अोकरा जिल्ला

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
अोकरा जिल्ला
ضِلع اوكاڑا
—  जिल्ला  —
पाकिस्तान पञ्जाब प्रदेशमा अोकराको अवस्थिति
देश Flag of Pakistan.svg पाकिस्तान
प्रदेश Punjab (Pakistan) पञ्जाब
स्थापना
सदरमुकाम अोकरा
सरकार
 - प्रमुख अायुक्त साइमा अहद
क्षेत्रफल
 - जम्मा ४,३७७ किमी (१,६९० वर्ग मी)
जनसङ्ख्या (२०१७)[१]
 - जम्मा ३,०३९,१३९
 जनघनत्व ६९४.३/किमी (१,७९८.३/वर्ग मी)
समय क्षेत्र पाकिस्तानी समय (युटिसी+५)
तहसील अोकरा
दिपलपुर
जिल्ला सरकार
सङ्घीय परिसरको सङ्ख्या १०

अोकरा जिल्ला (पञ्जाबीउर्दू: ضِلع اوكاڑا) पाकिस्तानको पञ्जाब प्रदेशमा पर्ने एक जिल्ला हो । यो जिल्ला पहिला शाहिवाल जिल्लाको एक भाग थियो भने सन् १९८२ मा यो शाहिवाल जिल्लाबाट छुट्टियको हो । मुल्तान सडकले यस जिल्लालाई जिल्ला राजधानी अोकरा सङ्ग जोड्छ भने जहाँबाट लाहोर ११० किलोमिटरको दुरीमा रहेको छ र रवी नदी पछि फैसलाबाद १०० किलोमिटरको दुरीमा पर्छ ।

इतिहास[सम्पादन गर्ने]

ब्रटिस्ट शासनकालमा यस जिल्ला अोकानको एक घना जङ्गल रहेको थियो र पछि त्यो जङ्गललाई फडानी गरेर यस जिल्लालाई मानवका लागि बसोबास युक्त बनाइएको थियो र त्यहि जङ्गलबाट यस जिल्लाको नाम अोकरा रहन गएको थियो । पाकिस्तानको स्वतन्त्रतामा यहाँ रहेका इस्लामीहरूले इस्लाम लिगलाई सहयोग गरेका थिए ।[२] सन् १९४७ मा पाकिस्तानको स्वतन्त्रता पछि इस्लामी सरणार्थीहरू अोकरा जिल्लामा अाएर बसोबास गरेका थिए । १९८२ मा अोकरा शहरलाई अोकरा जिल्लाको सदरमुकाम बनाइएको थियो । यस जिल्लामा सन् १८९२ देखिनै रेलमार्गहरू रहेका थियो ।[३]

भूगोल[सम्पादन गर्ने]

अोकरा जिल्ला पाकिस्तानको पञ्जाब प्रदेशमा अवस्थित छ जसलाई चारै तिर्फबाट जिल्लाहरूले धेरेका छन् । अोकरा जिल्लालाई दक्षिण तर्फबाट बहावलनगर धेरेको छ र उत्तर-पश्चिम तर्फबाट पाकपत्तन जिल्ला , पश्चिममा शिहावाल र उत्तरमा फैसलाबाद जिल्ला र ननाकन साहिब जिल्लले धेरेको छ । यस शहरको भारतका अन्य जिल्लाहरूसँग पनि सिमाना जोडिएको छ ।

जनशाङ्खिकि[सम्पादन गर्ने]

सन् २०१७ को राष्ट्रिय जनगणना अनुसार यस जिल्ला जनसङ्ख्या ३०,३९१,३९ रहेको छ । यस शहरमा प्राचीन काल देखिनै विभिन्न जनजातिहरू बसोबास गर्द अाएका छन् जसमध्य लगभग सबै जनजातिहरूले प्रमुख भाषा पञ्जाबी हो भने अधिकाम्स मानिसहरू इस्लाम धर्मका छन् । यस जिल्लामा मुख्यतया अोटस, रबारा, सैख, खुज्दार, सिख, चौधरी अादी रहेका छन् । सबै प्रकारका जनजातिहरू यस जिल्ला बसोबनस गरेता पनि तिनीहरूको जनसङ्ख्या तुलनात्मक हिसाबमा अरु जिल्लाको भन्दा कम छ । यस जिल्लाका अहिलेपनि मुगल परिवनाहरू रहेका छन् जो सन् १९४७ मा भारतबाट बसाइँसराइ गरेर खाएका हुन् । मुगल परिवारहरू मुख्यतया उद्योग कलकरखानामा व्यवसाय गर्छन् ।

कृषि[सम्पादन गर्ने]

ओकरा जिल्ला यहाँको उपजाऊ भूमिको शान्त प्राकृतिक वातावरण र विभिन्न किसिमका तरकारी र खेती जस्तै-अालु, टमाटर, उखु, गँहु, धान र मकैको लागि प्रसिद्ध छ । यस जिल्लामा फलफूल जस्तै-अाँप, सुन्तला, केरा अादी पनि प्रचुर मात्रामा उत्पादन हुन्छ । यस जिल्लामा कागती, अम्बन र अङ्गुर पनि पाइन्छ भने यहाँ विभिन्न किसिमका फलफूल र तरकारीका उद्योगहरू पनि छन् जसले बजारमा सामान पठाँउछ ।

सन्दर्भ सामग्री[सम्पादन गर्ने]

  1. "सन् २०१७ को जिल्ला अनुसारको जनगणना", पिबिएस सेन्सस डट जिअोभी डट पिके, मूलबाट २९ अगस्ट २०१७-मा सङ्ग्रहित। 
  2. डन पत्रका
  3. पञ्जाब सरकार

बाह्य लिङ्कहरू[सम्पादन गर्ने]

अोपन स्ट्रीट म्यापमा अोकरा जिल्लाको नक्शा