आइसिसी वर्ल्ड ट्वान्टी२०

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
आइसिसी वर्ल्ड ट्वान्टी-ट्वान्टी
प्रशासकआइसिसी
ढाँचाटि-ट्वान्टी
पहिलो प्रतियोगिता२००७
प्रतियोगिताको ढाँचाराउन्ड रोबिन,सुपर ८ तथा सेमी-फाइनल तथा फाइनलबाट नतिजा
टिम सङ्ख्या१६
वर्तमान विजेता वेस्ट इन्डिज (२ औंं उपाधि)
सबैभन्दा सफल (२ औंं उपाधि)
सर्बाधिक रनश्रीलङ्का माहेला जयवर्दने (१०१६) [१]
सर्बाधिक विकेटपाकिस्तान शाहिद आफ्रिदी (३९) [२]
२०१६ आइसिसी वर्ल्ड ट्वान्टी-ट्वान्टी

आइसिसी वर्ल्ड ट्वान्टी-ट्वान्टीलाई आइसिसी वर्ल्ड टि -ट्वान्टी तथा आइसिसी टि-ट्वान्टी वर्ल्डकपको नामले पनि चिनिन्छ । यो पूर्णत आइसिसीको टुर्नामेन्ट हो जसमा १२ वटा टिमले भाग लिने गरेका छन् । यस टुर्नामेन्टमा १० वटा टिम पूर्ण आइसिसी सदस्यता प्राप्त रहन्छन् भने २ वटा टिम असोसिएट राष्ट्रहरु आइसीसी छनौटबाट सहभागी हुन्छन । सामान्यतया यो टुर्नामेन्ट प्रत्येक २ बर्षमा संचालन हुने गरेको छ । सन् २०१४ को आइसिसी वर्ल्ड टि -ट्वान्टीमा भने जम्मा १४ वटा राष्ट्र सम्मलित हुनेछन जसमा नेपालको पनि सहभागिता रहेको छ ।

यो टुर्नामेन्टको सुरुवात सन् २००७मा दक्षिण अफ्रिकामा भएको थियो जसमा भारतले फाइनलमा पाकिस्तानलाई ५ रनले हराएर पहिलो आइसिसी वर्ल्ड टि -ट्वान्टी जित्न सफल भएको थियो ।

टुर्नामेन्टको स्वरूप[सम्पादन गर्ने]

एउटा समुह अन्तर्गत (समुह चरण तथा सुपर ८ दुवै चरणमा), दुवै समुहमा रहेका टिमको अंकलाई निम्न आधारले छुट्याइनेछ [३]

  1. अधिकतम अंक भएमा
  2. बराबरीको अवस्थामा , अधिकतम जित संख्या
  3. यदि अझै पनि बराबर रहेको अवस्थामा, अधिकतम नेट रन रेट
  4. यदि अझै पनि बराबर रहेको अवस्थामा, न्यूनतम बलिंग स्ट्राइक रेट
  5. यदि अझै पनि बराबर रहेको अवस्थामा, हेड टु हेड मा निर्णय

छनौट प्रक्रिया[सम्पादन गर्ने]

टेस्ट खेल्ने क्रिकेट राष्ट्र यस टुर्नामेन्टको लागि स्वत: छनौट हुन्छन भने बाँकी रहेको टिमको स्थान आइसीसीको छनौट टुर्नामेन्टबाट स्थान पक्का गर्छन । सन् २००७ आइसिसी वर्ल्ड ट्वान्टी-ट्वान्टीमा भने विश्व क्रिकेट लिग,टेस्ट नखेल्ने राष्ट्रहरु सम्मलित ५० ओभरको टुर्नामेन्ट बाट टिमलाई छानिएको थियो । दुईवटा फाइनलिस्ट टिम केन्या तथा स्कटल्याण्डलाई सन् २००७ को टुर्नामेन्टको लागि चयन गरिएको थियो । त्यसपछिका टुर्नामेन्टमा भने वर्ल्ड ट्वान्टी-ट्वान्टी छनौट प्रतियोगिताबाट टिमलाई छानिने गरेको छ । त्यसपछी अफगानिस्तान (२०१०,२०१२), आयरल्याण्ड (२००९,२०१०,२०१२), नेदरल्याण्ड (२००९) तथा स्कटल्याण्ड (२००९) मा छानिएका छन् ।

आयोजक[सम्पादन गर्ने]

यसका आयोजक आइसिसी हो ।

परिणाम[सम्पादन गर्ने]

वर्ष आयोजक राष्ट्र(हरू) फाइनल खेलिएको स्थान फाइनल
विजेता परिणाम उप विजेता
२००७
विवरण
 दक्षिण अफ्रिका वान्डररर्स स्टेडियम, जोहानेसबर्ग  भारत
१५७/५ (२० ओभर)
भारत ५ रनले विजयी
स्कोरकार्ड
 पाकिस्तान
१५२ अल आउट (१९.४ ओभर)
२००९
विवरण
 संयुक्त अधिराज्य लर्ड्स क्रिकेट ग्राउन्ड, लण्डन  पाकिस्तान
१३९/२ (१८.४ ओभर)
पाकिस्तान ८ विकेटले विजयी
स्कोरकार्ड
 श्रीलङ्का
१३८/६ (२० ओभर)
२०१०
विवरण
 वेस्ट इन्डिज केनसीङ्गटन ओभल, बार्बडोस  इङ्गल्याण्ड
१४८/३ (१७ ओभर)
इङ्ल्यान्ड ७ विकेटले विजयी
स्कोरकार्ड
 अस्ट्रेलिया
१४७/६ (२० ओभर)
२०१२
विवरण
 श्रीलङ्का आर प्रेमदासा स्टेडियम, कोलम्बो  वेस्ट इन्डिज
१३७/६ (२० ओभर)
वेस्टइन्डिज ४ विकेटले विजयी
स्कोरकार्ड
 श्रीलङ्का
१०१ अल आउट (१८.४ ओभर)
२०१४
विवरण
 बङ्गलादेश शेर-ए-बङ्गला राष्ट्रिय क्रिकेट स्टेडियम, ढाका  श्रीलङ्का
१३४/४ (१७.५ ओभर)
श्रीलङ्का ६ विकेटले विजयी
स्कोरकार्ड
 भारत
१३०/४ (२० ओभर)
२०१६
विवरण
 भारत

एडेन गार्डेन, कोलकाता

२०२०
विवरण
 अस्ट्रेलिया

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]