आँपको जाम
![]() | यो लेख वा लेखको भागले विकिपिडियाको लेखन शैली मापदण्ड पार गर्दैन र यस पृष्ठलाई विकीकरण गर्न आवश्यक छ। लेख राम्रो पार्न, कृपया विशेष गरी यसको सामग्री, शैली, सान्दर्भिकता, वाह्य सूत्र सुधार गर्न सहयोग गर्नुहोला । (सहयोग) यो लेख जुन २०११ मिति देखि यो अवस्थामा रहेको छ। |
जाम बनाउने विधि[सम्पादन गर्ने]
छनौट[सम्पादन गर्ने]
फल राम्रोसँग पाकेको तर नगलेको, रङ आकर्षक, पेक्रिन पूरा भएको हुनु पर्दछ। जाम जमाउने मुख्य तत्त्व पेक्रिन हो। काँचो, सडेगलेको, चोट पटक लागेको फल छान्नु हुँदैन। छानेर तयारी फललाई १-२ प्रतिशत सोडियम हाइडाक्साइडले छोएर सफा गर्ने र गुदी निकाल्ने अलिकति पानी राखेर पकाउने। एक किलो गुलियो आँपको गुदीमा ८०० ग्राम चिनी राख्ने तर फलको अमिलोपना हेरेर बराबर चिनी वा सवा किलोसम्म राख्न सकिन्छ।
परिरक्षी राख्ने[सम्पादन गर्ने]
एक किलो ग्राम गुदीमा सोडियम वा पोटासियम मेटावाई सल्फाइड १.५-२ ग्रामसम्म राख्ने गरिन्छ तर अति सफा गरी बनाएमा परिरक्षाको आवश्यकता पर्दैन र स्वस्थकर हुन्छ।
अमिलो मिसाउने[सम्पादन गर्ने]
चिनी, अमिलो र पेक्रिनको सन्तुलन ठीक भए मात्र जाम राम्रो बन्दछ। अमिलो कम भएका फलमा साइटिक, टार्टारिक वा मोलिक एसिडमध्ये कुनै एक प्रतिकिलो गुदीमा १.५-५ ग्रामसम्म राख्ने चलन छ। तर शुद्ध र हाइजेनिक बनाउन गुदी १० मिनेट पाकेपछि झिकेर मझौला एक दाना कागतीको रस राख्नु पर्दछ।
पकाउने[सम्पादन गर्ने]
उगाल नआउने भाँडोमा पकाउने र बराबर चलाई रहने। घुलनशील ठोस पदार्थ ६८.५Ü भएपछि जाम तयार भएको विन्दु मानिन्छ। वा तयारीपन जाँच्न एक ग्लास चिसो पानीमा एक थोपा जाम राख्ने। त्यो जाम ग्लासको पिँधमा जमेर बस्यो भने तयार भयो र पानीमा छरियो भने अझै केही वेर पकाउनु पर्छ।
बास्ना र रङ राख्ने[सम्पादन गर्ने]
पाकेको जाम चुलोबाट झिकेर खान हुने भनी कानुनले तोकेको रङ शुद्ध पानीमा घोलेर मिसाउने चलन छ। त्यसपछि वास्ना राख्ने चलन छ तर स्वस्थकर बनाउन रङ वा बास्ना केही राख्नु पर्दन। यसलाई सिलवन्दी गरी सुख्खा ठाउँमा राख्नु पर्दछ।