सामग्रीमा जानुहोस्

अब्राहम लिङ्कन

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
अब्राहम लिङ्कन
सन् १८६३ मा लिङ्कन
१६औँ राष्ट्रपति अमेरिकाको राष्ट्रपति
कार्यकाल
४ मार्च १८६१  १५ अप्रिल १८६५
उपराष्ट्रपतिहेनिबल ह्यामलिन (सन् १८६१–१८६५)
एन्ड्रु जोनसन (सन् १८६५)
पूर्वाधिकारीजेम्स ब्युकानन
उतराधिकारीएन्ड्रु जोनसन
इलिनोई
Member of the U.S. House of Representatives
from 's इलिनोईबाट अमेरिकी प्रतिनिधिसभा सदस्य district
कार्यकाल
४ मार्च १८४७  ४ मार्च १८४९
पूर्वाधिकारीजोन हेनरी
उतराधिकारीथोमस एल ह्यारिस
निर्वाचन क्षेत्रसाङ्गामोन काउन्टी, इलिनोईबाट
इलिनोई प्रतिनिधिसभा सदस्य
Member of the इलिनोई House of Representatives
कार्यकाल
१ डिसेम्बर १८३४  सन् १८४२
पूर्वाधिकारीएकिलिस मोरिस
व्यक्तिगत विवरण
जन्म(१८०९-०२-१२)फेब्रुअरी १२, १८०९
मृत्यु१५ अप्रिल १८६५(1865-04-15) (उमेर ५६)
पिटरसन हाउस,
वासिङ्टन डिसी, अमेरिका
मृत्युको कारणगोली हानी हत्या
चिहानलिङ्कनको समाधिस्थल, ओक रिज चिहान
स्प्रिङफिल्ड, इलिनोई, अमेरिका
राजनीतिक दलहुइज पार्टी(सन् १८३४–१८५४)
रिपब्लिकन(सन् १८५४–१८६५)
अन्य राजनीतिक
संलग्नता
नेसनल युनियन(सन् १८६४–१८६५)
उचाई६ फुट ४ इन्च []
जीवनसाथी
मेरी टोड लिङ्कन
(
वि १८४२)
सन्तानरोबर्ट टोड लिङ्कन
एडवर्ड बेकर लिङ्कन
विलिमय वेलेस लिङ्कन
ट्याड लिङ्कन
पेशा
  • वकिल
  • राजनीतिज्ञ
हस्ताक्षरCursive signature in ink
सैन्य सेवा
Branch/serviceइलिनोई सेना
Years of service३ महिना
(२१ अप्रिल १८३२ – १० जुलाई १८३२)
Rank
  • सेनानी
    (२१ अपिल १८३२ – २७ मे १८३२)
  • सिपाही
    (२८ मे १८३२ – १० जुलाई १८३२) सेनानी सैन्य दर्जाबाट हटाएर पुनः सिपाहीको रूपमा भर्ती गरिएको
Battles/warsब्ल्यक हक युद्ध

Deprecated parameter serviceyearsDeprecated parameter restingplaceDeprecated parameter otherpartyDeprecated parameter vicepresident

अब्राहम लिङ्कन (अङ्ग्रेजी: Abraham Lincoln, १२ फेब्रुअरी १८०९ - १५ अप्रिल १८६५) संयुक्त राज्य अमेरिकाका सोह्रौँ राष्ट्रपति थिए। सन् १८६१ देखि १८६५ मा हत्या हुनु अघिसम्म उनले अमेरिकी राष्ट्रपतिको जिम्मेवारी सम्हालेका थिए। उनले अमेरिकी गृहयुद्धमा सङ्घको नेतृत्व गरी परीसङ्घीय राज्य अमेरिकालाई पराजित गरेर दासप्रथा अन्त्यमा गर्नुमा मुख्य भूमिका निर्वाह गर्नुका साथै सङ्घको संरक्षण, सङ्घीय सरकारको सुदृढीकरण र अमेरिकी अर्थतन्त्रलाई आधुनिकीकरण गर्न सफलता हासिल गरेका थिए।

लिङ्कनको जन्म केन्टकीको एउटा गरिब परिवारमा भएको थियो भने उनी इन्डियानाको सीमाना नजिक हुर्केबढेका थिए। स्वाध्ययनको मार्फतबाट थुप्रै ज्ञान हासिल गरेका लिङ्कन पछि गएर वकिल बन्नुका साथै इलिनोइ राज्यको विधानसभा सदस्य र इलिनोइबाट अमेरिकी प्रतिनिधि सभाका सदस्य समेत बनेका थिए। सन् १८५४ को कान्सस-नेब्रास्का ऐनप्रति असन्तुष्टि भएर उनले नयाँ गठन भएको रिपब्लिकन पार्टीका नेता बन्दै राजनीतिमा पुनः प्रवेश गरेका थिए। सन् १८५८ को महासभामा स्टिफन डगलस विरुद्धको प्रचार मार्फत उनले राष्ट्रिय स्तरमा ख्याति कमाउन सफल भएका थिए। सन् १८६० को राष्ट्रपतीय निर्वाचनमा विजय हासिल गरी राष्ट्रपतिमा निर्वाचित भएसँगै दक्षिणी राज्यहरू सङ्घबाट छुट्टिए र परीसङ्घीय राज्य अमेरिकाको गठन भएको थियो। लिङ्कनको राष्ट्रपति पद ग्रहणको एक महिनापछि नयाँ परीसङ्घले दक्षिणमा रहेको साम्टर किल्लामा आक्रमण गर्दै गृहयुद्ध सुरु गरेको थियो।

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. McPherson, James (सेप्टेम्बर २६, २०२४), "Lincoln, Abraham", American National Biography, डिओआई:10.1093/anb/9780198606697.article.0400631

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]