सामग्रीमा जानुहोस्

अष्टभैरव

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
भैरवको मूर्ति, तमिलनाडु, १३औँ शताब्दीको सुरुतिर

अष्टभैरव (अर्थ; आठ भैरवहरू) हिन्दु देवता भैरवका आठ स्वरूपहरू हुन्[] जसलाई शिवका एक उग्र रूप मानिन्छ। उनीहरूलाई आठ मुख्य दिशाको रक्षा र नियन्त्रण गर्ने रक्षकको रूपमा लिइन्छ। प्रत्येक अष्ट भैरवले अन्य आठ अधीनस्थ भैरवहरूको अध्यक्षता गर्ने मानिन्छ जसले गर्दा कुल ६४ भैरवहरू हुन्छन्।[] अष्ट भैरवहरूलाई कालभैरवका अधीनस्थ मानिन्छ जसलाई ब्रह्माण्डमा समयको सर्वोच्च शासक र भैरवको मुख्य स्वरूप मानिन्छ।

शिव पुराण र अन्य पौराणिक ग्रन्थहरूका अनुसार, अष्ट भैरवको उत्पत्ति भगवान शिवको क्रोधबाट भएको हो। जब ब्रह्माविष्णु बीच को श्रेष्ठ भन्ने विवाद हुन्छ तब ब्रह्माको अहङ्कारलाई शान्त पार्न शिवले काल भैरवको सृष्टि गर्छन्। कालभैरवले आफ्नो हातको नङले ब्रह्माको निन्दा गर्ने पाँचौँ टाउको काटिदिन्छ।[] ब्रह्महत्याको पाप मोचनका लागि कालभैरव विभिन्न तीर्थस्थलहरूमा भ्रमण गर्छन् र अन्त्यमा वाराणसी (काशी) पुगेर पाप मुक्त हुन्छन्। नकारात्मक शक्तिहरूबाट सृष्टिको रक्षा गर्न सक्ने हिसाबले प्रत्येक भैरवलाई एक-एक दिशाको अधिपति बनाइन्छ।[]

कालभैरवबाट नै आठ दिशाको रक्षाका लागि आठ स्वरूपहरू अर्थात् अष्ट भैरव प्रकट भएका हुन्। तान्त्रिक परम्परामा यी आठ भैरवहरूलाई ब्रह्माण्डको संरक्षक र अष्टमातृका (आठ शक्तिहरू) का पूरक मानिन्छ। देवी माहात्म्यमा मातृकाहरूको उत्पत्तिको कथा र उनीहरूको भैरवसँगको सहकार्यका बारेमा उल्लेख छ।[]

'भैरव' शब्दले 'भयानक' वा 'भय उत्पन्न गर्ने' अर्थ दिएतापनि, दार्शनिक रूपमा यसको अर्थ "भयलाई भगाउने" (भय-हर) भन्ने हुन्छ। अष्टभैरवका मूर्तिहरूमा हातमा कपाल (खप्पर) र साथमा कुकुर (वा अन्य वाहन) हुनुले संसारको नश्वरता र मृत्युपछिको स्थितिलाई सङ्केत गर्दछ। संहार भैरवका १० हात हुनुले उनलाई पूर्ण शक्तिशाली र सृष्टिको अन्त्य गर्ने शक्तिको रूपमा चित्रण गर्छ।[] भैरवका प्रत्येक रूपले मानिसका काम, क्रोध, लोभ जस्ता शत्रुहरूलाई संहार गर्छन् भन्ने विश्वास गरिन्छ। प्रत्येक भैरवको सम्बन्ध विशेष ग्रह र नक्षत्रसँग हुन्छ। त्यसैले, ज्योतिष शास्त्रमा प्रतिकूल ग्रह दशाको शान्तिका लागि सम्बन्धित भैरवको उपासना गर्ने विधान छ।[] तल भैरवको सूची दिइएको छ जसमा त्यससँग सम्बन्धि मातृका, मन्दिर र नक्षत्रलाई पनि जोडिएको छ।

रूप विशेषताहरू शक्ति दिशा ग्रह वाहन मन्दिर नक्षत्र देवता
असिताङ्ग[] श्वेत वर्ण; चार हात; जपमाला, कमण्डलु, तरबार र कपाल पात्र (खप्पर) ब्रह्माणी[] पूर्व बृहस्पति हाँस सत्तैनाथर मन्दिर, शिरकाली,[१०] कन्दिश्वरर मन्दिर, कन्दियुर[११] पुष्य विष्णु[१२]
रुरु हल्का नीलो वर्ण; चार हात; मृग, बञ्चरो, तरबार र पात्र माहेश्वरी आग्नेय शुक्र साँढे रत्नगिरिश्वरर मन्दिर, थिरुमरुगल कृत्तिका, उत्तराषाढा, उत्तराफाल्गुनी ब्रह्मा
चण्ड श्वेत वर्ण; चार हात; धनुष, बाण, तरबार र पात्र कौमारी दक्षिण मङ्गल मयुर वैदेश्वरन कोइल मृगशिरा, चित्रा, धनिष्ठा सूर्य
क्रोध गाढा नीलो वर्ण; चार हात; शङ्ख, चक्र, गदा र पात्र वैष्णवी नैऋत्य शनि गरुड थिरुविसनल्लुर, थिरुनारैयुर[१३] रोहिणी नक्षत्र, हस्त, श्रवण शिव
उन्मत्त स्वर्ण वर्ण; चार हात; तरबार, कपाल पात्र, मुसल र ढाल (रक्षाकवच) वाराही पश्चिम बुध घोडा थिरुवीझिमिझलाई पुनर्वसु, विशाखा, अनुराधा, पूर्वाभाद्रपदा, उत्तराभाद्रपदा इन्द्र
कपाल चम्किलो पहेँलो वर्ण; चार हात; वज्र, पाश, तरबार र पात्र इन्द्राणी वायव्य चन्द्र हात्ती थिरुविर्कुडी, पुष्पवनेश्वरर मन्दिर भरणी, पूर्वाषाढा, पूर्वाफाल्गुनी चन्द्र
भीषण रक्त रातो वर्ण; चार हात; तरबार, कपाल पात्र, त्रिशूल र मुसल चामुण्डा उत्तर केतु प्रेत रामेश्वरम, पिरानमलै आद्रा, स्वाती, शतभिषा, अश्विनी, मघा, मूल यम
संहार बिजुली जस्तै पहेँलो-सुन्तला वर्ण; दस हात; त्रिशूल, डमरु, शङ्ख, गदा, चक्र, तरबार, पात्र, खट्वाङ्ग, पाश र अङ्कुश नारसिंही ईशान राहु सिंह थिरुवेन्काडु, कोल्ली पहाड, वैरवनपट्टी,[१४] होसुर अश्लेषा, ज्येष्ठा, रेवती हिन्दु देवी देवता

सामूहिक उपस्थिति

[सम्पादन गर्नुहोस्]

अष्ट भैरवका आठवटै स्वरूपहरू निम्नलिखित मन्दिरहरूमा विशेष रूपमा स्थापित छन्:

  • काशी विश्वनाथ मन्दिर, वाराणसी (उत्तर प्रदेश)
  • सत्तैनाथर मन्दिर, सिरकाली (तमिलनाडु)[१५]
  • श्री कामनद ईश्वरर मन्दिर, अरगालुर (तमिलनाडु)[१६]
  • श्री महाभैरवर रुद्र आलयम, चेङ्गलपट्टु (तमिलनाडु)[१७]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. Payne, Richard K.; Witzel, Michael (२०१५-१०-२२), Homa Variations: The Study of Ritual Change across the Longue Durée (अङ्ग्रेजीमा), Oxford University Press, पृ: 330, आइएसबिएन 978-0-19-935159-6
  2. Saravanan, V. Hari (२०१४-०१-०१), Gods, Heroes and their Story Tellers: Intangible cultural heritage of South India (अङ्ग्रेजीमा), Notion Press, आइएसबिएन 978-93-84391-49-2
  3. Acharya, Ram Sharma (२००२), Shiva Purana (अङ्ग्रेजीमा), Motilal Banarsidass।
  4. "The Eight Manifestations of Bhairava", Shaivam.org, अन्तिम पहुँच २०२४
  5. Pargiter, F. E. (१९६९), The Markandeya Purana (अङ्ग्रेजीमा), Indological Book House।
  6. Gopinatha Rao, T. A. (१९१४), Elements of Hindu Iconography 2, Law Printing House, पृ: 176–180।
  7. Svoboda, Robert (१९८६), Aghora: At the Left Hand of God, Brotherhood of Life, पृ: 160–165, आइएसबिएन 978-0-914732-21-1
  8. vdocuments.mx_the-kubjika-upanishad-egbert-forsten-56885839dd6b9, पृ: 7।
  9. Singh, Rana (२००९-१०-०२), Cosmic Order and Cultural Astronomy: Sacred Cities of India (अङ्ग्रेजीमा), Cambridge Scholars Publishing, पृ: 143, आइएसबिएन 978-1-4438-1607-6
  10. Kanniks Kannikeswaran, "Sirkali Bhramapureeswarar -Thoniappar Temple - Shivastalam", Templenet.com, अन्तिम पहुँच २०१२-०९-०१
  11. "Thiru Kandiyur", Temples of Tamilnadu, ३० अप्रिल २०१०, अन्तिम पहुँच २०१२-०९-०१
  12. Gopinatha Rao, T. A. (१९१४), Elements of Hindu iconography, Cornell University Library, Madras : Law Printing House, पृ: 28।
  13. "Navagraha Temples", Kumbakonam-temples.blogspot.sg, अन्तिम पहुँच २०१२-०९-०१ লেখা "Tamilnadu Temples Information website" উপেক্ষা করা হয়েছে (सहायता)
  14. Krishnan, Shamala (२००९-०२-१०), "Ancient Temples of India: kundrakudi and Vairavan temple, Thirupathore, Madurai", Ancientindiantemple.blogspot.sg, अन्तिम पहुँच २०१२-०९-०१
  15. Kanniks Kannikeswaran, "Sirkali Bhramapureeswarar -Thoniappar Temple - Shivastalam", Templenet.com।
  16. "Sri Kamanada Ishwarar Temple - Aragalur", Dinamalar Temples।
  17. "Sri Mahabhairavar Rudra Alayam", Official Website।[स्थायी मृत कडी]