आईएल महासन्धि १६९ भाग ४

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search

भाग ४ व्यावसायिक तालिम, हस्तकला र ग्रामीण उद्योगहरू

धारा २१[सम्पादन गर्ने]

सम्बन्धित जनताका सदस्यहरूले व्यावसायिक तालीमका उपायहरूको सम्बन्धमा कम्तिमा अन्य नागरिकहरूले पाउने सरह समान अवसरहरू उपभोग गर्नेछन्।

धारा २२[सम्पादन गर्ने]

१ सामान्य प्रयोगका व्यावसायिक तालिम कार्यक्रमहरूमा सम्बन्धित जनताका सदस्यहरूको स्वेच्छिक सहभागिता प्रवर्द्धन गर्ने उपायहरू अपनाइने छन्।

२ सामान्य प्रयोगका व्यावसायिक तालिम कार्यक्रमहरूले सम्बन्धित जनताहरूका विशेष आवश्यकताहरूलाई पूरा नगरेको अवस्थामा सरकारहरूले यी जनताहरूको सहभागितामा विशेष तालिम कार्यक्रम र सुविधाहरूको व्यवस्था मिलाउने छन्।

३ कुनै पनि विशेष तालिम कार्यक्रम सम्बन्धित जनताहरूको आर्थिक वातावण, सामाजिक र सांस्कृतिक अवस्था तथा व्यवहारिक आवश्यकतामा आधारित हुने छन्। यस सम्बन्धमा गरिएको कुनै पनि अध्ययन यस्ता जनताहरूसँगको सहयोगमा गरिने छ र यस्ता कार्यक्रमको सङ्गठन र सञ्चालनका सम्बन्धमा यस्ता जनताहरूसँग परापर्श गरिने छ। सम्भव भएको अवस्थामा यी जनताहरूले त्यस्तो निर्णय गरेमा यस्ता विशेष तालिम कार्यक्रमको सङ्गठन र सञ्चालनको लागि प्रगतिशील रूपमा जिम्मेवारी वहन गर्नेछन्।

धारा २३[सम्पादन गर्ने]

१ हस्तकला, ग्रामीण र समुदायमा आधारित उद्योगहरू तथा सम्बन्धित जनताहरूको निर्वाहमुखी अर्थतन्त्र र शिकार खेल्ने, माछा मार्ने, पासो थाप्ने र जम्मा गर्ने जस्ता परम्परागत कृयाकलापहरूलाई निजहरूको संस्कृतिको सम्बर्द्धन तथा आर्थिक आत्मनिर्भरता विकासमा महत्वपूर्ण तत्वहरूको रूपमा मान्यता दिइने छ। सरकारहरूले उपयुक्त भएको अवस्थामा यस्ता जनताहरूको सहभागितामा त्यस्ता क्रियाकलापहरू सुदृढ गरिएको र प्रबर्द्धन गरिएको कुरा सुनिश्चित गर्ने छन्।

२ सम्बन्धित जनताको अनुरोधमा, सम्भव भएको अवस्थामा त्यस्ता जनताको परम्परागत प्रविधि र सांस्कृतिक विशेषताहरू तथा दिगो र समन्यायिक विकासलाई दृृष्टिगत गरी उपयुक्त प्राविधिक र वित्तीय सहायता उपलब्ध गराइने छ ।