आइतबारे

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search

आइतबारे इलाम जिल्लाको मध्यपूर्वमा पर्ने एक पुरानो बजार हो। यो बजारमा हरेक आइतबार हाट लाग्ने गर्दथ्यो। यो हाल पञ्चकन्या गाविसमा पर्दछ। इलाम जिल्लाको प्राचीन सदरमुकाम करफोक यो बजारको नजीकै पर्दछ। आइतबारे बजार माथि अवस्थित पूर्णे डाँडामा प्राचीन समयदेखि नै बर्षको २ पटक इलाम जिल्लाको ऐतिहासिक पूर्णेमेला लाग्दछ। मंसीर पूर्णिमा र बैशाख पूर्णिमामा लाग्ने यो मेलाभर्न टाढा टाढा देखि मानिसहरू आउने गर्दछन्।

चित्र:Aitabare.jpg

आइतबारे बजारमा मेची अञ्चल आयुर्वेदिक अस्पताल पनि रहेको छ।

मेची राजमार्गले आइतबारे बजार छोडेर तलबाट गएपछि हाल आइतबारे बजार मृतप्राय भएको छ। यहाँको व्यापारिक महत्त्व तीनघरेमा सरेको छ।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]