अब्राहम लिङ्कन
अब्राहम लिङ्कन | |
|---|---|
सन् १८६३ मा लिङ्कन | |
| १६औँ राष्ट्रपति अमेरिकाको राष्ट्रपति | |
| पदमा ४ मार्च १८६१ – १५ अप्रिल १८६५ | |
| पूर्वाधिकारी | जेम्स ब्युकानन |
| उतराधिकारी | एन्ड्रु जोनसन |
| इलिनोई | |
| Member of the U.S. House of Representatives from 's इलिनोईबाट अमेरिकी प्रतिनिधिसभा सदस्य district | |
| पदमा ४ मार्च १८४७ – ४ मार्च १८४९ | |
| पूर्वाधिकारी | जोन हेनरी |
| उतराधिकारी | थोमस एल ह्यारिस |
| निर्वाचन क्षेत्र | साङ्गामोन काउन्टी, इलिनोईबाट |
| इलिनोई प्रतिनिधिसभा सदस्य | |
| Member of the इलिनोई House of Representatives | |
| पदमा १ डिसेम्बर १८३४ – सन् १८४२ | |
| पूर्वाधिकारी | एकिलिस मोरिस |
| व्यक्तिगत विवरण | |
| जन्म | फेब्रुअरी १२, १८०९ |
| निधन | १५ अप्रिल १८६५ (उमेर ५६) पिटरसन हाउस, वासिङ्टन डिसी, अमेरिका |
| मृत्युको कारण | गोली हानी हत्या |
| दल | हुइज पार्टी(सन् १८३४–१८५४) रिपब्लिकन(सन् १८५४–१८६५) |
| उचाइ | ६ फुट ४ इन्च [१] |
| दम्पती | मेरी टोड लिङ्कन ( वि १८४२) |
| सन्तान | रोबर्ट टोड लिङ्कन एडवर्ड बेकर लिङ्कन विलिमय वेलेस लिङ्कन ट्याड लिङ्कन |
| पेसा |
|
| हस्ताक्षर | |
| सैन्य सेवा | |
| शाखा/सेवा | इलिनोई सेना |
| दर्जा |
|
| लडाइँ/युद्धहरू | ब्ल्यक हक युद्ध |
अब्राहम लिङ्कन (अङ्ग्रेजी: Abraham Lincoln, १२ फेब्रुअरी १८०९ - १५ अप्रिल १८६५) संयुक्त राज्य अमेरिकाका सोह्रौँ राष्ट्रपति थिए। सन् १८६१ देखि १८६५ मा हत्या हुनु अघिसम्म उनले अमेरिकी राष्ट्रपतिको जिम्मेवारी सम्हालेका थिए। उनले अमेरिकी गृहयुद्धमा सङ्घको नेतृत्व गरी परीसङ्घीय राज्य अमेरिकालाई पराजित गरेर दासप्रथा अन्त्यमा गर्नुमा मुख्य भूमिका निर्वाह गर्नुका साथै सङ्घको संरक्षण, सङ्घीय सरकारको सुदृढीकरण र अमेरिकी अर्थतन्त्रलाई आधुनिकीकरण गर्न सफलता हासिल गरेका थिए।
लिङ्कनको जन्म केन्टकीको एउटा गरिब परिवारमा भएको थियो भने उनी इन्डियानाको सीमाना नजिक हुर्केबढेका थिए। स्वाध्ययनको मार्फतबाट थुप्रै ज्ञान हासिल गरेका लिङ्कन पछि गएर वकिल बन्नुका साथै इलिनोइ राज्यको विधानसभा सदस्य र इलिनोइबाट अमेरिकी प्रतिनिधि सभाका सदस्य समेत बनेका थिए। सन् १८५४ को कान्सस-नेब्रास्का ऐनप्रति असन्तुष्टि भएर उनले नयाँ गठन भएको रिपब्लिकन पार्टीका नेता बन्दै राजनीतिमा पुनः प्रवेश गरेका थिए। सन् १८५८ को महासभामा स्टिफन डगलस विरुद्धको प्रचार मार्फत उनले राष्ट्रिय स्तरमा ख्याति कमाउन सफल भएका थिए। सन् १८६० को राष्ट्रपतीय निर्वाचनमा विजय हासिल गरी राष्ट्रपतिमा निर्वाचित भएसँगै दक्षिणी राज्यहरू सङ्घबाट छुट्टिए र परीसङ्घीय राज्य अमेरिकाको गठन भएको थियो। लिङ्कनको राष्ट्रपति पद ग्रहणको एक महिनापछि नयाँ परीसङ्घले दक्षिणमा रहेको साम्टर किल्लामा आक्रमण गर्दै गृहयुद्ध सुरु गरेको थियो।
सन्दर्भ सामग्रीहरू
[सम्पादन]- ↑ McPherson, James (सेप्टेम्बर २६, २०२४), "Lincoln, Abraham", American National Biography, डिओआई:10.1093/anb/9780198606697.article.0400631।
बाह्य कडीहरू
[सम्पादन]| Library resources about Abraham Lincoln |
| By Abraham Lincoln |
|---|
- द्वारा वा यसको बारेमा अब्राहम लिङ्कन इन्टरनेट आर्काइभमा
- को कार्य अब्राहम लिङ्कन गुथनबर्ग परियोजनामा
- अब्राहम लिङ्कनको राष्ट्रपतीय पुस्तकालय तथा सङ्ग्रहालय
- लिङ्कनको हत्याकाण्ड
- अब्राहक लिङ्कन: काङ्ग्रेस पुस्तकालयबाट
- अब्राहाम लिंकन डिजिटल पुस्तकालयका कागजातहरू अब्राहम लिङ्कनको राष्ट्रपतीय पुस्तकालयबाट — लिङ्कनको जीवनकालमा उनले लेखेका वा उनलाई लेखिएका सबै कागजातहरूको दस्तावेजीकरण
- अब्राहम लिङ्कन ऐतिहासिक दस्तावेजीकरण परियोजना – दक्षिणी इलिनोई विश्वविद्यालय, डिजिटल पुस्तकालय