सामग्रीमा जानुहोस्

असमको संस्कृति

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

असमको संस्कृति परम्परागत रूपमा एक मिश्रित संस्कृति हो। जसको विकास इतिहासका विभिन्न कालखण्डमा विभिन्न राजनीतिक तथा आर्थिक प्रणाली अन्तर्गत रहने विविध जातीय-सांस्कृतिक समूहहरूको सांस्कृतिक समायोजनका कारण भएको हो।

ऐतिहासिक पृष्ठभूमी

[सम्पादन गर्नुहोस्]

असमको संस्कृति करिब पाँच हजार वर्ष पुरानो मानिन्छ। जब पहिलो मानव समूह अर्थात् अस्ट्रोएसियाटिक जाती ब्रह्मपुत्र उपत्यकामा प्रवेश गरेका थिए, त्यसपछि उनीहरू प्रागैतिहासिक कालमै ती समूहहरू त्यहाँ आएका तिब्बती बर्मी तथा इन्डोआर्यन जनजातिहरूसँग मिसिएर बसोबास गर्न थाले। अन्तिम आप्रवासनको लहर ताइ/शान जातीको थियो, जसले पछि असमिया संस्कृति र पहिचानको रूपरेखा निर्माण गर्‍यो। पछि अहोमहरूले इन्डो–आर्य समुदायहरू जस्तै असमिया ब्राह्मण, गणक र कायस्थजस्ता थप इन्डो आर्यन समुदायहरू पनि समाहित भएका थिए।[]

महाभारत र स्थानीय लोककथाहरूका आधारमा असमका प्रारम्भिक बासिन्दा किरातहरू ईसापूर्व युगमै हिमालयको काखमा रहेको एक शक्तिशाली राज्यअन्तर्गत बसोबास गर्थे भन्ने मानिन्छ। यस प्रारम्भिक चरणमै तिब्बती-बर्मी तथा अस्ट्रोएसियाटिक जातीय समूहहरू बीच व्यापक सांस्कृतिक आत्मसात् भएको देखिन्छ। नदीहरूको विशिष्ट नामकरण तथा सम्बन्धित जातीय-सांस्कृतिक समूहहरूको भौगोलिक वितरणले पनि यस मतलाई समर्थन गरेको देखिन्छ। त्यसपछिका कालखण्डमा इन्डो–आर्यनहरूको पश्चिमतर्फको बसाइँसराइ, जसमध्ये प्राचीन मगध जस्ता राज्यहरूमा विकसित सांस्कृतिक मिश्रण पनि पर्दथ्यो, जस्ले स्थानीय आदिवासी संस्कृतिलाई थप समृद्ध बनायो। बलियो राजनीतिक–आर्थिक संरचना विकसित भएका अवधिमा संस्कृतीकरण र हिन्दूकरणको प्रक्रिया तीव्र हुँदै गयो र क्रमशः प्रमुख बन्न पुग्यो। यसरी विकसित असमिया संस्कृतिले विभिन्न मूल संस्कृतिका तत्वहरू समेटेको पाइन्छ। जसका ठ्याक्कै जरा पत्ता लगाउनु कठिन भएको र यो विषय अझै पनि अध्ययन तथा अनुसन्धानको क्षेत्र बनेको छ। असमका भाषा, परम्परागत शिल्प, प्रदर्शन-कलाहरू, उत्सव तथा विश्वास जस्ता सांस्कृतिक पक्षहरूमा आदिवासी स्थानीय तत्वहरू वा तिनका संस्कृतीकृत रूपहरू निरन्तर उपस्थित देखिन्छन्।

असमिया संस्कृतिको आधुनिक स्वरूप लगभग ७५० वर्षको अवधिमा विकसित भएको मानिन्छ। पहिलो सहस्राब्दी इस्वीमा कामरूप राज्य बोडो-कछारी समुदाय र आर्यन समूहहरूको सांस्कृतिक मिश्रणबाट स्थापित भएको भए पनि, असमलाई एकीकृत राजनीतिक वा सांस्कृतिक इकाइका रूपमा हेर्ने धारणा त्यतिबेला स्पष्ट रूपमा विकसित भइसकेको थिएन भन्ने विषयमा बहस रहन्छ। कामरूप राज्यको प्रारम्भिक ३०० वर्ष वर्मन वंश पश्चात् २५० वर्ष म्लेच्छ वंश र त्यसपछि २०० वर्ष पाल वंशको शासन अन्तर्गत बित्यो। भाषा र परम्परागत शिल्प (जस्तै रेशम, फिता, सुन, काँस्य आदि) का प्रारम्भिक अभिलेखहरू विभिन्न स्रोतहरूमा पाइन्छन्।

सन् १२२८ मा ताई-शानहरू सुकाफाको नेतृत्वमा असम प्रवेश गरी अहोम राज्य स्थापना गरेपछि अर्को करिब ६०० वर्षको सांस्कृतिक आत्मसात् प्रक्रियाले असमिया संस्कृतिलाई नयाँ आयाम दिएको थियो। मूल ताई-शानहरूले स्थानीय संस्कृतिसँग एकरूप हुँदै असमिया भाषा अपनाए र आफ्नै सांस्कृतिक तत्वहरूले पनि स्थानीय संस्कृतिलाई प्रभावित पारे। त्यसैगरी पूर्वी असमको चुटिया राज्य, पश्चिमी असमको कोच राज्य तथा दक्षिणी असमका मध्ययुगीन कछारी र जैन्तिया राज्यहरूले पनि विभिन्न स्तर र प्रकारका सांस्कृतिक मिश्रणमार्फत असमिया संस्कृतिको विकासमा महत्त्वपूर्ण भूमिका खेलेको देखिन्छ।

चित्र दीर्घा

[सम्पादन गर्नुहोस्]

यो पनि हेर्नुहोस्

[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]