अली खामेनेईको हत्याकाण्ड
| अली खामेनेईको हत्या | |
|---|---|
| इरानमाथि इजरायल–संयुक्त राज्य अमेरिकाको आक्रमण-को भाग | |
हत्या हुनुभन्दा १६ दिनअघि अर्थात् १२ फेब्रुअरी २०२६ मा लिइएको खामेनेईको तस्वीर | |
| सञ्चालन दायरा | हवाई आक्रमण, निर्णायक प्रहार लक्षित हत्या |
| स्थान | तेहरान, इरान |
| लक्ष्य | अली खामेनेई |
| मिति | २८ फेब्रुअरी २०२६ |
| हताहत | ५ (खामेनेई सहित)[१] मृत्यु |
सन् २०२६ फेब्रुअरी २८ का दिन इरानका द्वितीय सर्वोच्च नेता अली खामेनेईको इजरायली अमेरिकी हवाई हमलामा परि मृत्यु भएको थियो। यो घटना उच्च पदस्थ इरानी अधिकारीहरूलाई लक्षित गरी तेहरान वरपर इजरायलले गरेको क्षेप्यास्त्र आक्रमण शृङ्खला एक अंश थियो। खामेनेईको मृत्यु संयुक्त राज्य अमेरिका र इजरायलको संयुक्त हवाई आक्रमणमा भएको थियो। यस अभियानमा अमेरिकी गुप्तचर निकायले धेरै नेताहरूको स्थानबारे रणनीतिक जानकारी उपलब्ध गराएको थियो।[२] भू-उपग्रहबाट प्राप्त तस्वीरहरूका अनुसार उक्त आक्रमणमा सहरमा रहेको खामेनेईको निवासमा ठूलो क्षति पुगेको देखिएको छ।
इजरायली हवाई हमलामा खामेनेईको मृत्यु भएको भनी अधिकारीहरूले प्रारम्भिक प्रतिवेदन सार्वजनिक गरेपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले खामेनेईको मृत्यु भएको पुष्टि गरेका थिए। इरानी सरकारी सञ्चारमाध्यमले भोलिपल्ट बिहान उनको सर्वोच्च नेताको मृत्युको पुष्टि गरेको र सरकारले ४० दिनको शोक र सात दिनको सार्वजनिक बिदा घोषणा गरेको थियो। सोही आक्रमणमा खामेनेईका परिवारका चार सदस्यको पनि मृत्यु भएको थियो। उनको मृत्युको खबर पुष्टि भएपछि धेरै इरानी नागरिकहरू सडकमा निस्किएर उत्सव मनाइरहेका देखिएका थिए।[३][४] उनको मृत्युको शोकमा विभिन्न देशहरूमा विरोध प्रदर्शन र दङ्गाहरू पनि भएका छन्।
खामनेईको मृत्युको पुष्टि भएपछि, धेरै इरानी नागरिकहरू उत्सव मनाउन सडकमा उत्रिएका देखिएको थियो।[३][४][५][६] इरानका अन्य स्थानहरूमा भने हजारौँ मानिसहरू शोक मनाउन सडकमा भेला हुँदै[७] सामाजिक सञ्जालमा उनीहरूले नेताको मृत्युमा शोक व्यक्त गरिरहेको बताएका थिए। [३] धेरै देशहरूमा यस घटनापछि प्रदर्शन र दङ्गाहरू भड्किएको थियो।[८] नाम नखुलाइएका अमेरिकी अधिकारीहरूका अनुसार, १५ जुन २०२५ मा, बाह्र दिने युद्ध को अंशको रूपमा इजरायली हत्याको योजनालाई ट्रम्पले भिटो अस्वीकार गरेका थिए।[९]
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ "Daughter and grandchild of Iran's Khamenei killed in US-Israeli strikes, state media says", Reuters, १ मार्च २०२६।
- ↑ Barnes, Julian E. (२०२६-०३-०१), "The C.I.A. Helped Pinpoint a Gathering of Iranian Leaders. Then Israel Struck.", The New York Times (अङ्ग्रेजीमा)।
- 1 2 3 "Iranians Take to the Streets to Celebrate Khamenei's Death", The New York Times, २८ फेब्रुअरी २०२६।
- 1 2 Sinaiee, Maryam (२०२६-०३-०१), "Iranians react with joy and disbelief to Khamenei's death", Iran International।
- ↑ "Iranians hope freedom is near after supreme leader's death", ABC News (अङ्ग्रेजीमा), २०२६-०३-०१, अन्तिम पहुँच २०२६-०३-०१, "मानिसहरूमा यस अवस्थाप्रति मिश्रित भावनाहरू देखिएका छन् — उनीहरू इस्लामी गणतन्त्र अन्तर्गतको ४७ वर्षको क्रूरता समाप्त हुन सक्नेमा खुसी भएतापनि तर लामो युद्ध र नागरिक हताहतीको सम्भावनाबाट त्रसित पनि देखिन्छन्।"
- ↑ Solomon, Feliz; Moussavi, Henna (२०२६-०३-०१), "Iranians Celebrate Strikes That Killed the Country's Leaders", The Wall Street Journal, अन्तिम पहुँच २०२६-०३-०१, "धेरै इरानीहरूले उत्सव मनाइरहेको देखिन्छ"
- ↑ "Israel-Iran conflict - Tens of thousands in Iran mourn Khamenei’s killing", aljazeera, १ मार्च २०२६, "सर्वोच्च नेता अयतोल्लाह अली खामनेईको हत्यापछि इरानको राजधानीको केन्द्रमा हजारौँ शोकाकुल व्यक्तिहरू भेला भएका छन् - उनीहरू मुख्यतया कालो लुगा लगाएर क्रान्ति चोकमा उपस्थित भएका छन्।"
- ↑ "Protesters rally across US after strikes on Iran that killed Khamenei", The Guardian, २८ फेब्रुअरी २०२६, अन्तिम पहुँच १ मार्च २०२६।
- ↑ Holland, Steve; Nichols, Michelle; Craft, Diane (१५ जुन २०२५), "Trump vetoed Israeli plan to kill Iran's supreme leader, US officials say", Reuters, अन्तिम पहुँच २८ फेब्रुअरी २०२६।