अय्यप्पन
| अय्यप्पन | |
|---|---|
सत्य, धर्म, आत्म-अनुशासन र ब्रह्मचर्यका देवता | |
बाघमाथि सवार अय्यप्पन | |
| आबद्ध | हिन्दु धर्म |
| वासस्थान | सबरीमाला |
| मन्त्र | स्वामीये शरणम् अय्यप्पा[१] |
| अस्त्र | धनुष र वाण, तरवार |
| प्रतीकहरू | घण्टी, धनुष र वाण |
| बार | शनिबार |
| वाहन | बाघ, घोडा |
| धर्मग्रन्थहरू | ब्रह्माण्ड पुराण |
| लिङ्ग | पुरुष |
| चाडपर्वहरू | मकरविलक्कु |
| वंशावली | |
| जन्म | मणिकण्ठन |
| अभिभावकहरू | |
अय्यप्पन (जसलाई धर्मशास्ता र मणिकण्ठन नामले पनि चिनिन्छ) सत्य र धर्मका हिन्दु देवता हुन्। हिन्दु धर्मशास्त्र अनुसार, उनी शिव र मोहिनी (विष्णुको स्त्री अवतार) का पुत्र हुन् जसले गर्दा उनलाई शैव र वैष्णव बीचको सेतु मानिन्छ।
अय्यप्पन एक योद्धा देवता हुन् र धर्म (बाँच्ने नैतिक र सही तरिका) प्रतिको उनको तपस्वी भक्तिको लागि पूजनीय छन्। उनलाई सामान्यतया पाटे बाघमाथि सवार भएको वा बाघको नजिक धनुष र वाण समातेको युवाको रूपमा चित्रण गरिन्छ। केही चित्रणहरूमा, उनलाई तरवार समातेर हात्ती वा घोडा चढेको पनि देखाइन्छ। अन्य प्रतिमाहरूमा उनलाई घाँटीमा घण्टी लगाएर योग मुद्रामा बसेको देखाइन्छ।
अय्यप्पनको किंवदन्ती र पौराणिक कथाहरू क्षेत्र अनुसार फरक-फरक छन्, जसले समयसँगै विकसित भएको परम्परालाई झल्काउँछ। मलायलम लोककथा अनुसार, अय्यप्पनलाई पण्डलम राज्यका एक योद्धा राजकुमारको रूपमा प्रस्तुत गरिएको छ। पछिल्ला वर्षहरूमा, अय्यप्पनका कथाहरू विस्तार भएपछि यसले उनलाई दुष्टहरूबाट मानिसहरूको रक्षा गर्ने र धार्मिक प्रथाहरू पुन: स्थापना गर्न मद्दत गर्ने योद्धाको रूपमा वर्णन गरेको छ भने उनी एक देवताको रूपमा विकसित भएका छन्। केही क्षेत्रहरूमा, अय्यप्पन र तमिल लोक देवता अय्यनारलाई समान विशेषता भएका एकै देवता मानिन्छ।
अय्यप्पनको पूजा पहिलेदेखि नै केरलामा प्रचलित भएतापनि २०औँ शताब्दीमा उनको लोकप्रियता दक्षिण भारतका अधिकांश भागमा फैलिएको थियो। यस क्षेत्रमा उनलाई समर्पित धेरै मन्दिरहरू छन्, जसमध्ये प्रमुख सबरीमाला हो। सबरीमाला पश्चिम घाटको जङ्गलमा पम्पा नदीको किनारमा अवस्थित छ र यो एक प्रमुख तीर्थस्थल हो जहाँ वार्षिक रूपमा लाखौँ भक्तजनहरू आउने गर्छन्। तीर्थयात्रीहरू प्रायः हप्तौँ अघिदेखि नै सादा जीवन बिताउने, ब्रह्मचर्य पालन गर्ने र टाउकोमा 'इरुमुडी' (भेटीसहितको झोला) बोकेर खाली खुट्टा पहाडको पदयात्रा गरेर तयारी गर्छन्।
नाम र व्युत्पत्ति
[सम्पादन]अय्यप्पन नाम दुई शब्दहरू 'अय्यन' र 'अप्पन' को संयोजनबाट बनेको हो।[२][३] तमिलमा 'अय्यन' र मलायलम शब्द 'अच्चन' को अर्थ "बुबा" भन्ने हुन्छ।[४][५] तमिलमा 'अप्पन' को अर्थ पनि "बुबा" नै हुन्छ र यी दुवै शब्दहरूलाई आदरार्थी पदवीका रूपमा पनि प्रयोग गरिन्छ।[२][६] हिन्दु धर्मग्रन्थहरूमा, उनलाई मोहिनी (विष्णुको स्त्री रूप) र शिवका पुत्रका रूपमा वर्णन गरिएको छ, जहाँ 'अय्यप्पन' नामले "प्रभु-पिता" भन्ने बुझाउँछ।[७][८] यो नाम 'आर्यन' र 'अप्पन' को संयोजनबाट पनि बनेको हुन सक्छ जहाँ 'आर्यन' को अर्थ "पूजनीय" भन्ने हुन्छ।[९]
विष्णु पुराण र श्रीमद्भागवतम् जस्ता हिन्दु ग्रन्थहरूमा उनलाई 'धर्मशास्ता' र 'शास्ता' को रूपमा उल्लेख गरिएको छ, जसको अर्थ "जगतका शासक" भन्ने हुन्छ।[८][१०][११] 'शास्ता' शब्द बौद्ध धर्मबाट पनि आएको हुन सक्छ, किनभने अय्यप्पनलाई बुद्धको अवतारका रूपमा पनि हेरिन्छ र बुद्धलाई सोही नामले चिनिन्थ्यो, जसको अर्थ "गुरु" वा "शिक्षक" हुन्छ।[८][११][१२]
प्रतिमा र चित्रण
[सम्पादन]
अय्यप्पन एक योद्धा देवता हुन् र धर्म प्रतिको उनको तपस्वी भक्ति, सैन्य कौशल र शक्तिशाली तर अनैतिक, अपमानजनक र स्वेच्छाचारीहरूलाई नष्ट गर्न सक्ने उनको योगयुद्ध क्षमताका लागि पूजनीय छन्।[१३] उनलाई सामान्यतया धनुष र वाण समातेको र पाटे बाघमा सवार एक ब्रह्मचारी युवकको रूपमा चित्रण गरिन्छ।[१४] केही चित्रणहरूमा, उनले आफ्नो देब्रे हातमा धनुष उठाएको र दाहिने हातमा वाण वा तरवार समातेर देब्रे तिघ्रामा छड्के पारेर राखेको देखिन्छ।[१५] अन्य प्रतिमाहरूमा उनलाई सामान्यतया घाँटीमा घण्टी लगाएर योग मुद्रामा बसेको देखाइन्छ।[१६] श्रीलंका जस्ता केही स्थानका चित्रणहरूमा उनलाई हात्ती वा घोडा चढेको पनि देखाइन्छ।[९]
सन्दर्भ सामग्रीहरू
[सम्पादन]- ↑ Younger 2002, पृष्ठ 21.
- 1 2 Srikant, C.V. Manoj (१९९८), Sabarimala: Its timeless message, Integral Books, पृ: ३७, आइएसबिएन 978-8-186-10712-6।
- ↑ Younger 2002, पृष्ठ 166.
- ↑ Andronov, Mikhail Sergeevich (१९९६), A Grammar of the Malayalam Language in Historical Treatment, Otto Harrassowitz Verlag, पृ: ४९, आइएसबिएन 978-3-447-03811-9।
- ↑ Bronkhorst, Johannes; Deshpande, Madhav (25-27 October 1996). "Aryan and non-Aryan in south Asia: Evidence, interpretation, and ideology". Harvard oriental series: Opera minora. 3. International Seminar on Aryan and Non-Aryan in South Asia (reprint संस्करण). University of Michigan, Ann Arbor, MI: Harvard University (published 1999). pp. 177–178. . https://books.google.com/books?id=EOdtAAAAMAAJ&q=appan.
- ↑ Mahadevan, Iravatham (२००३), Early Tamil Epigraphy from the Earliest Times to the Sixth Century A.D., University of Michigan, पृ: १०६, आइएसबिएन 978-0-674-01227-1।
- ↑ Kittel, F., Rev. (जुन १८७२), "Coorg superstitions", Indian Antiquary: A Journal of Oriental Research in Archaeology, History, Literature, Languages, Folklore (Austrian National Library): १६८, अन्तिम पहुँच २२ अगस्ट २०२४, "Ayyappa (Ayya-Appa)† i.e. Lord father ... † Ay, Ayya, is an honorific title among the Dravidians, frequently affixed to proper names, ..."
- 1 2 3 Jones, Constance; Ryan, James D. (२००६), "Ayyappan", Encyclopedia of Hinduism, Infobase Publishing, पृ: ५८, आइएसबिएन 978-0-816-07564-5, अन्तिम पहुँच २२ अगस्ट २०२४।
- 1 2 Dubey, D.P. (१९९५), Pilgrimage Studies: Sacred places, sacred traditions, Society of Pilgrimage Studies, पृ: 136–137, आइएसबिएन 978-8-190-05201-6।
- ↑ Dalal 2010, पृष्ठ 44.
- 1 2 Sekar 1992, पृष्ठ 19.
- ↑ Griffiths, Paul J. (१९९४), On Being Buddha: The classical doctrine of Buddhahood, State University of New York Press, पृ: १३, आइएसबिएन 978-0-791-42127-7।
- ↑ Younger 2002, पृष्ठ. 21–25.
- ↑ Mysore Narasimhachar Srinivas (२००२), Collected Essays, Oxford University Press, पृ: ३५२, आइएसबिएन 978-0-195-65174-4।
- ↑ Williams, Joanna Gottfried (१९८१), Kalādarśana: American Studies in the Art of India, Brill Publishers, पृ: ७२, आइएसबिएन 9004064982।
- ↑ Laser 2014, पृष्ठ 63.