अर्गली दरवार

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
अर्गली दरवार
अर्गली दरवार
ऐतिहासिक अर्गली दरवार
अर्गली दरवार is located in नेपाल
अर्गली दरवार
नेपालको नक्शामा अर्गली दरवार
सामान्य विबरण
स्थान अर्गलीगाउँ विकास समिति वाड नं.१, पाल्पा जिल्ला
राष्ट्र नेपाल
निर्देशांक २७°५५′३४″ उत्तर ८३°२७′१८″ पूर्व / २७.९२६११° उत्तर ८३.४५५००° पूर्व / 27.92611; 83.45500
वर्तमान मोहोहरू त्रिभुवन उच्च माध्यमिक विद्यालय
निर्माणकार्य सुरु विक्रम सम्बत १९९९ साल
निर्माण सम्पन्न विक्रम सम्बत २००१ साल
उद्घाटन विक्रम सम्बत २००२ साल मङ्सिर १४ गते
ग्राहक जुद्द् शमशेर
स्वामित्व जनक राज्यलक्ष्मी (जुद्द शमसेरकी छोरी)

अर्गली दरवार नेपालको लुम्बिनी अञ्चल, पाल्पा जिल्ला, अर्गलीगाउँ विकास समितिको वाड नं.१मा अवस्थित ऐतिहासिक महत्वको दरवार हो। पुरानो हुलाकी मार्ग र हाल तानसेन-रिडी-तमघास सडकको बीचमा अवस्थित अर्गली दरबार पाल्पा सदरमुकाम तानसेनबाट २१ किलोमिटर पश्चिम-उत्तरमा छ। जुद्द् शमशेरले स्वेच्छाले प्रधानमन्त्री पद त्यागि सन्यासी जीवन बिताउने अभिप्रायले रिडी बजारबाट पाँच किलोमिटर पूर्व पाल्पा जिल्लास्थित अर्गली उपत्यकामा उनको निजी बासस्थानको लागि विक्रम सम्बत १९९९ सालमा सुरू गरी २००१ सालमा दरबार निर्माण गराए। पश्चिम प्युठान-अर्घाखाँचीसम्मको जनश्रमदानद्वारा निर्मित उक्त दरबारमा प्रयोग भएको इँटा, फलाम, काठ, प्रस्तर एवं अन्य भौतिक सामग्री उच्च गुणस्तरको थियो। विक्रम सम्बत २००२ साल मङ्सिर १४ गते जुद्द् शमशेर गेरुवस्त्र धारण गरी कान्छी श्रीमती गम्भीर कुमारीका साथ त्यही अर्गली दरवारमा आए। रिडी घाटको नित्य स्नान एवं ऋषिकेश मन्दिरको फूलप्रसादसहित २००७ सालसम्म जुद्धशमशेर अर्गली दरबारमै बस्दथे। हाल अर्गली दरवार भग्नावसेसमा परिणत भएको छ।

यो पनि हेर्नुहोस[सम्पादन गर्ने]