सामग्रीमा जानुहोस्

अर्घा राज्य

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

नेपाल एकिकरण हुनुपुर्ब अर्घाराज्य चौबिसे राज्य मध्ये महत्वपुर्ण राज्यको रुपमा रहेको थियो । यो राज्य वि सं १४९० (साके संवत् १३५५) मा स्थापना भएको हो । अर्घा राज्यको खांची भन्ने स्थान अर्घाको कर संकलन केन्द थियो र आर्थिक रुपले तत्कालिन अन्य चौविसी राज्यहरुमा अर्घा सम्मपन्न पनि थियो ।अर्घामा "खांची" भन्ने स्थान छ । सो स्थान कर संकलक वा हालको खजान्चीको दर्जाले चिनिने हिसाब किताब राख्ने मानिस बस्ने भएको हुनाले यो स्थानको नाम खांची रहन गएको भन्ने जनश्रुती छ । तत्कालिन राजा शिबराजशाहको मृत्यु पछि उनका छोरा मेघासी राज शाह अर्घाका राजा भए । राजा मेघासी राज शाहका ३ भाई छोराहरु भएकोले ती तिन भाई बिच अर्घाको भावि राजा को हुने भन्नेमा बिबाद भए पछि मेघासी राज शाहले आफ्ना जेठा छोरा जयन्तराजलाई अर्घाको राजा वनाए भने माइला छोरा बिरेन्द्र राज शाह र कान्छा छोरा खड्गराजलाई क्रमश खांची र धुर्कोटमा सा के १३५७, अथवा वि सं १४९२ मा छुट्टा छुटै राज्य स्थापना गरी त्यहांको राजा नियुक्त गरे । राजा मेघासी राज धार्मिक मानिस समेत भएकोले आफु चुत्राबेसीमा गई समाधिष्ट भए । यी तीन वटै राज्यहरु “ मेघासी राज्य” को रुपमा नेपाल भर चिनिन्छ । यी तीन राज्य लाई अर्घा, खांची र धुर्कोटलाई अंग्रेजि विश्वकोष विकिपेडियामा “Three Meghasi Kingdom” भनेर लेखिएको कुरा अहिले पनि Google मा सुरक्षित छ ।

अर्घा राज्यको इतिहांस (Kingdom of Agha) र गडवाल संगको संबन्ध:

नेपाल एकिकरण एबं सुगौलि सन्धि अगाडीसम्म नेपाल-भारत बीचमा कुनै सीमा रेखा नभएको कुरा हामी सबैमा स्पष्ट हुनुपर्दछ । वास्तवमा बि सं १८२५ भन्दा पहिला "नेपाल" भनेर काठमाण्डौ उपत्यकालाई मात्र संबोधन गरिन्थ्यो । तेतिखेर बर्तमान नेपाल र भारतिय उपमहाद्विप भित्र थुप्रै साना साना स्वतन्त्र राज्यहरु थिए । गोर्खा, मकवाबपुर, अर्घाखांचि, पाल्पा , तनहुं , रुकुम , अछाम, जाजरकोट बझांग,गडवाल,सिकिम,महाराष्ट्र,राजस्थान, बाराणासी, जुम्ला, आसाम, पन्जाब, दिल्लि, मकवानपुर , बिजयपुर अरु राज्य सरह स्वतन्त्र थियो । हिमालय पर्बत देखि दक्षिण हिन्द महासागरसम्मको भुभागलाई भारतिय उपमहादिप (Indian Sub-continent) भनि बिश्वसमुदायमा परिचित थियो र हाल पनि यस क्षेत्र लाई अन्तरराष्ट्रियस्तरमा Indian Sub-Continent को रुपमा लिइन्छ । तत्कालिन समयमा यातायात एबं सन्चार सम्पर्क समेत नभएको र कुनै दस्तावेजहरु समेत नभएको कारण कुन भु-भाग कस्को भन्ने कुरा समेत अनिस्चित थियो। तत्कालिन अबस्थाका मानिसहरुमा शिक्षाको अभावले हालको जस्तो चेतना र बिबेकको समेत कमि हुन्थ्यो भनेर भन्न सकिन्छ । कहां, के र कस्तो भुभाग थियो भन्ने कुरा पनि अनुमान गर्न कठिन थियो । प्राचिन कालमा नेपाल कति ज्यादै बिशाल थियो भन्ने आदि इत्यादि कुराहरु जुन सतहमा आएका छन्, ति सबै काल्पनिक, मनगणन्ते र भ्रमहरु हुन् । कहि कतै कुनै दष्ताबेजहरु कसैले भेटेको छैन । आफु रहेको वरिपरिका भुभागहरु जस्ले सक्छ , उस्ले आफ्नो अधिनमा बनाउने बिस्वब्यापी प्रचलन थियो भन्ने कुरा हामिले भुल्न हुंदैन । दिल्लि, आसाम, कुमाऊं ,गरवाल, चितौर, काश्मिर, सिकिम, राजस्थान, पन्जाब सबै राज्यहरु एक अर्कामा स्वतन्त्र थिए । हालको नेपालको गोर्खा, तनहुं, बिजयपुर, किर्तिपुर, जाजरकोट, बझाङ्ग, बैतडि,रोल्पा, अर्घाखांची जस्ता राज्यहरु पनि एक आपसमा स्वतन्त्र थिए । यस भारतिय उपमहाद्विप भित्र बिश्वका अन्य मुलुकहरुमा जस्तै ८ औ देखि १३ औ सताब्दीसम्म सबै राज्यहरुले आफ्नो सक्ति र क्षमता अनुसार नजिकका अरु राज्यलाई नियन्त्रणमा लिई राज्य गर्ने प्रचलन थियो । एक अर्का बिच आक्रमणहरु भैरहन्थे । पछि तत्कालिन गडवाल राज्यका शाह, ठाकुर राजाहरु पनि राज्य बिस्तारको क्रममा लुम्बिनि हुदै हालको नेपालको अर्घासम्म आएका हुन् भन्ने कुरा भारतिय इतिहांस र नेपालमा हालसम्म प्राप्त तथ्यहरुले समेत देखाएको छ । तत्कालिन अबस्थामा बुद्ध जन्मस्थल लुम्बिनि भारतिय उपमहाद्विपमा बढि प्रसिद्ध भएकोले बुद्धदर्सन गर्न मानिसहरु आउने गर्थे । सोही समयमा लुम्बिनि आउंदा उनिहरुले अर्घा क्षेत्रको महत्व बुझेको हुन सक्छ । यसै सिलसिलामा पछि यस लुम्बिनि क्षेत्रको उर्बर भुमि , हिमाल नजिक, राम्रो हावापानि र बुद्ध जन्म भुमि भएकोले ऊनीहरुले यो अर्घा राज्य कब्जा गरेको अनुमान गर्न सकिन्छ । उनीहरुले तेति बेला गढवालका सबै किसिमका मानिस र तत्कालिन गढवाली राजाका भाईभारदारहरु समेत हातहतियार, देबि देबता सहितको फौज आएका हुनाले यहि कुरालाई पुष्टी गर्दछ । ।[१]  ।[]

साके संबत् १२४० देखि १३५५ बि सं १४९० (बि सं भन्दा साके संबत् १३५ बर्ष पुरानो) सम्म अर्घामा जिल्ल हराईको नियन्त्रण थियो । यो क्षेत्र उर्बर भुमि, रमणिय, धार्मिक महत्वको क्षेत्र , बुदध जन्मस्थल लुम्बिनि नजिक भएकोले गढवालका राजकुमार शिबराज शाह आफ्नो सेना र सहयोगीहरू सहित शासन गर्ने मनसायले अर्घामा आएका थुप्रै तथ्यहरु भेटिन्छन् । तेतिखेर उनले फौज मिझार दशरथ थापा, नीलकण्ठ राणा, सीतल थापा, जयभद्र पाण्डे, धनन्जय पाण्डे, धिर्जे खड्का, दलपति बुढा, रविनारायण शाह, नरेश्वर शाह, धनेश्वर शाह, गुरु पुरोहित रामभक्त भुसाल लगायतका चर्चित व्यक्तित्वहरु साथै लिई आएका थिए । उनका साथमा राजाका साथमा हुन पर्ने झण्डा, निशाना भगवति तरवार खड्ग सहित आएका थिए । त्यतिखेर उनले सूर्य खडक, इन्द्र खडक, ब्रह्मा खडक, विष्णु खडग, गणेश खडग, शिब खडग, चन्द्र खडग, अग्नि खडग सहित ६४ वटा खडग (तरवार) र तोप बोकी गढवालबाट हिंड्दै लुम्बिनि हुंदै महाभारत पर्बतको फेदी अर्घामा छिरेका थिए ।

१२औ सताब्दीको अन्ततीर हाल भारतको उत्तराखण्ड राज्यको कुमाऊबाट राज्य बिस्तारको क्रममा गडवालमा आएका सुर्यबंसी राजा विनय पालका बंसज एवं भुजंगदेबका सन्तति, कश्यप गोत्रिय शिबराज शाह, आफ्नो राज्यकालमा गडवाल राज्य बिस्तारको क्रममा बि.सं १४९० सालमा अर्घासम्म आई तत्कालिन राजा “जिल्ल हराई” लाई कब्जा गरी तहि राज्य गरिबस्न थालेका थिए । अर्घा राज्य अनेकौ देब देबिको पबित्र भुमि, कृषिको लागि उपयुक्त क्षेत्र, हिमाल-तराई को मध्ये भाग र बुद्ध जन्मभुमि लुम्बिनिको नजिकको भुमि एबं सामरिक दृष्टिले पनि महत्वपुर्ण थियो । त्यसैताका उत्तरमा सिन्जा प्रान्त तथा दक्षिण-पश्चिममा चितौर एबं गरवाल, पुर्वमा नेपाल एबं कास्कि राज्य सक्रिय थिए । तत्कालिन अर्घा राज्य गडवालबाट आएका सेनाबाट स्तापित राज्य भएकोले सामरिक र युद्ध कलाको दृष्टिले सबभन्दा मजबुत थियो । सो को प्रभाब र घमण्ड अर्घा दरबार र परिबारमा पनि थियो । शिबराज शाहको देहबसान पछि उनका छोरा मेघासीराज शाह अर्घाका राजा भए । उनका ३ भाई छोरा भएकोले बुबाको मृत्यु पछि अर्घामा कस्ले राज्य गर्ने भन्ने संबन्धमा बिबाद भएकोले आफु धार्मिक मानिस समेत भएकोले मेघासी राजले आफु ज्युंदो हुंदै राज्य त्यागि जेठा छोरा जयन्तराज शाहलाई अर्घा राज्यको राजा बनाई बि सं १४९२ मा माहिलो छोरा खड्गराज शाहलाई धुर्कोट र कान्छा छोरा विरेन्द्रराज शाहलाई खांची राज्यको जिम्मेवारी दिई आफु चुत्रबेसीमा गई तपस्या गरी समाधिस्त भएका थिए । त्यसैले यो अर्घा, खांची र धुर्कोटलाई विकिपेडिया बिश्वशब्दकोषले “ Three Meghasi Kingdom” भनि उल्लेख गरेको छ ।

मनकामना देबि संबन्धि जनश्रुतिहरु र मेघासी राज शाह संगको संबन्ध: अर्घाका राजा मेघासी राज शाहका सन्तान एबं खांचिका तत्कालिन राजा ध्वजनसिंह शाह (बिसं १६६०-१६८६) का छोरी राजकुमारी लिलावती देवत्व गुण भएकी थिइन् । उनि अभिध्येय लिई ब्रह्रमाचारीणि बनेर आजिबन बिबाह नगर्ने भनि देब-देबिको पुजा आराधनामा रहने गर्थिन । तर पछि बुबाले गोर्खाका तत्कालिन राजा राम शाहसंग बिबाह गराई गोर्खा पठाउने निर्णय गरे । आफ्नो बिबाह नगरि बस्ने इच्छाबिपरित जबरजस्ति बिबाह गराउने निर्णयमा उनी असहमत थिइन् तर राजाको निर्णयको अगाडी कसैकोकेही नलाग्ने भए पछि उनको बिबाह जबर्जस्ति गोर्खाका राजा राम शाहसंग भयो र अर्घाबाट मानिसहरु डोला छाड्न गोर्खा गएका थिए । उनको डोला छाड्न गएका डोलेहरु गोर्खा दरबार पु-याई फर्कने बेलामा बिदा माग्न जांदा लिलावति रानिले “आंखा चिम्लि पछिल्तिर फर्कि “ के बिदा माग्छौ तिमिहरु ?, मलाई नै बिदा गरि पठायौं, यो कुरा मलाई मन परेको छैन, अबदेखि मलाई कुनै माइतिले भेट्न नआउनु , आएमा कुभलो होला “ भन्ने आदेश दिई डोलेहरुलाई घर फर्काइन भन्ने भनाई छ ।

राजा राम शाहको मृत्यु पश्चात तत्कालिन धर्म संस्कार अनुसार सती जानु पर्ने भयो । गोर्खादरबारका मुल पुजारी एबं उनका भक्त सिद्ध लखन थापालाई उनको दैवि सक्ति र चरित्र बारे सबै थाहा थियो । सति जाने बेलामा सिद्ध लखन थापाले हजुर भगबान हुनु हुन्छ , सति नजानुस्, जान पर्देन , हाम्रो रक्षा गरीबस्न पर्छ भनि अनुरोध गर्दा सति-चितामा बसी आफ्ना सिद्धभक्त लखन थापालाई “तिमि पीर नगर्नु म काफेकमा अर्को रुपमा आउने छु, मेरो ब्यबस्था गर्नु “ भनि सति गइन् । त्यसको केही समय पछि गोर्खाको काफेक भन्ने स्थानमा एक जना किसानले हलो जोत्दा बारीमा फालि अड्किई हेर्दा ढुंगामा फालि अड्किएको र एकछेउंबाट दुध जस्तो पदार्थ देखिएकोले सबै गाउले भेला जम्मा गरि देखाए । सो कुरा केही दिनमा गोर्खा दरबारसम्म पुगि सिद्ध लखन समेतले थाहा पाए । रानी लिलावतीबारे सबै कुराको जानाकार गोर्खा दरबारका सिद्धभक्त लखन थापामगरले रानी लिलावति साक्षात देबि भगवति थिइन् र हुन् । यो ढुंगा उनैको रुप हो भन्ने कुरा स्थापित गरी सो स्थान गोर्खाको काफेकमा मनकामना देबिको नाममा मन्दिर स्थापना गरी पुजा आराधना गर्न शुरु गरे ।

मनकामना मन्दिर नेपाल मात्र नभएर भारतमा समेत प्रसिद्ध छ । माता मनकामनाको दर्शन गरे आफ्नो मनोकामना पुरा हुने , नबनेका अपुरो कामहरु पुरा हुने जन बिश्वास छ । त्यसैले कतिपय मानिसहरु कुनै काम शुरु गर्दा माता मनकामनालाई संझने प्रचलन छ । सोहि जनश्रुति अनुसार हाल सम्म पनि अर्घाराज्यका तत्कालिन राजा मेघासिराज शाहका सन्तान पछि अर्घा, खांचि र धुर्कोटराज्यमा बिभाजन भएर शासन गरेकाहरु , मनकामना देबिको मन्दिर दर्सन गर्न नजाने प्रचलन छ । पहिले पहिले अन्जानमा मन्दिरमा गएका तत्कालिन अर्घाराज्यका राजा मेघासीराजका सन्तानहरुमा शारिरिक एबं आर्थिक क्षति भएका कयौ घटनाहरु छन् । खांचिका राजपुत्रि लिलादेबि र मनकामना भगबतिको बारे गोर्खा र आसपासमा हालसम्म पनि अनेकौ किंबदन्तिहरु सुन्न पाइन्छ । मनकामना मन्दिरका हालका पुजारी सिद्ध लखन थापाका सन्तान एबं बंसज हुन् । हालसम्म पनि थापामगरहरु नै सो मन्दिरका पुजारी हुने चलन छ । देबि मनकामना माताका बुबा राजा ध्वजन शाहले छोरीको संझनामा खांचिमा पनि सुपादेउराली भगबतिको मन्दिर स्थापना गरेको इतिहांसमा उल्लेख छ । सुपादेउरालि भगवति मन्दिर धार्मिक एबं पर्यटकिय हिसाबले सो क्षेत्र कै ज्यादै प्रसिद्ध मन्दिर हो ।

मेघासी राज शाहका १० औ पुस्ताका राजा दलजित शाहका रानी सुभद्रावतिको कोखबाट राजकुमारी "चन्द्रप्रभावति" को जन्म भएको हो । उनकी मुमा सुभद्रावती सल्यानी राजा सत्यजीत शाहकाका छोरी हुन् । उनको गोर्खाको राजा नरभुपाल शाहसंग बिबाह भएको र तत्कालिन समयमा डोला दिने चलन भएपनि डोला नदिइ अर्घा दरबारमा नै बिबाह भएको थियो । एक देशको राजासंग अर्को देशको राजाका छोरी-चेलीको बिबाह हुने भए त्यसबेला डोला पु-याउने चलन थियो किनकि राजाले राज्य छोड्दा सोहि बेला सत्रुले आक्रमण गर्न सक्ने भएकोले राजा दुलाहा बनी जाने चलन थिएन ।

बि सं १४९० मा नै स्थापना भएको अर्घा राज्य आर्थिक र सामरिक रुपले समेत मजबुत थियो । बि सं १६१६ मा मात्र स्थापना भएको गोर्खा राज्य भन्दा अर्घाराज्य धेरै पुरानो राज्य हो । राज कुमारी चन्द्रप्रभावतिको गोर्खादरबारमा आगमन भएपछि गोर्खाराज्यमा प्रगती हुन थाल्यो भन्ने भनाई छ । चन्द्रप्रभावतिले आफ्नो बुबाबाट राजकाज संबन्धि सम्पुर्ण कुराहरु सिकेकी थिइन् । चन्द्रप्रभावतीबाट तत्काल सन्तान नभएपछि उनले नै उनकी आफ्नी फुपुकी छोरी पाल्पालि राजाकी छोरी कौसल्यावतीसंग नरभुपालको दोश्रो बिबाह गराई दिइन र उनैबाट बि सं। १७७९ मा पृथ्विनारायण शाहको जन्म भएको हो । उनको लालनपालन, राजकाज संबन्धि शिक्षा- दिक्षा उनै चन्द्र प्रभावतिबाट भयो । नरभुपाल कै पालामा गण्डक क्षेत्रका साना साना राज्यहरुमा मल्ल, शाह, खाण, सेन आदि ठकुरी बंसका राजाहरुले राज्य गर्दथे । नरभुपालले पनि बि सं १७९४ मा नुवाकोटमाथि आक्रमण गरेका थिए ,तर हार ब्यहोरेकाले फर्किएर गोर्खा गए । पछि पृथविनारायण शाहले बुबाको देहवसान पछि गोर्खाको राजा भएपछि साना-साना राज्यहरुलाई एकिकरण गर्ने योजना बनाए । यसरी नेपाल एकिकरण गर्दा ति साना-साना राज्यहरुमा ठकुरीबंसकाले नै शासन गरिरहेका हुनाले युद्ध हताहतमा बंस एबं गोत्र हत्याको पाप लाग्ने डरले काशिमा गई भारद्वाज गोत्रबाट कस्यप गोत्र परिबर्तन गराएका थिए । यो कुरा ठुलि आमा चन्द्रप्रभावतिलाई जानाकारी नभएको कुरा सुनिन्छ []


दलजित शाहका अर्कि छोरी महल बसन्ताको पर्बतको राजा मलेबम संग बिबाह भएको थियो । राजा मले बमले भाई हत्याको प्रायस्चित स्वरुप म्याग्दिको बेनीको काली गण्डकी किनारमा शिवालय मन्दिर स्थापना गरी दुई हात जोडेको आफ्नो र रानीको मुर्ति पनि स्थापना गरे । जो अझै देख्न पाइन्छ । ती राजाहरुका पालामा अर्घा र खांची क्षेत्रमा मठ मन्दिर पानी पाटि पौवा निर्माण गरे । पोखरी , धारा बनाई देबगुठ र बिर्ताको ब्यबस्था गरेका थिए । ति शाह राजाहरुले बनाएका कतिपय भौतिक संरचना र संरचनाका अबशेषहरु अझै देख्न पाइन्छ ।

राजा बीर कुमार शाहको शासनकाल बि सं १८४३ मा अर्घाराज्य नेपाल राष्ट्रमा गाभियो । बीर कुमार शाह अर्धाका अन्तिम राजा हुन्। अमर सिंह थापा र दामोदर पाण्डेले यसलाई पनि नेपाल अधिराज्यमा गाभे । अर्घा दरबार पृथ्वीनारायण शाहको मावली भएकोले बहादुर शाहको आदेशमा रक्तपातबिहिन समझदारीमा नेपालमा गाभिएको थियो। तत्कालिन अर्घाराज्यलाई त्यस क्षेत्रको सामरिक महत्वको संरचना समेत बनाएर सैन्य केन्द्रको रुपमा स्थापित गरियो । किनकि अर्घाराज्य सामरिक र हातहतियारको दृष्टिले ज्यादै बलियो थियो । अर्घाराज्यमा शिबराज शाह गढवालबाट आउंदा उनिहरुले युद्ध कौसल सहित राम्रा राम्रा र मजबुत हतियार र खड्कहरु लिएर आएका थिए । पछि दामोदर पाण्डेले पश्चिम तर्फ राज्य बिस्तार गर्ने क्रममा कांगडाको लडाईमा समेत सोहि अर्घाको हतियार र सेनाहरु प्रयोग गरेका थिए । पछि गडवाल र कुमाउसम्म नेपाललाई बिस्तार गर्दा अर्घाका अन्तिम राजा बिरकुमार शाह स्वयं सहभागि भै मौजुदा सेना र हातहतियारको प्रयोग गरिएको थियो। पछि सो गडवाल, कुमाउं र कागडा क्षेत्र बि सं १८७१ मा सुगौलि सन्धिबाट ब्रिटिस-इन्डियाको जिम्मामा गयो ।

अर्घाका अन्तिम राजा बीर कुमार शाहको २ भाई छोराहरु मध्ये बिरभद्र शाह सैन्य बिध्यामा निपुर्ण थिए । पृथ्वीनारायण शाहको अबसान पछि पनि उनका भाई भारदार एबं पाण्डे, थापा, काजीहरुले नेपाल बिस्तारको क्रमलाई जारी राखेका थिए भने उत्तर तर्फबाट नेपाललाई बेला बेलामा आक्रमणहरु भै राख्दथ्यो । नेपाल तिब्बत बीचको दोश्रो युद्ध बि सं १८४८-१८४९, तिब्बतीहरुले पहिलो संझ्यौता पालना नगरेकोले भएको थियो । यो युद्ध बिशेष रुपले लड्नु पर्ने भएकोले तत्कालिन नेपालका तत्कालिन बाइसी-चौबिसी राज्यहरु जहां एकिकरण पछि सैन्य टुकडिहरुको रुपमा बिकसित गरी स्थापना गरिएको थियो, ती गाभिएका राज्यहरुबाट भोटसंगको लडाईमा सहभागी हुनजान केन्द्र सरकारबाट उर्दि जारी गरिएको थियो र अर्घाबाट बीर भद्र शाहको कमाण्डमा सैन्य टोली भोट तर्फ गएका थिए । उनको टोली लगाएत नेपालीहरु लासासम्म प्रबेस गर्दा माथिल्लो स्तरमा दुई देश बिच लेन देनमा कुरा मिली बि सं १८४९ मा भएको "वेत्रावती सन्धि" मार्फत नेपाल चिन युद्ध समाप्त भएको थियो । सन्धि पछि फर्कने आदेश भएकोमा टोली रसुवा , नुवाकोट हुंदै अर्घा फर्कने क्रममा बहादुर शाहको हुकुमले बाटामा पर्ने धादिङ्गको आगिन्चोकमा बिर्ता प्राप्त भै बीर भद्र शाह र उनका बांकि रहेका सेनाहरु समेत त्यहि बसोबास गर्न थालेको दस्तावेजहरु छ । हाल धादिंग जिल्लाको त्रिपुरासुन्दरी पालिकामा "बिर्ता भन्ने गाउं नै रहेकोछ र यो वडा नं ६ मा पर्छ । धादिंग जिल्लाको आगिन्चोकमा बिरभद्र शाहका सन्तान गुप्त बहादुर शाहका छोराहरु रबिन्द्र बहादुर शाह , राजेन्द्र बहादुर शाह, धिरेन्द्र बहादुर शाह र दिपेन्द्र शाह बसोबास गर्दे आएका छन् । बि सं १९६२ सालमा नेपालमा विर्ता उन्मुलन भए पछि उनीहरुको बिर्ता पनि हरण भै नेपाल राज्यमा गाभियो । तत्कालिन समयमा बिर्तामा बसोबास गर्नेहरुले बार्सिक रुपमा कुत-बाली बुझाउन पर्ने , बिरभद्र शाहका सन्तानको मृत्यु भएमा क्रिया बसि दिन पर्ने र अन्य शुभकार्यहरुमा चलन चल्तिमा सहयोग एबं योगदान गर्न पर्ने चलन थियो । हाल तत्कालिन आगिन्चोकको बिर्ता भन्ने स्थान वडा नं छ मा पर्छ ।

अर्घा राज्य र गोर्खा राज्य बीच पहिला देखि नै पारिबारिक संबन्ध समेत भएकोले पछि नेपालको शाहराजपरिबारमा अर्घाखाँचीका तत्कालिन राजाहरुको गहिरो प्रभाव रहेको थियो । काठमाण्डौ बिजय पछि पृथ्विनारायाणकी जेठी आमा चन्द्रप्रभावति पनि बसन्तपुर दरबार आइन् र उनकै रणनीति र योजनाहरुमा नेपाललाई थप बिस्तारका कामहरु भए । चन्द्रप्रभावती अर्घाको राजाकी छोरी भएकिले उनको पारिबारिक माहौल नै युद्ध कलाकौसलमा जानाकर थिए । उनीहरुका पुर्खा हाल भारतको गडवालबाट. हारहतियार र सेना सहित आएकाले उनीहरु सैनिक रणनीतिका जानाकार थिए भन्ने इतिहांस रहेको छ । सोही अनुसार चन्द्रप्रभावतिले पनि नेपाल एकिकरणमा महत्वपुर्ण भुमिका निर्बाहागरेकी थिइन् । अझ खासगरी गोर्खा दरबारबार रानी "चन्द्र प्रभावतिको" प्रबेस भए पछि गोर्दखा रबारमा नेपाल राज्य बिस्तारको प्रसंगले प्रबेश पाएको थियो र सोही अनुरुप सबभन्दा पहिला बि सं १७९४ मा नुवाकोट माथि आक्रमण भएको थियो ।

तत्कालीन नेपाली समाज पनि हिन्दू धर्ममा आधारित भारतीय उपमहाद्विपिय समाजबाट प्रभावित थियो । भगवानलाई अन्धो भएर समर्थन गर्ने भएकोले तत्कालिन राजा शिबराजले देउरालीमाईको वरदानअनुसार अर्घाराज्यको राजा हुने बरदान पाएको भन्ने भनाई स्तानियस्तरमा स्थापित गरी शिबराज शाहले जिल्ल हराइलाई हटाएर अर्घाको राजा भए । राजा सिबराजले जिल्ल हराई शिकार खेल्न गएको मौका छौपि राज्य कब्जा गरेका थिए भन्ने जनश्रुति ब्यापक छ । शिबराज पछि उनका छोरा मेघासी राज अर्घाका राजा भए ।

[]

   पुरातत्व बिभागको वेबसाइटमा भएको अभिलेख (प्राचिन नेपाल) बि सं १८४० एबं सा के १७०५ मा अर्घाका राजा वीरकुमार शाहले नरोत्तम जैसिलाई जग्गा बेच्दा गरिदिएको कागजमा रविचरण शाह र नरध्वज शाहको नाम उल्लेख गरिएको छ । सो कागजमा साक्षीमध्ये मिजार दशरथ थापा, नीलकण्ठ राणा, सित थापा, जय भद्र पाण्डे, धिर्जे खड्का, दलपति बुढाको समेत नाम भएको र गढ्वालर कुमाउमा हालसम्म पनि थापा, राणा पाण्डे, खड्का थरका धेरै मानिसहरु भएकोले उनीहरु मध्येका धेरै मानिसहरु गढ्वालबाट आएका हुन् भन्ने प्रमाणित हुन्छ ।

संस्कृत ग्रन्थहरूमा भगवानलाई प्रसादको रूपमा चढाइने फलफुल, मह, दही जस्ता कुराहरू उल्लेख गरिएको छ । हालको अर्घामा रहेको भगवतीको मन्दिरमा अर्घको रुपमा दही चढाइने र बढि दहि चढाउंदा भगवति बढो खुसी हुने बिश्वासका साथ पुजा गरिने हुंदा सो भगवतिको नाम अर्घा भगवति रहन गएको भन्ने भनाई छ । अर्घा भगबति मन्दिरमा धेरे मानिसहरु दर्शन गर्न आउने हुंदा सो स्थानको नाम नै अर्घा रहन गएको भन्ने जनश्रुति छ ।

अर्घाराज्यको सिमाना पूर्व–गुल्मी, पश्चिम, फुठान, उत्तर धुर्कोट, दक्षिण खाँची हुन् । यी चार दिशा भित्र राजथला मौजा, वागी मौजा, औवल मौजा, अधिकार मौजा, घोराखोरी मौजा, बारुक मौजा, सान्हपुर मौजा, मेहेलपानी मौजा, ढाकवाङ मौजा, अट्जु मौजा, खान मौजा, साकीधारा मौजा, सन्दुरे मौजा, अरजि मौजा ,वाला मौजा, कुर मौजा, झेडी मौजा, धिभनी मौजा, नुवाकोट मौजा, किन्डाडा मौजा रहेको थियो ।

अर्घाको राजस्थान भन्ने ठाउँमा बारुक मौजा छ । त्यहां २० गज अग्लो र १५ गज चौडा ठूलो ढुङ्गा छ र नजिकै ५ गज अग्लो ढुङ्गा पनि छ । सोही ढुंगा फुटेर भगवान नरसिंह निस्कनु भई तत्कालिन संहारकारी राक्षस हिरण्यकश्यपुलाई मारी शान्ति कायम गरेको किंबदन्ति छ ।

तत्कालिन अर्घा राज्यको यस अघिको राजधानी माघथुम हो । सो स्थान देखि पूर्व अन्दाजी ५ हजार गज फरकमा हरपिलकोट भन्ने ठाउँमा हालको अदालत जस्तो कचहरीस्थल अदालत बनाएको थियो भने ४ सय गज पश्चिम टापुमा ३ चोक भएको सत्तल बनाएको थियो । सो सत्तलको १ चोकमा श्री कालिकाको मन्दिर, अर्कोमा हतियार भण्डारण र गुप्तकालिको मन्दिर बनाएको थियो । यस स्थानमा दशैमा १५ दिनसम्म पुजा गर्ने गरीन्छ र धोबिगौडा बाट अर्को तुलोचोकमा हतियारको निर्माण गरिने गरिन्थ्यो ।

गढवाल राज्य (Garhwal Kingdom) र नेपाल संगको सम्बन्ध ।

गडवाल भारतीय उपमहाद्वीपको पश्चिमी भागमा रहेको एउटा शक्तिसाली राज्यको रुपमा रहेको र जसको स्थापना सन् १३५८ मा भएको थियो । गडवाल राज्यलाई सन् १८०३ मा नेपाली गोर्खा सेनाहरूले कब्जा समेत गरेका थिए । एङ्ग्लो-नेपाल युद्ध सन् १८१५ मा सुगौलीको सन्धिमा गएर अन्त भएपछि गढवाल राज्य एक सानो टिहरी गढवाल राज्यको रुपमा गठन भई पुनर्स्थापित गरियो, जुन राज्य १९४७ मा भारत स्वतन्त्र भएपछि भरतमा गाभिएको थियो । परम्परागत रूपमा यस क्षेत्रलाई विभिन्न हिन्दू ग्रन्थहरूमा केदारखण्ड भनेर पनि उल्लेख गरिएको छ । गढवाल राज्यमा क्षेत्रियहरूको शासन थियो । दोस्रो शताब्दी एबं ईसा पूर्व वरपर यसै क्षेत्रमा कुनिन्द राज्य पनि विकसित भयो । पछि यो क्षेत्र कटीया उपत्यका, बाजेनाथ, उतराखात, उत्तराखी र गेडावाल क्षेत्रमा बिभाजित भई आजको अवस्थामा पुगेको छ, जुन राज्यको सन् ६२९ ताका ह्वेन साङ्ग भन्ने चिनिया यात्रिले भ्रमण समेत गरेको अभिलेख छ । सो समयमा ब्रह्मपुर नामक राज्य पनि रहेको उल्लेख गरिएको छ । ह्वेन साङ्ग चीनिया यात्रि बिश्व इतिहासमामा प्रसिद्ध छ र सो बेला आजको नेपाल एबं हिमालय क्षेत्रको भ्रमण समेत गरेको कुरा इतिहांसमा उल्लेख छ ।

इस्बि सं ८८८ भन्दा पहिले, सम्पूर्ण गढवाल क्षेत्र विभिन्न स्वतन्त्र राजाहरू द्वारा शासित साना-साना किल्लाहरूमा विभाजित थियो, जसका शासकहरूलाई राणा, राई र ठाकुर भनिन्थ्यो । भनिन्छ कि सन् ८२३ मा मालवाका राजकुमार कनकपाल श्री बद्रीनाथ जीको दर्शन गर्न आएका थिए । त्यहाँ उनले तत्कालीन राजा भानुप्रतापलाई भेटे । राजकुमार कनक पालबाट प्रभावित राजा भानु प्रतापले आफ्नी एकमात्र छोरीको विवाह उनीसँग तय गरे र आफ्नो सम्पूर्ण राज्य उनलाई सुम्पिदिए । क्रमशः कनक पाल र उनका वंशजहरूले सबै किल्लाहरू जितेर साम्राज्य विस्तार गरे । यसरी सन् १८०३ सम्म अर्थात ९१५ वर्षसम्म सम्पूर्ण गढवाल क्षेत्र उनको अधीनमा रह्यो ।

गढवाल क्षेत्रले सन् १७९४-९५ को समयमा भयंकर अनिकालको सामना गर्यो र फेरि सन् १८८३ मा यो क्षेत्र भयानक भूकम्पबाट पनि प्रभावित भयो । त्यतिबेला नै नेपालको गोर्खा सेनाहरूले यस क्षेत्रमा आक्रमण गर्न थालेका थिए र यस क्षेत्रमा गोर्खालिहरूको प्रभाव सुरु भयो । सन् १८०३ मा महाराजा प्रद्युम्न शाहको शासनकालमा नेपाली गोर्खालि सेनाले फेरि गढवाल क्षेत्रमा आक्रमण गरे । तत्कालिन गडवाली राजा प्रद्युम्न शाह देहरादुनमा गोर्खालि सेनाहरूसँग लड्दा शहीद भए, तर उनका एकमात्र नाबालक छोरा सुदर्शन शाहलाई उनका विश्वासी दरबारका पात्रहरुले चलाखीपूर्वक बचाए । यस युद्धपछि गोर्खाहरूको विजयसँगै गढवाल क्षेत्रमा आफ्नो अधिपत्य स्थापना भयो । यसपछि क्रमश: नेपालको सीमाना पश्चिम कांगडासम्म फैलियो । कांगडाका तत्कालिन महाराजा रणजीत सिंहले नेपाली सेनालाई कांगडाबाट बाहिरसम्म अगाडी बढ्न नदिई रोकेकाले सोही गढवालसम्म सन् १८०३ देखि सन् १८१६ (सुगौली सन्धि) पुर्व १२ वर्षसम्म नेपालले शासन गरेको थियो । सोही अबधिमा तत्कालिन राजा प्रधुम्न शाहका छोरा सुदर्शन शाहले आफ्नो राज्य नेपाली गोर्खाहरूबाट मुक्त गर्न ईस्ट इन्डिया कम्पनीबाट सहयोगको व्यवस्था गर्न थाले । सोही अनुरोध अनुसार सुदर्शन शाहको बिद्रोही समुह र ईस्ट इण्डिया कम्पनीले कुमाऊँ, देहरादून र पूर्वी गढवाललाई एकसाथ ब्रिटिश साम्राज्यमा विलय गरायो । पछि पश्चिमी गढवाललाई राजा सुदर्शन शाहलाई सुम्पियो, जुन टिहरी राज्यको रूपमा चिनिन थाल्यो ।

सुदर्शन शाहले आफ्नो शासन कालमा गढवालको टिहरी नगरमा आफ्नो राजधानी स्थापना गरे र त्यसपछि उनका उत्तराधिकारी प्रताप शाह, कीर्ति शाह र नरेन्द्र शाहले क्रमशः प्रताप नगर, कीर्ति नगर र नरेन्द्र नगरमा राजधानी स्थापना गरे । उहाँका सन्तानहरूले सन् १८१५ देखि १९४७ सम्म यस क्षेत्रमा शासन गरे । पछि “भारत छोडो” आन्दोलनको समयमा, यस क्षेत्रका मानिसहरूले भारतको स्वतन्त्रताको लागि सक्रिय रूपमा भाग लिए र अन्ततः जब सन् १९४७ मा भारत ब्रिटिसबाट स्वतन्त्र भयो, टिहरीको रियासतका बासिन्दाहरूले स्वतन्त्र भारतमा विलयको लागि आन्दोलन गरे । यस आन्दोलनका कारण परिस्थितिहरू अब राजा सुदर्शनको नियन्त्रणमा रहेनन् र उनलाई शासन गर्न गाह्रो भयो, जसको फलस्वरूप पन्वार वंशका शासक महाराजा मानवेन्द्र शाहले भारत सरकारको सार्वभौमसत्ता स्वीकार गरे । अन्ततः सन् १९४९ मा गडवालको टिहरी रियासत भारतमा विलय भयो ।

११ औ सताब्दिताका भारतको उत्तराखण्ड राज्य कुमाऊँ र गडवाल गरी दुई भागमा विभाजित थियो । हाल कुमाऊँ उत्तराखण्ड राज्यको दक्षिण-पूर्वी भाग हो, यसको उत्तर-पूर्वमा नेपाल र दक्षिण उत्तर प्रदेश पर्छ भने गडवाल नेपालको उत्तर-पश्चिम भागमा पर्छ । नेपाल एकिकरणको क्रममा बहादुर शाहको पालामा दामोदर पाण्डे र अमरसिंह थापाले तत्कालिन अर्घाका राजा हरिकुमार शाह (पृथ्वि नरायणको मामा) को सहयोगमा नेपालको सिमाना पश्चिम गडवालसम्म पुराएको र सुगौली सन्धिपुर्व गडवाल राज्य नेपालको नियन्त्रणमा थियो । बि सं १८७२ एबं सन् संबत् १८१६, अगस्ट ४ मा नेपाल र इष्ट इन्डिया कम्पनि बिच सुगौलि सन्धि हुंदा यो भारतमा गाभियो । सुगौली सन्धिमा नेपालको तर्फबाट गजराज मिश्रले सही गरेका थिए । गडवाल राज्य ८ औं शताब्दीको सन् ८२३ मा कनक पालले स्थापना गरेका हुन् र यहां ८ औं देखि ११ औं शताब्दी सम्म कत्युरी वंश , ११ औं देखि १३ औं शताब्दी सम्म चन्द्र वंश र त्यसपछि शाह वंशद्वारा शासन गरिएको थियो । वास्तवमा, नेपाल परम्परागत रूपमा भारतको हिस्सा नभए पनि, यो हिमालय पर्वतदेखि हिन्द महासागरसम्म भारतीय उपमहाद्वीप (Indian Sub-continent) को एक हिस्सा हो भन्ने कुरा ऐतिहांसिक तथ्यहरुले देखाएको छ ।

बाह्रौं सताब्दितिर नेपालको पश्चिमि भुभाग कुमाऊ, गढवाल र अलमोडामा राणा, ठाकुर, शाह क्षेत्रियहरुको राज्य थियो । उनीहरु तत्कालिन सामन्ति रजपुतहरु हुन् । त्यसबेला उनीहरुको बहुसंख्या अलमोडामा थियो । शाह ठाकुरहरु ११ औ सताब्दिमा अल्मोरा र कुमाऊबाट गढवालमा आएका हुन् भनिन्छ । त्यसबेला क्षेत्रिय शाहहरुको प्रभाब क्षेत्र राजस्थान, तेलंगना, पन्जाब र हालको उत्तराखण्डसम्म थियो । क्षेत्रिय बंशिय शाह रजपुतहरु लडाकु खालका र सामन्ति स्वभावका हुने, राम्रो क्षेत्र राम्रो ठाउं , राम्रा मानिस , उर्बर भुमि, खनिज, सुन, तामा देखे पछि आफ्नो अधिनमा पार्ने खालका सामन्ति सोचका थिए भनिन्छ । अलमोरा भन्ने स्थान हाल कुमाउको हिमाली भागमा पर्छ । हालसम्म पनि भारतको राजस्थान, उत्तराखण्डको कुमाऊ, अलमोढा, गढवाल र तेलंगना राज्यहरुमा राणा , राव, शाह ठाकुर रजपुतहरु राजननिति र व्यापारमा पनि निक्कै सक्रिय छन् ।

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. Shields, Gemma E.; Buck, Deborah; Varese, Filippo; Yung, Alison R.; Thompson, Andrew; Husain, Nusrat; Broome, Matthew R.; Upthegrove, Rachel; Byrne, Rory; Davies, Linda M. (२०२२-०२-१७), "A review of economic evaluations of health care for people at risk of psychosis and for first-episode psychosis", BMC Psychiatry 22 (1), आइएसएसएन 1471-244X, डिओआई:10.1186/s12888-022-03769-7 
  2. "अर्घाखाँचीका धार्मिक, ऐतिहासिकस्थल र पर्यटनको सम्भावना", लुम्बिनी सञ्चार (अङ्ग्रेजीमा), २०२१-०६-२०, अन्तिम पहुँच २०२५-०३-३० 
  3. "Manakamana Temple: A story of Reincarnation", www.nepaltraveller.com (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२५-०३-२९ 

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]

1. ↑ Shields, Gemma E.; Buck, Deborah; Varese, Filippo; Yung, Alison R.; Thompson, Andrew; Husain, Nusrat; Broome, Matthew R.; Upthegrove, Rachel; Byrne, Rory; Davies, Linda M. (२०२२-०२-१७), "A review of economic evaluations of health care for people at risk of psychosis and for first-episode psychosis", BMC Psychiatry 22 (1), आइएसएसएन 1471-244X, डिओआई:10.1186/s12888-022-03769-7।

2. ↑ "अर्घाखाँचीका धार्मिक, ऐतिहासिकस्थल र पर्यटनको सम्भावना", लुम्बिनी सञ्चार (अङ्ग्रेजीमा), २०२१-०६-२०, अन्तिम पहुँच २०२५-०३-३०।

3. ↑ "Manakamana Temple: A story of Reincarnation", www.nepaltraveller.com (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२५-०३-२९।

4. "Garhwal Kingdom", Wikipedia (अंग्रेज़ी में), 2022-05-31, अभिगमन तिथि 2022-05-31