अरुण सिंघानिया

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्

जनकपुरका सञ्चार व्यवसायी अरुण सिंघानियाको जन्म सन् १९६१ अगस्ट २३मा भएको हो। उनी मारवाडी सेवा समिति जनकपुरका अध्यक्ष थिए। उनी जनकपुरबाट प्रकाशित हुने जनकपुर टुडे र एफएम रेडियो टुडेका अध्यक्ष थिए। उनका एक छोरा, एक छोरी र श्रीमती छन्। उनको सन् २०१० मार्च १मा जनकपुरमा हत्या भयो। सिंघानिया राज्यमा मारिएका पत्रकार तथा सञ्चार उद्यमीमध्ये ३१ औं व्यक्ति हुन्।