अरब पेट्रोल निर्यातक राष्ट्रहरुको संघ

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search

अरब पेट्रोल निर्यातक राष्ट्रहरुको संघ (OAPEC) कुवेतमा मुख्यालय भएको एक बहु-सरकारी संगठन हो जसले तेल उत्पादन गर्ने अरब राष्ट्रहरु बीच समान उर्जा नीति बनाउन समन्वय गर्ने भूमिका निर्वाह गर्छ । ओएपेक को मुख्य लक्ष्य भनेको तेल उद्योगका आर्थिक क्रियाकलापका विभिन्न पक्षहरुको साझा स्वार्थको सुरक्षा गर्नु तथा तिनीहरु बीच बलियो सम्बन्ध कायम गर्नु हो , उपभोक्तालाई तेल बजारमा न्यायोचित र वास्तविक मुल्य र सर्तमामा पहुच पुर्याउनु र तेल उद्योगका लगानीकर्तालाई पर्याप्त पूजी तथा अनुभव प्रदान गर्नु हो । 

इतिहास[सम्पादन गर्ने]

ओएपेकको सदस्यको नक्सा , २०१०

९ जनवरी १९६८ मा अरबको तत्कालिन तीन अनुदारवादी तेल उत्पादक राष्ट्र- कुवेत , लिबियासाउदी अरब ६ दिने युद्धको प्रतिक्रिया दिन बेरुत , लेबनानमा भएको वार्तामा अरब पेट्रोल निर्यातक राष्ट्रहरुको संघको स्थापना गर्ने निचोडमा पुगे । आर्थिक प्रतिरोध जस्तो आर्थिक हतियार इजरायल बिरुद्ध पटकपटक प्रस्तावव गरिएको थियो , तर ६-दिने युद्ध भए पछी मात्र यो हतियारको प्रयोग भयो । तथापी साउदी अरबको तेल उत्पादन त्यो बर्ष मात्रै ९ प्रतिशतले वृद्धि भयो र मुख्य व्यापार-प्रतिरोध १० दिन सम्म मात्र चल्यो र खार्तुम सम्मेलन पछी यो पूर्णरुपमा अन्त्य भयो । ढाँचा:Citation needed span

ओएपेक प्रारम्भतः अनुदारवादी अरब राजनैतिक संगठन हुने लक्ष्य राखेको थियो र यसले आफ्नो सदस्यता समेत सिमित गरेको थियो यसले इजिप्ट र अल्जेरिया जस्ता सरकारलाई बाहिरै राखेको थियो यो संगठनात्मक विशेषता संगठन संगठनको चार्टरमा अतिरिक्त नियमले बलियो बनाएको थियो जुन सबै नयाँ सदस्यहरूको लागि  तीन संस्थापकहरूको अनुमोदन चाहिन्छ। यो संगठनको मूल उद्देश्य सम्भावित तेल भ्रूणको आर्थिक हतियार नियन्त्रण गर्न र लोकप्रिय भावनाको कारण यसको प्रयोग रोक्न थियो। इराकले शुरुमा ओएपेकमा भाग लिन अस्वीकार गरे, अरब लीगको छाता अन्तर्गत काम गर्न बढी प्राथमिकता दियो , ओएपेक धेरै अनुदारबादी भएको इराक ठान्थ्यो।[१] समान रूपमा तीन संस्थापकहरूले इराकलाई कट्टरपन्थी रूपमा सदस्यको रूपमा मनोनयन गर्ने विचार गरे।[२] तथापी , १९७२ को प्रारम्भमा, प्रवेशको लागि मापदण्ड तेलको एक संभावित सदस्य राष्ट्र को एक महत्वपूर्ण स्रोत (मुख्य स्रोत को भन्दा पनि ) मा परिवर्तित भएको थियो; र अल्जेरिया, इराक, सीरिया र इजिप्ट प्रवेश भएका  थिए। फलस्वरूप, मूल उद्देश्यको विपरीत ओएपेकले धेरै अधिक राष्ट्र सदस्य संगठन बनायो, ।[स्रोत नखुलेको]

१९७३ तेल संकट यो सङ्गठको एक मोड सावित भयो । त्यो वर्षको अक्टोबरमा इजिप्ट र सिरियाको फौजले इजरायलमाथि आक्रमण गरे । यसलाई योम किप्पुर युद्ध भनिन्छ । १६ अक्टोबरमा , युद्ध सुरु भएओ १० दिन पछी , कुवेतले ओएपेक र पर्सियन गल्फ मेम्बर अफ ओपेक ( इरान सहित ) छुट्टाछुतै वार्ता गर्यो । ओएपेकले इजरायलले युद्धमा कब्जा गरेका अरब भुमि नछाडे सम्म महिनाको ५ % तेल उत्पादन कटौती गर्ने निर्णय गर्यो । यो सत्टेबाजी पाच महिना सम्म चल्यो र मार्च १९७४ मा वासिंगटनमा तेल शिखर वार्ता भएपछी सकियो ।

१९७९ मा , इजिप्टलाई ओएपेकबाट निष्काशन गरियो । इजिप्टलाई क्याम्प डेभिड सम्झौतामा हस्ताक्षर गरिएको आरोप लगाइएको थियो । तर एक दशक पछी इजिप्ट पुन प्रवेश गर्यो ।[स्रोत नखुलेको]

१९८२ मा अरब लिगको अरब पेट्रोलियम कंग्रेस ( स्थापित १९५९) ओएपेक को अरब इनर्जी कन्फरेन्स (स्थापित १९७९ )मा गाभियो । [३] जसमा २०१४ सम्म नियमित भेट हुन्थ्यो [४]

ओएपेकलाई क्षेत्रीय र विशेषज्ञ अन्तरास्ट्रिय संगठन मानिन्छ । यो तेल उत्पादनको प्रविधि विकास , परियोजना संकलन र क्षेत्रीय एकताको लागि समन्वय र काम गर्दै आएको छ।

फुटनोट्स[सम्पादन गर्ने]

  1. "Foreign Relations of the United States 1964–1968, Volume XXXIV Energy, Diplomacy, and Global Issues, Document 260", US State Dept, अन्तिम पहुँच २०१५-११-२८ 
  2. Kelly, J.B. (1980). Arabia, the Gulf and the West. Basic Books. प॰ 239. ISBN 0-465-00416-4. 
  3. Sopiee, Mohamed Noordin (2013). Crisis & Response. Routledge. प॰ 363. ISBN 978-1136151309. https://books.google.com/books?id=yUa0AAAAQBAJ&pg=PA363. 
  4. "The Tenth Arab Energy Conference", OAPEC, अन्तिम पहुँच २२ जनवरी २०१७