अस्ट्रेलियाको संविधान सभा

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search




अस्ट्रेलियन सम्मेलनको सन् १८८७को २३ मार्चमा स्डेलाईडमा पहिलो बैठक बस्यो। यसको उद्देश्य नयाँ संविधान बनाउनु थियो। यसले कमन वेल्थ एक्टको मस्यौदा गर्‍यो। प्रत्येक राज्य सानो अथवा ठूलो भए पनि १० जनाको प्रतिनिधित्व थियो। त्यो सम्मेलनमा ५ राज्यको सहभागिता थियो। जनसङ्ख्याको दृष्टिकोणले २ वटा राज्य ठूला र ३ वटा राज्य साना थिए। साना राज्यको प्रतिनिधित्व बहुमतमा रहेको थियो। दोस्रो सम्मेलन सन् १८९७मा सिड्नीमा भएको थियो। कमन वेल्थ एक्टको मस्यौदालाई सबैजसो राज्यका संसद्मा पेस गरिएको थियो। अन्तिम अधिवेशन सन् १८९८ मार्च १७मा मेलबर्नमा भएको थियो। सबै राज्यलाई उक्त विधेयकमाथि पर्याप्त रूपमा आलोचना गर्न अनुरोध गरियो। सबै प्रतिनिधिले हस्ताक्षर गरेपछि सर जोसेफ एब्बोट किङस्टोनलाई प्रधानमन्त्रीमा तिनै प्रतिनिधिले निर्वाचित गरे। [१]

स्रोत[सम्पादन गर्ने]

  1. कस्ता थिए अन्य देशका संविधानसभा ?, नयाँ पत्रिका, २७/०५/२०११।