सामग्रीमा जानुहोस्

अशिग्राम केदार

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

अशिग्राम देवता डडेल्धुरा जिल्लाको अशिग्राम गा.वि.स. २ मदकट्टे रुवाखोलामी रहेकाछन् । यस देवताका धामी छैनन् । भँराडी कौडिन्य गोत्रका जोशी ब्राह्मण छन् । पूजारी भारद्वाज गोत्रका भण्डारी छन् । अशिग्राम देवतालाई अशिउ देवता पनि भन्ने चलन छ । यी देवताको जाँत कार्तिक शुक्ल चर्तुदशीमी हुन्छ भने पूजा यसै दिनको राती हुन्छ । अशिग्राम देवता सम्बन्धी ठूलो काम गर्नु परेको खण्डमी यस क्षेत्रका क्षत्रिय/राजपूत/ठाकुर/ठकुरी कुलका देउवाहरूको आवश्यकता पर्दछ । यहाँका देउवाहरूलाई अशिग्राम देवताले मेरो वडैके भन्ने गर्दछ । दार्चुलामी क्षत्रिय/राजपूत/ठाकुर/ठकुरी लाई मेरो पकड़ीय,बैतडीमा क्षत्रिय/राजपूत/ठाकुर/ठकुरी लाई मेरो झाल भने जस्तै यहाँ क्षत्रिय/राजपूत/ठाकुर/ठकुरी कुलका देउवा लाई मेरो बडैके भन्ने गरेको हो | यस क्षेत्रका देवताहरूमी जेठो अशिग्राम हुन् । यी रोखोला मदकट्टेमी रहेकाछन् । माईलो भागेश्वर हुन् । यी रुपाल गर्खामी रहेकाछन् । कान्छो गन्यापहुन् । यी पस्सेगर्षामी रहेकाछन् । यहाँ खापरे मार्ने देवता गन्याप हो । यी देवताको शिला तालको लेकमा रहेको छ । यो देवता यहाँको रुमाईलका भाट/भट्ट बामनबाट उब्जेको भन्ने मान्यता छ । यस गन्याप देवताका धामी काँपेको रे पूजिने समयमी रैका शाही खान्दानले जानु हुँदैन् । यदि रैका मल्ल/शाहीको कुनै गएको छ भने छेउलो हाल्नु पर्ने हुन्छ । देवता नपूजिएको अन्य समयमी रैका खान्दानकी रानी गएकी छन् भने पानी पर्दछ ।

असिग्राम केदार लुलान गर्खा गाङ्गखेत

[सम्पादन गर्नुहोस्]

डडेल्धुरा जिल्लाको लुलान गर्खा गाङ्गखेत गाविस अन्तरगत गाङ्गखेत गाउँको पूर्वपट्टि नदीको किनारमी पानी घट्टको पात्थरबाट असिग्राम (केदार) देवताको उत्पति भएकोे मान्यताको स्थान छ । यसको उत्पति सम्बन्धमी के मान्यता छ भने,परापूर्व कालमी गाङ्गखेत गाविस सुन्तडी भन्ने गाउँका रोश्यरा ब्राह्मणले किमोडी बस्ने बुडाराठी भट्ट ब्राह्मणबाट घट्टको पत्थर किनी ल्याउँदा गाङ्गखेत गाउँमी पुगेको समयमी रात पर्न गई थाकेर त्यो पत्थर त्यही छोडेर गए । अर्को दिन आई लान खोज्दा त्यो घट्टको पत्थर उठाउन सकेनन् । हरेक प्रयत्न गर्दा पनि उठाउन नसके पछि रीसले आक्रोसमी आएर यसमी हतियार प्रहार गर्न पुगे । हतियार प्रहार भएको स्थानबाट रगत बग्न थाल्यो । यो रगत बगेको देखि यो के भयो भनेर डराई ती घर फर्के । तिनीहरु त्यहाँबाट घर गए पछि सेटी गााउँका एक जना सेटी गोठबाट घर फर्कदै थिए । तिनले त्यो रगत बगेको देखेर त्यहाँ आफुसँग रहेको खीरले पोति दिए रे त्यसमा दुध हाली दिएका थिए । वास्तवमी यो केदार देवताको छल थियो । यहाँ अशिग्राम नामका केदार उत्पन्न भएका थिए । यस घट्टको पात्थरबाट उत्पन्न भएका असिग्राम (केदार) देवतालाई यस लुलान गर्खाको मट्टेमानिएको जठे (जिम्दार/अठौती मल्ल) नामको देवताले आक्रमण गर्दा असिग्राम देवता र जठेजिम्दार देवता बीच घमासान युद्धभएको थियो । यस युद्ध सम्बन्धमा भन्ने गरिन्छ । असिग्राम(केदार) देवता र जठेजिम्दार देवताका बीचमा भएको युद्धले त्यस स्थानका मानिसहरूमा निकै हाहाकार मच्चियो । दुवै देवताहरुका बीचमा ठूलै युद्ध भयो । जठेजिम्दार देवताले केदारको गाथलाई बगाई दिन्छु भनि तेलगाउँको तालडोलाबाट ५/६ सय मिटर गाड(खोला) फर्काएको ठूला–ठूला ढुङ्गा रे चट्टानै ल्याएर असिग्राम केदार भएको स्थान भन्दा केही परसम्मको भूभाग बगाएको तर असिग्राम केदारमा कुनै असर नपरेको कारण जठे जिम्दार देवताले अर्को उपाए अपनाई चिताडी भन्ने ठाउँबाट ठूला–ठूला ढुङ्गा प्रहार गरेर शिव फुटलिङ्ग फुटाउने प्रयास गर्दा पनि केही नलागे पछि जठेजिम्दार देवताले आफ्नो आक्रमण निरन्तर रूपमा अशिग्राम देवतामाथि राखि रहँदा उता अशिग्राम केदारले पनि प्रतिउत्तरमी आक्रमण गरी रहेको अवस्थामी जठेजिम्दार देवताको वास्तविक स्थल रहेको चिनाडी भन्ने ठाउँमी रहेको गाथलाई फ्याकेर कालिमाटी नजिकै खोलाको ढिकमी ल्याएर फालिदिएपछि केदारको जित रे जठे जिम्दार भनिने अठौती मल्लको हार भयो । यस पछि जठेजिम्दार देवता असिग्राम (केदार) देवताका शरणमी परेछन् । यस प्रकारको युद्धहुँदा पनि केदारले मण्डलिया जठेजिम्दारको नाताले केदारले जठे जिम्दार देवतालाई भनेछन् मेरो आजापुजा चलाउ त्यसपछि मात्र तिम्रो पुजा चल्ला मेरो आजापुजा जो ले लगाउला उसले तेरो पुजापनि लगाउनु पर्नेछ यदि नलगाएमी त्यसलाई फल मिल्ने छैन भनि केदारले जठे जिम्दारलाई भनेछन् । यसप्रकार जठेजिम्दार देवताले केदारको लागि महाकाली पर्शुराम क्षेत्र देखि हलने धुरासम्मको शिख (पोखल) उठाई आजापुजा चलाउन थाले । केदारको लागि उठेको शिख जठे जिम्दार देवतालाई पहिले आधा छुट्ट्याई अनि केदार देवताको पुजा लगाउने चलन आजसम्म पनि यथावत रहेकोछ । यस स्थानको पुजाआजा चलाउनको लागि यस क्षेत्रका हालीमुहाली भएका जठे जिम्दार देवता आफ्ना पुर्खाको देवता बताउने रैका नागी मल्लको वंशजका मानिने वरगडीका मल्लहरूलाई डाकी छलफल गर्दा छलफलमा सहभागी भएका पर्शुरामऋषिका अनुसार सो ठाउँमा शिवालय उत्पति भएकोले यस स्थानको हाली मुहाली भएको जठेजिम्दारको सल्लाह अनुसार चलाउँनु पर्ने भन्ने कुराको निचोढ निक्ले पछि पर्शुरामको सल्लाह अनुसार भण्डारको काम गर्ने भडरिया मामुर (आलिटाल) बस्ने भाट ब्राह्मण हाल गाङ्गखेतमा आई मडै क्षेत्री भएकाहरु पुजाआजाकालागि कुलेडीगाउँ डोटी जोरायलको घण्टेश्वर–३ वडाखेतका भट्ट ब्राह्मण भए । भलादमीको रूपमा व्यवस्थापक रे फौदारको कामका लागि नागीमल्लको वंशजका वरगडी, लडुवा रे तेलगाउँका मल्लले गर्ने भन्ने भएपछि यसै अनुसार काम कुरो चलेको मान्यता छ । यस देवताका भडँरिया रे पुजारीलाई यस स्थानका रैका मल्लका पूर्वजले जग्गा जमिन दिएर राखेको भनाई पाईन्छ । एक अर्को मान्यता अनुसार धुरामा अशिग्रामकेदार देवताको पुजापाठ हुने तर रैका मल्ललाई मान सम्मान नदीएकोमा लुलानी मल्लका पूर्वजले रीसले आक्रमण गरी अन्यजातिबाट यस स्थानको अशिग्रामकेदार देवता लुटेर ल्याएको कारण असिग्राम देवताले भनेछन् मलाई तैले लुटेर ल्याएपछि मेरो पूजा पनि चला भनेपछि यहाँकामल्लको पूजामी सहभागीता हुँनगएको किवदन्ती छ । समैजी देवताको पूजा चलेको समयमी रैका मल्लका वंशज मानिने लुलान र पश्य चम्साल का मल्लले देखापर्नुहुँदैन् ।

  • असिग्राम देवताको मुख्य द्धारपालमा पासालिङ्ग रे
  • सात भाइ समैजीहरु द्वारपालछन् ।
  • ज्योतिष तथा पतरियामा कैलपाल देवता रे
  • डोवलिंङ्ग देवताछन् ।
  • अन्य द्वारपालमा गडीया भूमिराज, छडी, सिङ्राल, आदि छन् ।

असिग्रामको उत्पति भएको मान्यता रहेको पानी घट्टको पत्थरमा हतियार प्रहार गर्ने गाँङ्गखेत गाविस सुन्तडीका रोश्यराको हातबाट त्यहाँ कुनै चिज चड्दैन भने हतियार प्रहार भएको स्थानबाट बगेको रगत थाम्न खीर रे दूधले पोत्ने गाङ्गखेत गाविस सेटीगाउँका सेटीले ल्याएको दूध पहिले चढाईन्छ । यहाँ नवरात्र पर्वमा नौ दिन सम्म होम गर्ने दशैका दिन उडिकोटमा दशैजाँत, हलने धुरामा बैकुण्ठ चर्तुदशीमी जाँत पूजा , चर्तुदशी पछि चौथि तिथिमी गाङ्गखेत शिवालय पूजा जाँत, मकरमी पर्शुराम क्षेत्र महाकालीमी जाँत पूजा, नयाँ वर्ष १ गते गाङ्खेत शिवालयमी जाँत शिवरात्रीमी गाथ पूजा हुने गर्दछ । जाँत एवं पूजा गर्ने सिलसिलामी शिख अर्थात पोखल उठाई प्रमुख रूपमा यस क्षेत्रभरीमी बसोबास गर्ने मानिसहरुका जाँत मान्यता यस प्रकारछन् । ड्ड शीर्ष, आलिताल जोगबुढा अन्तरगतका प्रत्येक गाउँबाट शिख (पोखल) उठाई पर्शुराम क्षेत्र महाकाली गंगनान् क्षेत्रमा मकर सक्रान्तिमा वृहत जाँत एवं पूजा आजा हुने गर्दछ । ड्ड गाङ्गखेत गाविस अन्तरगत सेला, कुलेडी, डाड्ढु तुङा, किमोडी, चौण, बन्डोलेबाट शिख उठी, गैरीडोटी हलने धुरामा बैकुण्ठ चर्तुदशीमी बृहत जाँत एवं पूजा आजा हुने गर्दछ । ड्ड गाङ्गखेत गाउँ विकास समिति अन्तरगत उल्लानी , बोरगाउँ, डोबरा, चाई, डाटरीको घण्टेश्वर गाविस ३ बडाखेतको शिख उठी दशैको दिन उणिकोटमी जाँत एवं पूजा आजा गरिन्छ । ड्ड गाङ्गखेत अन्तरगत गाङ्गखेत तेलिगाउँ, वरगडी, सेटीगाउँ, लडुवा, किमाड खोलिखर्कको एरियाको शिख उठी, बैकुण्ठ चर्तुदशी पछिको मार्ग कृष्णपक्षको चौथीमी गाङ्गखेत शिवालयको गाथमा पूजाआजा हुने गर्दछ ।

बाह्य लिङ्कहरू

[सम्पादन गर्नुहोस्]