अभयराज शाक्य

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search



नेपाली कालिगडी र माटो उद्योगको अतुलनीय नमुनाका रूपमा रहेको पाटनको प्रसिद्ध महाबौद्ध मन्दिर सिर्जना गर्नेको नाम हो- अभयराज शाक्य। अभयराजलाई खानी र माटो विशेषज्ञका रूपमा हामी संझिरहन्छौँ। पाटनकै महाबौद्ध टोलका निवासी शाक्य कलाकार र माटो विशेषज्ञ प्राविधिज्ञ र बौद्ध आचार्य थिए। उनले कान्तिपुरका राजा रत्न मल्ल (सन् १५०१ तिर)को शासनकालमा नेपालमा पहिलोपटक तामाको घाउ खानीबाट तामाको पैसा बनाउने पनि गरेको बताइन्छ। उनले चित्लाङ्गमा तामाको घाउ खनी-खोजी घाउ खारेर शुद्ध तामाबाट ढयाक-पैसा बनाएका थिए। त्यसैले उनलाई खानी विशेषज्ञ पनि भनिन्छ। एक-एक इँटमा बुद्ध मूर्ति र चारैदिशामा चार ठूला-ठूला माटाका चतुर महाराजका मूर्तिले सजिएको महाबौद्ध मन्दिर बनाउने वैज्ञानिक शाक्यकै मिहिनेतकै फलस्वरूप आज देश-विदेशमा नेपाली माटोको कलाको खानि रहेको देखिन्छ।

उनी बहुप्रतिभाशाली व्यक्ति थिए। खानी र माटोका विशेषज्ञ शाकय एक दक्ष वास्तुकलाविर हनुका साथै नाप नक्साको राम्रो ज्ञान भएका, बौद्ध धर्म र दर्शन एवं योगका आचार्य पनि थिए।