अष्टभैरव

अष्टभैरव (अर्थ; आठ भैरवहरू) हिन्दु देवता भैरवका आठ स्वरूपहरू हुन्[१] जसलाई शिवका एक उग्र रूप मानिन्छ। उनीहरूलाई आठ मुख्य दिशाको रक्षा र नियन्त्रण गर्ने रक्षकको रूपमा लिइन्छ। प्रत्येक अष्ट भैरवले अन्य आठ अधीनस्थ भैरवहरूको अध्यक्षता गर्ने मानिन्छ जसले गर्दा कुल ६४ भैरवहरू हुन्छन्।[२] अष्ट भैरवहरूलाई कालभैरवका अधीनस्थ मानिन्छ जसलाई ब्रह्माण्डमा समयको सर्वोच्च शासक र भैरवको मुख्य स्वरूप मानिन्छ।
शिव पुराण र अन्य पौराणिक ग्रन्थहरूका अनुसार, अष्ट भैरवको उत्पत्ति भगवान शिवको क्रोधबाट भएको हो। जब ब्रह्मा र विष्णु बीच को श्रेष्ठ भन्ने विवाद हुन्छ तब ब्रह्माको अहङ्कारलाई शान्त पार्न शिवले काल भैरवको सृष्टि गर्छन्। कालभैरवले आफ्नो हातको नङले ब्रह्माको निन्दा गर्ने पाँचौँ टाउको काटिदिन्छ।[३] ब्रह्महत्याको पाप मोचनका लागि कालभैरव विभिन्न तीर्थस्थलहरूमा भ्रमण गर्छन् र अन्त्यमा वाराणसी (काशी) पुगेर पाप मुक्त हुन्छन्। नकारात्मक शक्तिहरूबाट सृष्टिको रक्षा गर्न सक्ने हिसाबले प्रत्येक भैरवलाई एक-एक दिशाको अधिपति बनाइन्छ।[४]
कालभैरवबाट नै आठ दिशाको रक्षाका लागि आठ स्वरूपहरू अर्थात् अष्ट भैरव प्रकट भएका हुन्। तान्त्रिक परम्परामा यी आठ भैरवहरूलाई ब्रह्माण्डको संरक्षक र अष्टमातृका (आठ शक्तिहरू) का पूरक मानिन्छ। देवी माहात्म्यमा मातृकाहरूको उत्पत्तिको कथा र उनीहरूको भैरवसँगको सहकार्यका बारेमा उल्लेख छ।[५]
विवरण
[सम्पादन गर्नुहोस्]'भैरव' शब्दले 'भयानक' वा 'भय उत्पन्न गर्ने' अर्थ दिएतापनि, दार्शनिक रूपमा यसको अर्थ "भयलाई भगाउने" (भय-हर) भन्ने हुन्छ। अष्टभैरवका मूर्तिहरूमा हातमा कपाल (खप्पर) र साथमा कुकुर (वा अन्य वाहन) हुनुले संसारको नश्वरता र मृत्युपछिको स्थितिलाई सङ्केत गर्दछ। संहार भैरवका १० हात हुनुले उनलाई पूर्ण शक्तिशाली र सृष्टिको अन्त्य गर्ने शक्तिको रूपमा चित्रण गर्छ।[६] भैरवका प्रत्येक रूपले मानिसका काम, क्रोध, लोभ जस्ता शत्रुहरूलाई संहार गर्छन् भन्ने विश्वास गरिन्छ। प्रत्येक भैरवको सम्बन्ध विशेष ग्रह र नक्षत्रसँग हुन्छ। त्यसैले, ज्योतिष शास्त्रमा प्रतिकूल ग्रह दशाको शान्तिका लागि सम्बन्धित भैरवको उपासना गर्ने विधान छ।[७] तल भैरवको सूची दिइएको छ जसमा त्यससँग सम्बन्धि मातृका, मन्दिर र नक्षत्रलाई पनि जोडिएको छ।
सामूहिक उपस्थिति
[सम्पादन गर्नुहोस्]अष्ट भैरवका आठवटै स्वरूपहरू निम्नलिखित मन्दिरहरूमा विशेष रूपमा स्थापित छन्:
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ Payne, Richard K.; Witzel, Michael (२०१५-१०-२२), Homa Variations: The Study of Ritual Change across the Longue Durée (अङ्ग्रेजीमा), Oxford University Press, पृ: 330, आइएसबिएन 978-0-19-935159-6।
- ↑ Saravanan, V. Hari (२०१४-०१-०१), Gods, Heroes and their Story Tellers: Intangible cultural heritage of South India (अङ्ग्रेजीमा), Notion Press, आइएसबिएन 978-93-84391-49-2।
- ↑ Acharya, Ram Sharma (२००२), Shiva Purana (अङ्ग्रेजीमा), Motilal Banarsidass।
- ↑ "The Eight Manifestations of Bhairava", Shaivam.org, अन्तिम पहुँच २०२४।
- ↑ Pargiter, F. E. (१९६९), The Markandeya Purana (अङ्ग्रेजीमा), Indological Book House।
- ↑ Gopinatha Rao, T. A. (१९१४), Elements of Hindu Iconography 2, Law Printing House, पृ: 176–180।
- ↑ Svoboda, Robert (१९८६), Aghora: At the Left Hand of God, Brotherhood of Life, पृ: 160–165, आइएसबिएन 978-0-914732-21-1।
- ↑ vdocuments.mx_the-kubjika-upanishad-egbert-forsten-56885839dd6b9, पृ: 7।
- ↑ Singh, Rana (२००९-१०-०२), Cosmic Order and Cultural Astronomy: Sacred Cities of India (अङ्ग्रेजीमा), Cambridge Scholars Publishing, पृ: 143, आइएसबिएन 978-1-4438-1607-6।
- ↑ Kanniks Kannikeswaran, "Sirkali Bhramapureeswarar -Thoniappar Temple - Shivastalam", Templenet.com, अन्तिम पहुँच २०१२-०९-०१।
- ↑ "Thiru Kandiyur", Temples of Tamilnadu, ३० अप्रिल २०१०, अन्तिम पहुँच २०१२-०९-०१।
- ↑ Gopinatha Rao, T. A. (१९१४), Elements of Hindu iconography, Cornell University Library, Madras : Law Printing House, पृ: 28।
- ↑ "Navagraha Temples", Kumbakonam-temples.blogspot.sg, अन्तिम पहुँच २०१२-०९-०१। লেখা "Tamilnadu Temples Information website" উপেক্ষা করা হয়েছে (सहायता)
- ↑ Krishnan, Shamala (२००९-०२-१०), "Ancient Temples of India: kundrakudi and Vairavan temple, Thirupathore, Madurai", Ancientindiantemple.blogspot.sg, अन्तिम पहुँच २०१२-०९-०१।
- ↑ Kanniks Kannikeswaran, "Sirkali Bhramapureeswarar -Thoniappar Temple - Shivastalam", Templenet.com।
- ↑ "Sri Kamanada Ishwarar Temple - Aragalur", Dinamalar Temples।
- ↑ "Sri Mahabhairavar Rudra Alayam", Official Website।[स्थायी मृत कडी]