सामग्रीमा जानुहोस्

अमर एकुसे ग्रन्थमेला

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
अमर एकुसे ग्रन्थमेला
अमर एकुसे पुस्तक मेला
सन् २०१९ मा लागु गरिएको एकुसे मेलाको आधिकारिक लोगो
अवस्थासक्रिय
प्रकारबहुविधा
आरम्भप्रत्येक वर्षको १ फेब्रुअरी
समाप्ति२८ फेब्रुअरी वा २९ फेब्रुअरी (अधिक वर्ष)। कहिलेकाहीँ मार्च महिनाको १ हप्तासम्म ।
पुनरावृत्तिवार्षिक
स्थलबाङ्ला एकेडेमीको प्राङ्गण, सोहरावर्दी उद्यान
स्थान (हरू)ढाका
देश बङ्गलादेश
गठितसन् १९७९
उपस्थितिप्रत्येक वर्ष १० लाखभन्दा बढी
आयोजकबाङ्ला एकेडेमी

अमर एकुसे ग्रन्थमेला (बङ्गाली: অমর একুশে গ্রন্থমেলা) (एकुसे पुस्तक मेला नामले व्यापक रूपमा परिचित) बङ्गलादेशको परम्परागत मेलाहरू मध्ये एक हो। प्रत्येक वर्ष फेब्रुअरीको सम्पूर्ण महिना यो मेला बाङ्ला एकेडेमीको बर्धमान भवनको प्राङ्गणमा र बर्धमान भवन वरिपरि आयोजना गरिन्छ।[][] सन् २०१४ देखि अमर एकुसे ग्रन्थमेला बाङ्ला एकेडेमीको अघि रहेको सोहरावर्दी उद्यानमा विस्तार गरिएको भएतापनि बाङ्ला एकेडेमीको प्राङ्गणमा पनि मेलाको एक भाग आयोजना गरिन्छ। ढाकामा बङ्ला एकेडेमीद्वारा हरेक वर्ष फेब्रुअरीमा आयोजना गरिने यो एक महिना भरी चल्ने कार्यक्रम सबैका लागि निःशुल्क हुन्छ। सन् २०२४ मा मेलाले ६० लाख आगन्तुकहरूलाई आकर्षित गरि पुस्तक ६० करोड टाका बराबरको पुस्तक बिक्री गरि नयाँ कीर्तिमान बनाएको थियो।

सन् १९५२ फेब्रुअरी २१ का दिन बङ्गाली भाषाको लागि आत्मसमर्पण गर्ने वीरताको घटनालाई स्मरण गर्दै यही महिनामा आयोजना गरिने यस पुस्तक मेलाको नामकरण 'अमर एकुसे पुस्तक मेला' गरिएको थियो।

सन् २०११ को पुस्तक मेलाको एक कार्यक्रममा पुरोहित प्राध्यापक पवित्र सरकार र अन्य वक्ताहरूको उपस्थिति

केही वर्ष पहिले हरेक वर्षको फेब्रुअरी महिनाको पहिलो दिनदेखि २१ फेब्रुअरीसम्म पुस्तक मेला नियमित रूपमा आयोजना गरिन्थ्यो। त्यसपछि किनमेल गर्ने, दर्शक र विक्रेताहरू अनुरोधमा फेब्रुअरीको अन्तिम दिनसम्म यो मेला बाङ्ला एकेडेमीको परिसरमा आयोजना गरिने गरि लम्बाइएको थियो। फेब्रुअरी महिनामा प्रत्येक चार वर्षमा एकपटक अधिकवर्ष आउँदा, कहिलेकाहीँ यो मेला महिनाको २८ तारिखमा र कहिलेकाहीँ २९ तारिखमा समाप्त हुन्छ। बङ्गलादेश सरकारको संस्कृति मन्त्रालयले मेला व्यवस्थापनको सम्पूर्ण जिम्मेवारी लिँदै आएको छ। प्रकाशनहरूको स्टलहरूलाई प्रकाशक क्षेत्र, प्रकाशक-विक्रेता क्षेत्र, बालबालिका स्टल, सरकारी-गैरसरकारी संस्था र लिटल म्यागजिन लगायतका क्षेत्रमा विभाजन गरेर स्थान दिइन्छ। यसैगरी मेला लाग्ने स्थानलाई भाषा आन्दोलन सहिद सलाम, रफिक, जब्बार, बर्कत, शफिउर र त्यसैगरी प्रख्यात बङ्गाली साहित्यका रवीन्द्रनाथ ठाकुर, काजी नजरुल इसलाम, डा मुहम्मद शहिदुल्लाह, अब्दुल करिम साहित्यविशारद लगायतका व्यक्तित्वको नाममा विभाजन गरिएको छ। यस मेलेमा देशका प्रसिद्ध सबै प्रकाशक, पुस्तक विक्रेताहरू बाहेक, भारत, रूस, जापान लगायतका विभिन्न देशहरूबाट पनि धेरै प्रकाशन संस्थाहरू आफ्नो पुस्तक र प्रकाशनसहित सहभागिता जनाउँछन्।

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "Ekushey Book Fair", The Daily Star (अङ्ग्रेजीमा), २०१६-०२-०१, अन्तिम पहुँच २०२४-०५-२२
  2. "Books worth 600m sold at Ekushey Book Fair", Bangladesh Sangbad Sangstha, २ मार्च २०२४, अन्तिम पहुँच २०२४-०५-२२

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]