सामग्रीमा जानुहोस्

अर्धनारीश्वर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
अर्धनारीश्वर
अर्धनारीश्वर
आबद्धशिवपार्वतीको संयुक्त रूप
अस्त्रत्रिशूल
वाहननन्दी र सोमनन्दी नामक सिंह

अर्धनारीश्वर (आधा नारी भएका ईश्वर) हिन्दु देवता शिव र उहाँकी अर्धाङ्गिनी पार्वतीको मिश्रित स्वरूप हो। अर्धनारीश्वरलाई बीचबाट ठ्याक्कै आधा-आधा विभाजित गरी आधा-पुरुष र आधा-महिलाको रूपमा चित्रण गरिन्छ।

अर्धनारीश्वरले ब्रह्माण्डको पुरुष र स्त्री शक्तिहरूको संश्लेषण (पुरुषप्रकृति) लाई प्रतिनिधित्व गर्दछ र ईश्वरको स्त्री शक्ति (शक्ति), शिव (ईश्वरको पुरुष सिद्धान्त) बाट कसरी अविभाज्य छ (वा केही व्याख्याहरू अनुसार, दुवै एकै हुन्) भन्ने कुरालाई स्पष्ट पार्दछ। यी सिद्धान्तहरूको मिलनलाई नै सम्पूर्ण सृष्टिको जड र गर्भको रूपमा आराधना गरिन्छ। अर्को दृष्टिकोण अनुसार, अर्धनारीश्वर शिवको सर्वव्यापी प्रकृतिको प्रतीक हो। सामान्यतया दायाँ आधा भाग पुरुष शिवको हुन्छ, जसले उहाँका परम्परागत गुणहरू झल्काउँछ।

अर्धनारीश्वरका सबैभन्दा पुराना मूर्तिहरू पहिलो शताब्दीको कुषाण काल देखिका छन्। यसको प्रतिमा गुप्त युगमा विकसित र पूर्ण भएको थियो। पुराण र विभिन्न प्रतिमाशास्त्रीय ग्रन्थहरूले अर्धनारीश्वरको पौराणिक कथा र स्वरूपको बारेमा वर्णन गरेका छन्। अधिकांश शिव मन्दिरहरूमा अर्धनारीश्वर एउटा लोकप्रिय स्वरूपको रूपमा पाइन्छ, यद्यपि यस देवताका लागि मात्र समर्पित मन्दिरहरू भने निकै कम छन्।

अर्धनारीश्वर नामको अर्थ "आधा महिला भएका भगवान" हुन्छ। अर्धनारीश्वरलाई अन्य नामहरूले पनि चिनिन्छ जस्तै: अर्धनारीश ("आधा महिला भएका ईश्वर"), अर्धनारीनटेश्वर ("नृत्यका देवता जो आधा महिला हुन्)"),[][] पराङ्गद,[] नरनारी ("पुरुष-महिला"), अम्मयियप्पन (तमिल नाम जसको अर्थ "आमा-बुबा" हुन्छ),[] र अर्धयुवतीश्वर (असममा, "भगवान जसको आधा भाग एउटी युवती वा केटी छ")।[] गुप्त कालका लेखक पुष्पदान्तले आफ्नो 'महिम्नस्तोत्र'मा यस स्वरूपलाई 'देहार्धघटना' ("तिमी र उनी प्रत्येक एक शरीरका आधा भाग हौ") भनेर उल्लेख गरेका छन्। बृहत्संहिताको टिप्पणी गर्दै भट्टोत्पलले यस स्वरूपलाई अर्ध-गौरीश्वर भनेका छन्।[] विष्णुधर्मोत्तर पुराणले यस स्वरूपलाई केवल गौरीश्वर ("गौरीका पति/भगवान") भन्दछ।

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. Monier Williams Sanskrit-English Dictionary (2008 revision)
  2. Gopal, Madan (१९९०), K.S. Gautam, सम्पादक, India through the ages, Publication Division, Ministry of Information and Broadcasting, Government of India, पृ: ६९
  3. Garg (ed), pp. 598–9
  4. Jordan, Michael (२००४), Dictionary of gods and goddesses (2 संस्करण), Facts on File, Inc., पृ: २७, आइएसबिएन 0-8160-5923-3
  5. Swami Parmeshwaranand p. 57
  6. Swami Parmeshwaranand p. 60

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]