्वप्रथम अन्नपूर्ण प्रथमको सफल आरोहण भएको थियो ।

यो पुरै हिमाल समूह तथा यस आसपासका ७,६२९ वर्ग किलोमिटर (२,९४६ वर्ग माइल) क्षेत्र अन्नपूर्ण संरक्षण क्षेत्रद्वारा संरक्षित गरिएको छ। यो नेपालको सबैभन्दा पहिलो र सबैभन्दा ठुलो संरक्षण क्षेत्र हो। अन्नपूर्ण संरक्षण क्षेत्र विभिन्न पदयात्रीहरूको लागि घर हो जसमा अन्नपूर्ण सर्किट पनि रहेको छ।

ऐतिहासिक रूपमा अन्नपूर्ण हिमाल आरोहण गर्नका लागि विश्वको सबैभन्दा खतरनाक हिमाल मध्ये एक हो। सबैभन्दा नवीनतम इतिहासलाई हेर्दा सन् १९९० वा त्यसपछि कञ्चनजङ्घा हिमाल आरोहण गर्दा मृत्यु हुनेको सङ्ख्या बढी रहेको छ।[] मार्च २०१२ सम्ममा अन्नपूर्ण प्रथम हिमाल आरोहण गर्नेको सङ्ख्या १९१ रहेको छ भने हिमाल आरोहान गर्दा ६१ को मृत्यु भइसकेको छ।[] यो शिखरसम्मको मृत्यु दर (३२%) रहेको छ जुन कुनै पनि आठ हजारी हिमालभन्दा बढी रहेको छ। समग्रमा हेर्दा दक्षिण धारबाट आरोहण सबैभन्दा कठिन रहेको छ। सन् २०१४ अक्टोबरमा हिमआँधी र हिमपहिरोले गर्दा अन्नपूर्ण हिमाल आरोहण गर्न गएका ३९ जनाको मृत्यु भएको थियो जुन नेपालको पदयात्रा इतिहासको सबैभन्दा ठुलो आपदा रहेको थियो।[]

अन्नपूर्ण संस्कृत भाषाको नाम हो, जसको अर्थ अन्नको पुरा अवस्था हुन्छ।

अन्नपूर्ण हिमालय समूहमा जम्मा ६ टाकुराको उचाई ७,२०० मी (२३,६२० फिट) रहेको छ, जुन निम्नानुसार छन्:

अन्नपूर्ण प्रथम (मुख्य) ८,०९१ मी (२६,५४५ फिट) १०औँ क्रम; विशेषता=२,९८४ मी २८°३५′४२″N ८३°४९′०८″E / 28.595°N 83.819°E / 28.595; 83.819 (Annapurna I)
अन्नपूर्ण दोश्रो ७,९३७ मी (२६,०४० फिट) १६औँ क्रम; विशेषता=२,४३७ मी २८°३२′२०″N ८४°०८′१३″E / 28.539°N 84.137°E / 28.539; 84.137 (Annapurna II)
अन्नपूर्ण तेश्रो ७,५५५ मी (२४,७८६ फिट) ४२औँ क्रम; विशेषता=७०३ मी २८°३५′०६″N ८४°००′००″E / 28.585°N 84.000°E / 28.585; 84.000 (Annapurna III)
अन्नपूर्ण चौथौ ७,५२५ मी (२४,६८८ फिट) २८°३२′२०″N ८४°०५′१३″E / 28.539°N 84.087°E / 28.539; 84.087 (Annapurna IV)
गङ्गापूर्ण ७,४५५ मी (२४,४५७ फिट) ५९औँ क्रम; विशेषता=५६३ मी २८°३६′२२″N ८३°५७′५४″E / 28.606°N 83.965°E / 28.606; 83.965 (Gangapurna)
अन्नपूर्ण दक्षिण ७,२१९ मी (२३,६८४ फिट) १०१औँ क्रम; विशेषता=७७५ मी २८°३१′०५″N ८३°४८′२२″E / 28.518°N 83.806°E / 28.518; 83.806 (Annapurna South)

अन्नपूर्ण संरक्षण क्षेत्र (7 9 62 किलोमिटर) एक प्रसिद्ध ट्रेकिङ्ग क्षेत्र हो। अन्नपूर्ण क्षेत्रमा तीनवटा प्रमुख ट्र्याकिङ मार्गहरू छन्: जोमसन ट्रेकलाई जोमसम र मुक्तिनाथ | अन्नपूर्ण आधार शिविरमा अन्नपूर्ण पदयात्रा मार्ग; र अन्नपूर्ण सर्किट, जुन अन्नपूर्ण हिमाललाई घिमिरे गर्दछ र जोमसम राउटर समावेश गर्दछ। [24] पोखराको प्रायः यो पदयात्राको लागि शुरुवात बिन्दुको रूपमा कार्य गर्दछ, र यो पनि घोरपानी वा घान्द्रुकका मार्गहरू जस्तै एक देखि चार दिनको अन्य छोटो ट्रकका लागि सुरूवात स्थान हो।

तिब्बतको पूर्व राज्यस्थल जिल्लामा भौगोलिक रूपमा अन्नपूर्ण क्षेत्रको एक भाग हो, तर माथिल्लो मुस्ताङ्गमा अवस्थित विशेष प्रतिबन्धहरूको विषय हो। सडकमा नेपाली सरकार द्वारा सडक निर्माणको कारण मुस्ताङ्ग पनि पहाड साइकल बाइकिङको लागि लोकप्रिय बनेको छ ।

नेपालका सबै ट्र्याकरहरूको दुई-तिहाई अन्नपूर्ण क्षेत्रमा भेटिन्छ। क्षेत्र सजिलै सुलभ छ, पर्वतमा अतिथि घरहरू पनि प्रचुर मात्रामा छन्, र यो पदमार्ग उच्च पहाडी र तल्लो गाउँका साथ अविश्वसनीय विविध दृश्यहरू प्रदान गर्छन्।[]

पर्वतारोहण अभियान

[सम्पादन गर्नुहोस्]
हवाईजहाजबाट देखिएको अन्नपूर्ण हिमालय समूह
अन्नपूर्ण प्रथमको दक्षिण भाग

अन्नपूर्ण प्रथम

[सम्पादन गर्नुहोस्]

अन्नपूर्ण प्रथम ८,०००-मिटर (२६,२०० फिट) सबैभन्दा अग्लो टाकुरा भएकोले यसको आरोहण गर्नका निमित्त आरोहण दल लागिपरेको थियो।[] सन् १९५० मा फ्रान्सेली आरोहण दलले धौलागिरी अथवा अन्नपूर्ण पर्वत आरोहण गर्ने अनुमति पाएको थियो। सोही अनुरूप अन्नपूर्ण हिमाल आरोहण गर्ने उद्देश्यले ५ अप्रिल, १९५० मा फ्रान्सेली दल नेपाल आयो। आरोहण दलमा जिन कौजी , लुइस लचेनल, ग्यास्टन रिवुफत , मार्सल स्कातज र लायोनल टेरी रहेका थिए।[] सोही दलमा चिकित्सक जाकेस औडत , फोटोग्राफर मार्सल आइचक र कुटनैतिक एवम् संयोजन प्रमुखको पनि सहभागिता थियो। ग्रुप दे हाउते मोन्टेजका महासचिव मौरिस हर्जोगले दलको नेतृत्व गरेका थिए। सरदार आङ्गथार्केको मातहतका ८ जना शेर्पाहरू आरोहण कार्यका सहयोगी थिए। उत्तर पश्चिम धारबाट पहिलो आरोहण गर्ने प्रयास भएकोमा यसलाई परिवर्तन गरी उत्तरी मोहोडाबाट चढ्ने निर्णय भयो। शिविरबाट पाचौँ शिविर सम्म पुग्न १० दिन लाग्यो। यति ठूलो र अपरिचित पर्वतको लागि यो समय छिटो थियो। आरोहीहरूले विहान सवेरै चढाई सुरू गरे पनि अपरान्हतिर हिउँ पर्ने हुनाले शिविरमा पुग्दा दिनहुँ बाटो अवरुद्ध हुन्थ्यो। हिमपातको कारणले गर्दा हिमपहिरो आउने सम्भावना हुन्थ्यो। अन्नपूर्णको उत्तरी मोहोडा हिउँ पहिरोको खतरा हुने ठाउँ मानिन्छ। मध्यान्हतिर ३० देखि ५० सेन्टिमिटर बाक्लो हिउँ पर्नाको कारण बढी खतारायुक्त अवस्था थियो। अनेकौ कठिनाइको बावजुद हर्जोग र लचेनल पाचौँ शिविरमा पुगे। हर्जोगले आङ्गथार्की शेर्पालाई जुन ३ सम्म शिखर आरोहण गर्ने मौका दिएका थिए, तर हिउँले उनका पैताला खाएको हुनाले आरोहण त्यागेर तल फर्के। जून २ मा जोडसँग हावा चलेको हुनाले पाल तथा सामान तितरवितर भए। पाल तथा कपडाहरूमा हिमपात भै थुप्रो लाग्यो। त्यस रातमा उनीहरू सुत्न पाएनन। यस प्रकारको जटिल परिस्थितिले लचेनललाई विहृवल बनायो र उनी तल झर्ने विचार गरे तर हर्जगले आरोहणलाई निरन्तरता दिन अनुरोध गरे। लचेनलले हर्जोगको अनुरोध स्वीकार गरी उनकै साथमा लागे। अक्सिजन प्रयोग नगरीकन सन् १९५० जुन ३ मा ती दुवैजना अन्नपूर्ण(प्रथम)को शिखरमा पुगे। हिउँले हात तथा पैताला खाएर गम्भीर रूपमा बिमारी भए पनि अन्नपूर्ण(प्रथम)को प्रथम आरोहण सम्पन्न गरेकोमा दुवैजना प्रशन्न देखिन्थे।

पर्वतारोहणको ऐतिहासिक तालिका

[सम्पादन गर्नुहोस्]
  • सन् १९५० - फ्रान्सेली नागरिक मौरिस हर्जोगको नेतृत्वमा ८,००० मिटरमध्येको अन्नपूर्ण प्रथम आरोहण दल पठायो। जुन ३ मा माउरिस हर्जोग र लुइस लचेनल अन्नपूर्ण(प्रथम)को शिखरमा पुगे। यो अन्नपूर्ण(प्रथम)को पहिलो आरोहण हो।
  • सन् २०२४ सम्म ३६५ जनाले अन्नपूर्ण प्रथम शिखरमा सफल आरोहण गरेका छन्।[]

चित्र दीर्घा

[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "Annapurna", Peakbagger.com, अन्तिम पहुँच २००९-०१-१२ 
  2. "Nepal/Sikkim/Bhutan Ultra-Prominences", peaklist.org, २५ डिसेम्बर २००८-को मूल रूप सङ्ग्रहित, अन्तिम पहुँच २००९-०१-१२  |deadurl= प्यारामिटर ग्रहण गरेन (सहायता)
  3. H. Adams Carter (१९८५), "Classification of the Himalaya", American Alpine Journal 27 (59): 127–9, अन्तिम पहुँच २०११-०५-०१ 
  4. "Complete ascent — fatalities statistics of all 14 main 8000ers", 8000ers.com, जुन १९, २००८, अन्तिम पहुँच २०१३-०५-३० 
  5. ५.० ५.१ "Stairway to heaven", The Economist, मे २९, २०१३, अन्तिम पहुँच २०१३-०५-३० 
  6. "Nepal Annapurna: Climbing disaster toll reaches 39", BBC News, १८ अक्टोबर २०१४। 
  7. Annapurna Circuit Itinerary | Complete Trekking Guide, Map, Cost for 14 Days Nepal वेब्याक मेसिन अभिलेखिकरण २०१८-०८-२६ मिति
  8. Herzog, 1953, p. 257.
  9. Hiking, Adventure Trek, "Annapurna", Annapurna 

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]

यो पनि हेर्नुहोस

[सम्पादन गर्नुहोस्]