सामग्रीमा जानुहोस्

अशोकसुन्दरी

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
अशोकसुन्दरी
अशोकसुन्दरीको डिजिटल चित्रण
अन्य नामहरूबाला त्रिपुरसुन्दरी, ओखा, लावण्या, अन्वी, विरजा[१]
देवनागरीअशोकसुन्दरी
आबद्धदेवी
वासस्थानकैलाश पर्वत
बारसोमबार[२]
धर्मग्रन्थहरूपद्म पुराण
वंशावली
अभिभावकहरू
भाइबहिनीहरूगणेश (दाजु), कार्तिकेय (दाजु)
रानीनहुष
सन्तानहरूययाति र सय छोरीहरू

अशोकसुन्दरी एक हिन्दु देवी हुन्। उनी भगवान शिव र पार्वतीकी छोरी तथा नहुषकी पत्नी हुन्। पद्म पुराण बाहेक अन्य प्रमुख हिन्दु धर्मग्रन्थहरूमा उनको उल्लेख खासै पाइँदैन।

'अशोक' को शाब्दिक अर्थ 'शोक' वा दुःख नभएको, र 'सुन्दरी' को अर्थ अत्यन्तै राम्री युवती भन्ने हुन्छ। माता पार्वतीले आफ्नो एक्लोपन र शोक मेटाउन उनलाई पुत्रीका रूपमा प्राप्त गरेकाले उनको नाम 'अशोकसुन्दरी' राखिएको हो।

पौराणिक कथा

[सम्पादन]

अशोकसुन्दरीको जन्मको विवरण पद्म पुराण मा लिपिबद्ध गरिएको छ। नहुषको कथाको एक संस्करण अनुसार, एकपटक पार्वतीले शिवलाई संसारको सबैभन्दा सुन्दर बगैँचामा लैजान अनुरोध गर्छिन्। उनको इच्छा अनुसार शिवले उनलाई नन्दनवन लैजान्छन् जहाँ पार्वतीले कुनै पनि इच्छा पूरा गर्न सक्ने कल्पवृक्ष नामक रूख देख्छिन्। पार्वतीका पुत्र कार्तिकेय हुर्किसकेपछि कैलाश छोडेर गएकाले एक आमाको रूपमा उनलाई अत्यधिक पीडा र एक्लोपन महसुस हुन थाल्छ। आफ्नो एक्लोपन अन्त्य गर्न उनले त्यस इच्छापूर्ती गर्ने रूखसँग एक छोरी माग्छिन्। उनको इच्छा पूरा हुन्छ र अशोकसुन्दरीको जन्म हुन्छ। पार्वतीले अशोकसुन्दरीको विवाह चन्द्रवंशका नहुषसँग हुनेछ, जो स्वर्गका राजा इन्द्र समान हुनेछन् भनेर भविष्यवाणी गर्छिन्। [३]

एकपटक, अशोकसुन्दरी आफ्ना सुसारेहरूसँग नन्दनवनमा घुमिरहेको बेला हुण्ड नामको एक राक्षसले उनलाई देख्छ र उनको प्रेममा पर्छ। तर, देवीले राक्षसको प्रस्तावलाई अस्वीकार गर्छिन् र नहुषसँग विवाह गर्ने आफ्नो नियतिबारे उसलाई जानकारी दिन्छिन्। हुण्डले आफूलाई एक विधवाको रूपमा भेष बदल्छ (जसको पति ऊ आफैँद्वारा मारिएको थियो) र अशोकसुन्दरीलाई आफ्नो आश्रममा साथ दिन अनुरोध गर्छ। देवी भेष बदलेको राक्षससँगै जान्छिन् र उसको दरबारमा पुग्छिन्। त्यहाँ पुगेपछि उनले उसको छल थाहा पाउँछन् र उसलाई नहुषद्वारा मारिने श्राप दिँदै आफ्ना आमाबुबाको निवास कैलाश पर्वत तर्फ भाग्छिन्।[३]

हुण्डले शिशु नहुषलाई उसको दरबारबाट अपहरण गर्छ, तर हुण्डकी एक सुसारेले उनलाई बचाउँछिन् र ऋषि वशिष्ठको रेखदेखमा सुम्पिन्छिन्। केही वर्षपछि, नहुष हुर्कन्छन् र हुण्डलाई मार्ने आफ्नो नियतिबारे थाहा पाउँछन्। हुण्डले अशोकसुन्दरीलाई अपहरण गर्छ र उनलाई नहुष मारिएको झूटो जानकारी दिन्छ। एक किन्नर दम्पतीले देवीलाई नहुष सुरक्षित रहेको जानकारी दिँदै सान्त्वना दिन्छन् र उनले ययाति नामक शक्तिशाली छोरा र सय जना सुन्दरी छोरीहरूलाई जन्म दिने भविष्यवाणि गर्छन्। नहुषले हुण्डसँग युद्ध गरे र भीषण लडाइँपछि उसलाई पराजित गरी अशोकसुन्दरीलाई मुक्त गरे, जससँग पछि उनले विवाह पनि गर्छन्। समयको अन्तरालमा, इन्द्रको अनुपस्थितिमा नहुषलाई अस्थायी रूपमा स्वर्गको शासक बनाइएको थियो।[४][३][५]

सन्दर्भ सामग्रीहरू

[सम्पादन]
  1. ↑ Rupenaguntla, Satya Narayana Sarma (२०१८-०५-२९), Hidden meanings of Lalita Sahasranama (अङ्ग्रेजीमा), Panchawati Spiritual Foundation, पृ: 60।
  2. ↑ "भगवान शिव और पार्वती की पुत्री अशोक सुंदरी की पूजा सोमवार को क्यों की जाती है, जानें पद्मपुराण में लिखी इनके जन्म की अद्भुत कहानी", Navbharat Times, अन्तिम पहुँच ११ सेप्टेम्बर २०२४।
  3. 1 2 3 Mani 1975.
  4. ↑ Gaṅgā Rām Garg (१९९२), Encyclopaedia of the Hindu World Vol. 3, Concept Publishing Company, पृ: ७१२, आइएसबिएन 978-81-7022-376-4।
  5. ↑ George M. Williams (२७ मार्च २००८), Handbook of Hindu Mythology, Oxford University Press, पृ: 217–8, 230, आइएसबिएन 978-0-19-5332-61-2।