अमर गिरी

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
अमर गिरी - Amar Giri
कवि
जन्म२०१७ भाद्र २७ गते
राष्ट्रियतानेपालनेपाली
शिक्षाएम.ए., बी.एड., विद्यावारिधि (पी.एच.डी., नेपाली साहित्य)
पेशालेखन,
जीवनसाथीदेवा गिरी
मातापितावासुदेव गिरी/ लीलावती गिरी

अमर गिरी (डा. अमरराज गिरी) (अङ्ग्रेजी: Amar Giri) मूलतः प्रगतिशील धारका सशक्त कवि हुन् । दाङको रामपुरमा जन्मिएर लामो समय राजनीति र पत्रकारितामा क्रियाशील रहेका कवि गिरीले नेपाल प्रज्ञा प्रतिष्ठानको प्राज्ञ परिषद्को सदस्य एवम् काव्य विभाग प्रमुख, चलचित्र बिकास बोर्डको कार्यकारी अध्यक्ष र प्रगतिशील लेखक संघको अध्यक्ष रही कार्यसम्पादन गरिसकेका छन् । उनी हाल भाषा आयोगको सदस्य रही प्राज्ञिक कार्यमा सक्रिय छन् । [१] समकालीन नेपाली साहित्यका क्षेत्रमा आफ्नै विशिष्ट प्राज्ञिक पहिचान बनाएका वरिष्ठ कवि, चिन्तक तथा समालोचक गिरी विद्यालयस्तरबाटै कविता लेखनमा अग्रसर थिए । उनको पहिलो कविता 'होचिमिन्हजस्तो हुनु परेको छ' हो जसलाई उनले कक्षा ७ मा पढ्दा लेखेका थिए । गिरीको पहिलो प्रकाशित कविता भने आमा (२०३१) हो। यो तत्कालीन समयमा बनारसबाट निस्कने बहुचर्चित पत्रिका सन्देशमा प्रकाशित भएको थियो। त्यसबाट आरम्भ भएको उनको औपचारिक सिर्जनायात्राले आजपर्यन्त आउँदा साढे चारदशकको समय व्यतीत गरिसकेको देखिन्छ। गिरीको पहिलो प्रकाशित कृति 'घाम छेक्ने पहाड (कवितासङ्ग्रह, २०५५)" हो। [२] [३]

प्रारम्भिक जीवन[सम्पादन गर्नुहोस्]

माता लीलावती गिरी र पिता वासुदेव गिरीका प्रथम सुपुत्रका रूपमा वि.सं. २०१७ साल भदौ २७ गते निमुरिया २, घोराही उपमहानगरपालिकामा जन्मेका अमर गिरी हाल रतनपुर १५, घोराही उपमहानगरपालिका, दाङमा स्थायी बसोबास गर्दै आएका छन । गिरीको बाल्यकालीन समय त्यही ग्रामीण परिवेशमा बितेको थियो । [४]

शिक्षा एवम कार्य जीवन[सम्पादन गर्नुहोस्]

औपचारिक शिक्षा ग्रहणका दृष्टिमा अमर गिरीले एम.ए., बी.एड.साथै नेपाली विषयमा विद्यावारिधि (पि‍.एच.डी.) तहसम्मको अध्ययन सम्पन्न गरी नेपाल सरकारबाट नेपाल विद्याभूषण ‘क’ वर्गको उपाधि प्राप्त गरेका छन् । उनले त्रिभुवन विश्वविद्यालयबाट “समकालीन प्रगतिवादी नेपाली कवितामा वर्गद्वन्द्व” शीर्षकमा विद्यावारिधि पूरा गरेर कविता विधाको अनुसन्धान कार्यमा आफ्नो दक्षता हासिल गरेका छन् ।[५]

प्रकाशित कृतिहरू[सम्पादन गर्नुहोस्]

  • घाम छेक्ने पहाड (कवितासंग्रह, २०५५)
  • तर पनि हामी जीवित छौँ (कवितासंग्रह, २०६१)
  • दुःसाध्य समय (कवितासंग्रह, २०६४)[६]
  • शब्दहरूका बीचमा (कवितासंग्रह, २०७१)
  • समय संवाद (कवितासंग्रह, २०७३)
  • समय, समाज र संस्कृति (साहित्य र संस्कृति चिन्तनसम्बन्धी कृति, २०६७)
  • समकालीन नेपाली कविताको वैचारिक परिप्रेक्ष्य (समालोचना, २०७३) [७]
  • भूमण्डलीकरण र साहित्य (समालोचना, २०७४) [८]
  • काव्य विमर्श (२०७२, २०७३, २०७४, सम्पादन)
  • साहित्य विमर्श (समालोचना, २०७५)[९]
  • कवितामा वर्गद्वन्द्व (समालोचना, २०७५)[१०]
  • प्रज्ञा समकालीन नेपाली कविता विमर्श (सहसम्पादन)
  • नेपाली डायास्पोराका कविता (सहसम्पादन)
  • विभिन्न गोष्ठीहरूमा दर्जनौँ कार्यपत्र प्रस्तुत
  • विभिन्न पत्रपत्रिकामा दर्जनाँै अनुसन्धानमूलक लेखहरू
  • समसामयिक तथा साहित्य विषयमा निरन्तर विभिन्न पत्रपत्रिकामा स्तम्भ लेखन ।
  • समकालीन नेपाली कविताको शिल्प (सह–सम्पादन )

सम्पादन[सम्पादन गर्नुहोस्]

  • अन्तर्ध्वनि (साहित्यिक पत्रिका)
  • कलम (साहित्यिक पत्रिका)
  • कविता (कविताप्रधान पत्रिका, नेपाल प्रज्ञा–प्रतिष्ठान)
  • भृकुटी (अनुसन्धानमूलक साहित्यिक पत्रिका)

पुरस्कार तथा सम्मान[सम्पादन गर्नुहोस्]

  • तारापन्त पुरस्कार– २०४७
  • लोकेन्द्र साहित्य पुरस्कार– २०५६
  • राष्ट्रिय प्रतिभा पुरस्कार– २०५२
  • बुटवल साहित्य कला प्रतिष्ठानबाट सम्मान पत्र– २०५७
  • युगबोध राष्ट्रिय दैनिकबाट कदरपत्र– २०५७
  • प्रेस चौतारी दाङद्वारा कदरपत्र– २०५९
  • कृष्णमणि साहित्य पुरस्कार– २०६२
  • प्रगतिशील लेखक सङ्घ बाँकेद्वारा सम्मानपत्र– २०६३
  • नेपाल सरकारद्वारा सम्मानपत्र– २०६४
  • प्रगतिशील लेखक सङ्घ बाँकेद्वारा सम्मानपत्र– २०६५
  • योगेश्वर कलासाहित्य पुरस्कार– २०६६
  • नेपाल चलचित्र प्राविधिक सङ्घबाट सम्मानपत्र– २०६७
  • राप्ती सृजना पुरस्कार– २०६८
  • स्रष्टा अभिनन्दन समारोह दाङद्वारा अभिनन्दित– २०६९
  • नेत्रलाल स्मृति प्रतिष्ठानबाट सम्मानपत्र– २०६९
  • सर्वोदय वाचनालय दाङद्वारा सम्मानपत्र– २०६९
  • पत्रकार महासङ्घ दाङ शाखाद्वारा सम्मानपत्र– २०६९
  • प्रगतिशील लेखक सङ्घ, दाङ शाखाद्वारा सम्मानपत्र– २०७०
  • एन.एल.जी. कलाश्री पुरस्कार– २०७२
  • गोपालप्रसाद रिमाल पुरस्कार– २०७३ (साहित्य सदन नेपालद्वारा प्रदान गरिएको)
  • प्रेस काउन्सिल स्तम्भलेखन पुरस्कार– २०७५
  • गोपालप्रसाद रिमाल राष्ट्रिय पुरस्कार– २०७८ ( नेपाल सरकार संस्कृति तथा पर्यटन मन्त्रालय )

योगदान तथा कार्यअनुभव[सम्पादन गर्नुहोस्]

  • झन्डै पाँच दशकदेखि पत्रकारिता
  • अध्यक्ष - राप्ति साहित्य परिषद्
  • अध्यक्ष - प्रगतिशील लेखक सङ्घ, दाङ शाखा
  • अध्यक्ष - जनसाहित्यिक मञ्च नेपाल
  • उपाध्यक्ष - राष्ट्रिय जनसांस्कृतिक महासङ्घ
  • केन्द्रीय महासचिव - प्रगतिशील लेखक सङ्घ, नेपाल
  • सदस्य - राष्ट्रिय गान चयन कार्यदल
  • सदस्य - साझा प्रकाशन समस्या समाधान तथा सुदृढीकरण सुझाव उच्चस्तरीय कार्यदल - २०७०
  • सल्लाहकार विज्ञ - राष्ट्रिय चलचित्र नीति मस्यौदा समिति - २०६९
  • कार्यकारी अध्यक्ष -चलचित्र विकास बोर्ड
  • सम्पादक - गाउँघर साप्ताहिक दाङ
  • केन्द्रीय अध्यक्ष - प्रगतिशील लेखक सङ्घ, नेपाल
  • प्राज्ञ परिषद् सदस्य तथा साहित्य (पद्य-काव्य) विभाग प्रमुख - नेपाल प्रज्ञा–प्रतिष्ठान

विदेश भ्रमण[सम्पादन गर्नुहोस्]

  • बेलायत, दक्षिण कोरिया, मलेसिया, थाइल्यान्ड, हङकङ, बङ्गलादेश, भारत र चिन

अन्य लेख तथा रचनाहरू[सम्पादन गर्नुहोस्]

सन्दर्भहरू[सम्पादन गर्नुहोस्]

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]