सामग्रीमा जानुहोस्

आँखा फोरुवा

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

आँखा फोरुवा
सामयिक शृङ्खला: Kimmeridgian–Recent[][]
वैज्ञानिक वर्गीकरण e
Unrecognized taxon (fix): आँखा फोरुवा
परिवार

See text

पर्याय
  • मान्टोडिया बुर्माइस्टर, सन् १८२९
  • मेन्टेरिया
  • मेन्टोपेट्रा


आँखा फोरुवा वा बोलिचालिको भाषामा नमस्ते कीरा फटयाङ्ग्रो जस्तो देखिने कीराहरूको एउटा गण (मान्टोडिया) हो जसमा ३३ परिवारका करिब ४६० प्रजातिका २,४०० भन्दा बढी उपप्रजातिहरू पर्दछन्। यसको सबैभन्दा ठूलो परिवार मान्टिडे हो। मान्टिसहरू विश्वभर समशीतोष्ण र उष्णकटिबन्धीय आवासहरूमा पाइन्छन्। यिनीहरूको लचिलो गर्दनमा अडिएको ठूला आँखा सहितको त्रिकोणात्मक टाउको हुन्छ। यिनीहरूको लामो शरीरमा पखेटा हुन पनि सक्छ वा नहुन पनि सक्छ, तर सबै मान्टोडियाहरूको अगाडिका खुट्टाहरू शिकार समात्न र पक्रनका लागि ठूला र अनुकूलित हुन्छन्। यिनीहरूको सीधा बस्ने शैली र अगाडिका खुट्टाहरू प्रार्थना गरेको जस्तै गरी खुम्च्याएर स्थिर बस्ने हुनाले यिनीहरूलाई सामान्यतया नमस्ते कीरा पनि भनिन्छ।

आँखा फोरुवाका सबैभन्दा नजिकका नातेदारहरू धमिरा र साङ्लाहरू हुन् जुन सबै सुपरअर्डर डिक्टियोप्टेरा भित्र पर्दछन्। आँखा फोरुवाहरूलाई कहिलेकाहीँ लौरी किरा, फट्याङ्ग्रा वा टाढाको सम्बन्ध भएका अन्य शिकारी खुट्टा भएका किराहरूसँग झुक्किएर एउटै मानिन्छ। आँखा फोरुवाहरू प्रायः लुकेर शिकार गर्ने प्राणी भएतापनि जमिनमा अन्य केही प्रजातिहरूले भने शिकारलाई लखेटेर समात्ने गर्दछन्। यिनीहरू सामान्यतया एक वर्षसम्म बाँच्न सक्छन्। चिसो हावापानीमा, वयस्कहरूले शरद ऋतुमा अण्डा पार्छन् र त्यसपछि मर्छन्। अण्डाहरू तिनीहरूको कडा आवरण भित्र सुरक्षित रहन्छन् र वसन्त ऋतुमा बाहिर निस्किन्छन्। पोथी कीराले कहिलेकाहीँ संसर्गपछि भालेलाई खाने गर्दछन् जसकारण यसलाई यौनिक नरभक्षी पनि भनिन्छ।

प्राचीन युनान, प्राचीन मिस्र र असिरिया लगायतका प्रारम्भिक सभ्यताहरूले आँखा फोरुवामा अलौकिक शक्ति भएको मान्दथे। यिनीहरू घरपालुवा जनावरको रूपमा राखिने सबैभन्दा सामान्य कीराहरूमध्ये पर्दछन्।

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. Vršanský, Peter (२०२४), "Late Mesozoic cockroaches s.l. from the Karabastau Formation in Kazakhstan", AMBA Projekty 14 (1): 1–700।
  2. BéThoux, Olivier; Wieland, Frank (मे २००९), "Evidence for Carboniferous origin of the order Mantodea (Insecta: Dictyoptera) gained from forewing morphology", Zoological Journal of the Linnean Society 156 (1): 79–113, डिओआई:10.1111/j.1096-3642.2008.00485.x

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]

मेन्टिस स्टडी ग्रुप – आँखा फोरुवा, फाइलोजेनेटिक्स र उद्विकास सम्बन्धि जानकारी।

आँखा फोरुवा प्रजातिको फाइल