अशोकराज सिग्देल
जर्नेेल अशोकराज सिग्देल | |
|---|---|
महारथी श्री अशोकराज सिग्देल | |
| प्रधान सेनापति | |
| पद बहाली २०८१ भदौ २४ | |
| राष्ट्रपति | रामचन्द्र पौडेल |
| पूर्वाधिकारी | प्रभुराम शर्मा |
| व्यक्तिगत विवरण | |
| जन्म | २०२३ माघ १९ |
| सैन्य सेवा | |
| निष्ठा | |
| शाखा/सेवा | |
| सेवाको वर्षहरू | वि.सं २०४३– |
| श्रेणी | |
जर्नेल अशोकराज सिग्देल (जन्म" २०२३ माघ १९) नेपाली सेनाको वर्तमान तथा नेपालको ४५औँ प्रधान सेनापति हुन्। उनले २०८१ भदौ २४ मा नेपालको राष्ट्रपतिबाट प्रधान सेनापतिको रूपमा शपथ लिएका थिए। यसअघि २०८० मङ्सिर २८ मा, सरकारले उपरथी रहेका उनलाई रथीमा बढुवा गरेको थियो।[१] उनी प्रभुराम शर्माको उत्तराधिकारी हुन्।[२]
२०८२ भदौमा भएको जेन जी आन्दोलनमा प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिएका कारण र थप हिंसा बभड्कियोस् भन्ने उद्देश्यका साथ उनले राष्ट्रको नाममा सम्बोधन गर्दै आन्दोलनरत पक्षहरूलाई आन्दोलनका कार्यक्रमहरू स्थगित गरि वार्तामा आउनका लागि आह्वान गरेका थिए।[३][४]
जीवनी
[सम्पादन गर्नुहोस्]अशोकराज सिग्देलको जन्म वि.सं. २०२३ साल माघ १९ गते कपिलवस्तुको सिद्धार्थनगरमा भएको थियो।[५] उनको बुबाको नाम विश्वराज सिग्देल तथा आमाको नाम हरीप्रिया सिग्देल हो। उनले स्वदेश तथा विदेशबाट व्यावसायिक सैन्य शिक्षा हासिल गरेका छन्। सैनिक कमान्ड तथा स्टाफ कलेज शिवपुरी र चीनको राष्ट्रिय रक्षा विश्वविद्यालयबाट स्नातक गरेका उनले आर्मी वार कलेजमा हायर कमान्ड एन्ड म्यानेजमेन्ट कोर्स र भारतबाट रक्षा व्यवस्थापन सम्बन्धि अध्ययन पूरा गरेका थिए। यसका साथै उनले त्रिभुवन विश्वविद्यालयबाट रणनीतिक अध्ययनमा स्नातकोत्तर गरेका थिए।[६]
वि.सं. २०४३ सालमा सैनिक सेवामा प्रवेश गरेका उनले अधिकृत आधार तालिम सम्पन्न गरे पश्चात वि.सं. २०४५ जेठ १९ सालमा सहायक सेनानी दर्जामा श्री देवीदत्त गणमा नियुक्त भएका थिए। नेपाली सेनाको प्रधान सेनापतिमा नियुक्ति हुनु पूर्व उनी निमित्त बलाध्यक्ष तथा बलाधिकृतको जिम्मेवारीमा कार्यरत थिए।[७] उनले जङ्गी अड्डाको युद्धकार्य विभाग र व्यवस्था, नीति तथा योजना महानिर्देशनालयको नेतृत्व गरिसकेका छन्। प्रधानसेनापतिको सैनिक सचिव समेत रहिसकेका सिग्देलले कोभिड १९ सङ्कट व्यवस्थापन केन्द्रको नेतृत्व तहमा बसेर समेत काम गरेका थिए। संयुक्त राष्ट्र सङ्घको शान्ति मिसनका क्रममा उनले युगोस्लाभिया, ताजिकिस्तान र लाइबेरियामा काम गरेका थिए।[८]
विवाद
[सम्पादन गर्नुहोस्]२०८० कात्तिक २४ मा, दोस्रो बरियतामा रहेका उपरथी ताराध्वज पाण्डेले जन्ममिति विवादमा छानबिन भएपछि राजीनामा दिएका कारण सिग्देल प्रधान सेनापतिको रोलक्रममा आएका थिए।[९] सिग्देलले जन्ममिति सच्याई वास्तविक सेवा अधिभन्दा बढी समय काम गरेको भन्दै अख्तियारमा उजुरी परेकाे थियो।[१०] उनले उमेर घटाएर बनाएको सहित २ वटा नागरिकता फेला परेको थियो जसमा उनको नागरिकतामा दुईथरी जन्ममिति भेटिएको थियो। उनले सुरुमा जिल्ला प्रशासन कार्यालय रुपन्देहीबाट लिएको नागरिकता र जाजरकोटबाट निकालेको प्रतिलिपिमा जन्ममिति फरक रहेको पाइएको थियो।[११] उनले रुपन्देहीबाट ९ असोज २०४० मा नागरिकता प्राप्त गरेका थिए जसमा उनको जन्म मिति २०२३ असोज ९ भएको उल्लेख थियो। तथापि, वि.सं २०५८ मा, जाजरकोट जिल्लाबाट लिएको नागरिकताको प्रतिलिपीमा उनको जन्म मिति २०२३ साउन २९ रहेको देखिएको थियो।[१२] सिग्देलको जन्ममितिमा पनि विवाद आएपछि जङ्गी अड्डाले आन्तरिक छानबिन गरेको थियो र कुनैपनि कैफियत नरहेको बताएको थियो।[१३]
सन्दर्भ सामग्रीरहरू
[सम्पादन गर्नुहोस्]- ↑ "सेनाका उपरथी अशोक सिग्देल रथीमा बढुवा", अनलाइन खबर (नेपालीमा), २०८० मङ्सिर २८, अन्तिम पहुँच २६ भदौ २०८२।
- ↑ "आजबाट प्रधानसेनापति शर्मा अनिवार्य बिदामा, विवादित सिग्देल कायममुकायम!" (नेपालीमा), सौराह अनलाइन, अन्तिम पहुँच २६ भदौ २०८२।
- ↑ "सेनापति सिग्देलद्वारा जेनजीको आन्दोलन स्थगत गरी वार्ताका लागि आह्वान" (नेपालीमा), काठमाडौँ पाटी, अन्तिम पहुँच २६ भदौ २०८२।
- ↑ "प्रधानसेनापति अशोकराज सिग्देलद्वारा देशवासीका नाममा सम्बोधन" (नेपालीमा), टक्सार न्युज, अन्तिम पहुँच २६ भदौ २०८२।
- ↑ "को हुन् प्रधान सेनापति बनेका अशोकराज सिग्देल ?" (नेपालीमा), परिवेश मिडिया, २०८१ भदौ २४, अन्तिम पहुँच २६ भदौ २०८२।
- ↑ "अशोकराज सिग्देल प्रधान सेनापति नियुक्त" (नेपालीमा), नेपाल प्रेस, अन्तिम पहुँच २६ भदौ २०८२।
- ↑ "रथीमा बढुवा भएका सिग्देललाई दर्ज्यानी चिह्न प्रदान" (नेपालीमा), नेपाल भ्यु, अन्तिम पहुँच २६ भदौ २०८२।
- ↑ "महारथी श्री अशोकराज सिग्देल प्रधान सेनापति, नेपाली सेना संक्षिप्त जीवनी" (नेपालीमा), नेपाली सेना, अन्तिम पहुँच २६ भदौ २०८२।
- ↑ गौरव पोखरेल (२०८० कात्तिक २४), "उपरथी ताराध्वज पाण्डेले दिए राजीनामा" (नेपालीमा), अनलाइन खबर, अन्तिम पहुँच २६ भदौ २०८२।
- ↑ टपेन्द्र कार्की (४ मङ्सिर २०८०), "सेनामा नयाँ चलखेल: सिग्देल विरुद्ध अख्तियारमा उजुरी" (नेपालीमा), नागरिक दैनिक, अन्तिम पहुँच २६ भदौ २०८२।
- ↑ "सैनिक रथी अशोक सिग्देलको नागरिकतामा दुईथरी जन्ममिति" (नेपालीमा), रातोपाटी, अन्तिम पहुँच २६ भदौ २०८२।
- ↑ "नेपाली सेनाका रथी अशोक सिग्देलको जन्ममिति विवादमा, डेढ वर्ष उमेर घटाएकोसहित २ वटा नागरिकता" (नेपालीमा), कानुन खबर, १० असार २०८१, अन्तिम पहुँच २६ भदौ २०८२।
- ↑ "सेनाको प्रष्टोत्ति- रथी अशोक सिग्देलको उमेर सम्बन्धमा आशंका गर्ने ठाउँ छैन" (नेपालीमा), नेपाल भ्यु, ४ मङ्सिर २०८०, अन्तिम पहुँच २६ भदौ २०८२।