सामग्रीमा जानुहोस्

अफगानिस्तानमा महिला

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
१९७० को दशकमा काबुल चिकित्सा संकाय

अफगानिस्तानमा महिलाका हकहरू ऐतिहासिक रूपमा विविध थिए। सन् १९६४ मा महिलाहरूले आधिकारिक रूपमा संवैधानिक समानता प्राप्त गरेको भएतापनि यी हकहरू सन् १९९० को दशकमा गृहयुद्धको समयमा तालिबान जस्ता विभिन्न अस्थायी शासकहरूद्वारा खोसिएको थियो।[] विशेषगरी पछिल्लो शासनको समयमा, महिलाहरूको स्वतन्त्रतामा धेरै कम आएको थियो। सन् २००१ को अन्त्यतिर तालिबान शासन समाप्त भएपछि इस्लामी गणतन्त्र अफगानिस्तान अन्तर्गत महिलाका हकहरू क्रमशः सुधार हुँदै गएको देखिन्छ।[][][][][] सन् २००४ को संविधान अन्तर्गत महिलाहरूले पुनः पुरुष समान सम्मान पाउने उल्लेख गरिएको थियो जुन सन् १९६४ संविधानमा आधारित थियो।[] विशेषगरी ग्रामीण भूभागका निश्चित वर्गका महिलाहरूले हक तथा अधिकार प्राप्त गर्न जटिल नै थियो जुन अन्तर्राष्ट्रिय चासोको विषय बन्न पुगेको थियो।[]

काबुलमा बुर्का लगाएकी एक महिला, सेप्टेम्बर २०२१

अफगानिस्तानमा महिला अधिकारलाई तालिवानद्वारा कडा रूपमा प्रतिबन्ध लगाएको छ। सन् २०२३ मा संयुक्त राष्ट्रसङ्घले अफगानिस्तानलाई महिलाका लागि विश्वकै सबैभन्दा दमनकारी देश घोषणा गरेको थियो।[] सन् २०२१ मा अफगानिस्तानबाट अमेरिकी सेना फिर्ता बोलाइएपछि तालिबानले बिस्तारै महिलाहरूलाई हिँडडुल गर्न, शिक्षा र रोजगारीको स्वतन्त्रतामा धेरै प्रतिबन्धहरू लगाएको थियो। महिलाहरूलाई माध्यमिक विद्यालय र विश्वविद्यालयहरूमा अध्ययन गर्न पनि प्रतिबन्ध लगाइएको थियो जसकारण छैटौँ कक्षा भन्दा माथि अध्ययन गर्न नपाउने गरी महिलाहरूलाई प्रतिबन्ध लगाउने देश मध्ये अफगानिस्तान एक मात्र देश हो।[१०] सार्वजनिक स्थल, व्यायामशाला र ब्युटी पार्लरमा जाने अनुमति महिलाहरूलाई दिइएको छैन। उनीहरूलाई बाहिर हिँडडुल गर्न वा व्यायाम गर्न, घरबाहिर आफ्नो अनुहार वा शरीरको कुनै पनि भाग देखाउन, अपरिचित व्यक्तिहरूले सुन्ने गरी घरभित्र गाउन वा पढ्न समेत निषेध गरिएको छ।[११][१२][१३][१४] चरम अवस्थामा, तालिबानका जेलहरूमा महिलाहरूलाई सामूहिक बलात्कार र यातना दिइएको बताइन्छ। सन् २०२१ मा तालिबानले अफगानिस्तानका अधिकांश भागको नियन्त्रण लिएपछि देशका महिलाहरूको भविष्यका बारेमा चिन्ता बढ्न थालेको पाइन्छ।[१५][१६]

अवैध सम्बन्ध स्थापित गर्ने महिलाहरूलाई कोर्राले हान्ने वा ढुङ्गाले हानेर मार्ने जस्ता कठोर सजायहरू हुन सक्छ। सन् २०२१ मा देशमा तालिबानको कब्जापछि आत्महत्या गर्नेहरूको सङ्ख्या उल्लेख्य रूपमा वृद्धि भएको र महिलालक्षित यौन अपराध उच्च विन्दुमा पुगेको पाइन्छ। धेरै महिलाहरू शिक्षा र रोजगारीको लागि देश छोडेर इरान जस्ता ठाउँहरूमा गएका छन्।[१७][१८] तालिबानको अधीनमा अफगानिस्तानमा महिलाविरुद्ध भेदभाव र व्यवस्थित असमानतालाई संयुक्त राष्ट्रसङ्घ र एम्नेस्टी इन्टरनेसनल जस्ता सङ्गठनहरूले "लैङ्गिक रङ्गभेद" को रूपमा वर्णन गरेका छन्।[१९]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "An introduction to the constitutional law of Afghanistan", मूलबाट १० मे २०२२-मा सङ्ग्रहित, अन्तिम पहुँच ६ सेप्टेम्बर २०२१ 
  2. Rempfer, Kyle (२०१९-०३-२८), "Afghan forces could turn guns on Kabul without US air support, cash and troops, among other warnings", Military Times (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२१-०९-०६ 
  3. "Afghan Girl Wins Reality Show For The First Time", TOLOnews (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२१-०९-०६ 
  4. "Kabul's American university students defiant despite violence" (बङ्गालीमा)। 
  5. "- YouTube", www.youtube.com, अन्तिम पहुँच २०२१-०९-०६ 
  6. "Inside Afghanistan's First Boarding School for Girls | National Geographic" (अङ्ग्रेजीमा)। 
  7. "Afghan Constitution a Partial Victory for Women", Women's eNews (अङ्ग्रेजीमा), २००४-०१-१४, अन्तिम पहुँच २०२१-०९-०६ 
  8. Trofimov, Yaroslav (२०२१-०८-१५), "Afghanistan Government Collapses as Taliban Take Kabul", Wall Street Journal (अङ्ग्रेजीमा), आइएसएसएन 0099-9660, अन्तिम पहुँच २०२१-०९-०६ 
  9. Faiez, Rahim (९ मार्च २०२३), "UN: Afghanistan is world's most repressive country for women", Associated Press, अन्तिम पहुँच २६ अगस्ट २०२४ 
  10. "Afghanistan: Taliban Tighten Grip 3 Years into Rule", Human Rights Watch, ११ अगस्ट २०२४, अन्तिम पहुँच २६ अगस्ट २०२४ 
  11. "Afghanistan: Taliban ban women from universities amid condemnation", BBC News, २१ डिसेम्बर २०२२, मूलबाट २०२२-१२-२१-मा सङ्ग्रहित, अन्तिम पहुँच २१ डिसेम्बर २०२२ 
  12. "Taliban prohibit university educations for Afghan women in latest revocation of rights", France 24, २० डिसेम्बर २०२२, अन्तिम पहुँच २१ डिसेम्बर २०२२ 
  13. Faulkner, Charlie (२२ डिसेम्बर २०२२), "Taliban ban all Afghan women from university and girls from primary school", The Times (अङ्ग्रेजीमा), आइएसएसएन 0140-0460, अन्तिम पहुँच २०२२-१२-२२ 
  14. Yong, Nicholas (२०२३-०७-०४), "Taliban order Afghanistan's hair and beauty salons to shut", BBC (अङ्ग्रेजीमा) (Singapore), मूलबाट २०२३-०७-०४-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२३-०७-०४ 
  15. "The Observer view on Afghanistan: Britain and the US are complicit in the Taliban's oppression of women", The Guardian, ८ सेप्टेम्बर २०२४, अन्तिम पहुँच ९ सेप्टेम्बर २०२४ 
  16. "Video appears to show gang-rape of Afghan woman in a Taliban jail", The Guardian, ३ जुलाई २०२४, अन्तिम पहुँच ९ सेप्टेम्बर २०२४ 
  17. "'They can stone us and flog us – I will keep using makeup': why women risk everything in Afghanistan's secret salons", The Guardian, १ अगस्ट २०२४, अन्तिम पहुँच २६ अगस्ट २०२४ 
  18. Townsend, Mark (१५ अगस्ट २०२४), "Hundreds of cases of femicide recorded in Afghanistan since Taliban takeover are 'tip of the iceberg'", The Guardian, अन्तिम पहुँच २६ अगस्ट २०२४ 
  19. "Global: Gender apartheid must be recognized as a crime under international law", amnesty.org, १७ जुन २०२४, अन्तिम पहुँच २६ अगस्ट २०२४ 

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]