सामग्रीमा जानुहोस्

आठबिसकोट नगरपालिका

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
आठबिसकोट
आठबिसकोट मा पर्दछ कर्णाली प्रदेश
आठबिसकोट
आठबिसकोट
नेपालको नक्सामा आठबिसकोट नगरपालिकाको अवस्थिति
आठबिसकोट मा पर्दछ नेपाल
आठबिसकोट
आठबिसकोट
आठबिसकोट (नेपाल)
निर्देशाङ्क: २८°४८′N ८२°२३′E / 28.80°N 82.39°E / 28.80; 82.39
देश नेपाल
प्रदेशकर्णाली प्रदेश
जिल्लापश्चिम रुकुम जिल्ला[]
स्थापना२०७३ फागुन २७
सरकार
  नगरप्रमुखरवि केसी (नेकपा (माओवादी केन्द्र))
  उपप्रमुखधनकुमारी शाही (नेकपा (माओवादी केन्द्र))
क्षेत्रफल
  जम्मा५६०.३४ किमी (२१६.३५ वर्ग माइल)
जनसङ्ख्या
  जम्मा३५,९१७
  घनत्व६४/किमी (१७०/वर्ग माइल)
समय क्षेत्रयुटिसी+०५:४५ (नेपालको प्रमाणिक समय)
क्षेत्रीय सङ्केतहरू+९७७-८८
केन्द्रसाविक आठबिसकोट गाविसको कार्यालय
वेबसाइटaathbiskotmun.gov.np

आठविसकोट नगरपालिका नेपालको कर्णाली प्रदेशको पश्चिम रुकुम जिल्लाको एक नगरपालिका हो। यस नगरपालिकाको स्थापना २०७३ सालमा भएको थियो। यस नगरपालिकालाई आथबिसकोट, आठबीस डाँडागाउँ, घेत्मा, मग्मा, गोतामकोटस्यालाखादीका पूर्व गाउँ विकास समितिहरू गाभेर स्थापना गरिएको थियो।[]

रुकुम (पश्चिम) का ६ वटा स्थानीय तहहरूमध्ये जनसङ्ख्या र क्षेत्रफल दुवै आधारमा ठूलो स्थानीय तहको रूपमा आठविसकोट नगरपालिका रहेको छ। आठबिसकोट नगरपालिकाको क्षेत्रफल ५६०.३४ वर्ग किलोमिटर रहेको छ जुन क्षेत्रफलको हिसाबले देशकै दोस्रो ठूलो हो। यो रुकुम जिल्लाको उत्तरपश्चिममा ठुलीभेरी नदीको किनारमा अवस्थित छ आठबिसकोटको ठुलाकोट मध्यकालीन बाइसे राज्य आठबिस को राजधानी थियो । बि.स.१६०० सालमा रुकुमे राजा दारे जैतम का छोरा कालु बमले दरवार बनाई राज्य स्थापना गरेका थिए । यिनै कालु बमका बाह्रौ पुस्ताका राजा रणउद्दीम शाहीका पालामा बि.स. १८४३ सालमा आठबिस राज्य नेपालमा बिलय भएको थियो भन्ने कुरा बंशावलीमा उल्लेख छ ।राजा काटिएकाले यस क्षेत्रको रेखदेख गर्न सेरो खारो खाने गरी राजाका भैयाद पर्ने हित कल्चु शाही र दण्ड उठती खान पाउने गरी धन्नु मल्ललाई नियुक्त गरियो । रुकुममा राजा काटी राजा कहलिएका श्रीदत्त शाही र राजकुमार विभूती शाहीलाई गोर्खालिले धपाएपछी विभूती शाही आफ्ना भाइसहित मुसिकोट भण्डारीकाडामा बसेका थिए । जुम्ली शोभान शाहीका दूतसङ्ग विभूति शाहीको भेट भयो । आफ्ना सगोत्रीय आठबिसे राजा रणउद्दिम शाही काटिएकाले शोभान शाहीको मद्दतले आफू आठबिसे राजाको हकदार हुने सपना विभूती शाहीले देखे । राजकुमार विभूति शाहीले आठबिस राज्य फिर्ता लिन जुम्लाका शोभान शाहीसङ्ग मिलेर वि. स. १८४६ मा बिद्रोह गरे तर सफल हुन सकेनन् र विभूती शाही जोगीको भेष धारण गरेर भागे भन्ने कुरा स्थानीयले बताउँछन् । करीब १२ वर्ष पछि आम माफी पाई आठबिस फर्की घरजम गरी बसेको कुरा स्थानीय एक बृद्ध गौतम थरका ब्राह्मनको टिपोटमा उल्लेख छ।

राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार सुनवल नगरपालिकाको कुल जनसङ्ख्या ३५,९१७ रहेको छ भने यहाँ ७,५५३ घरधुरी रहेका छन्।[]

आठबिसकोट नगरपालिकाको वडागत तथ्याङ्क
नयाँ वडासमावेश साविकका गाविसहरूजनसङ्ख्याक्षेत्रफल (वर्ग कि.मी.)जनघनत्व (व्यक्ति/वर्ग कि.मी.)
स्यालाखादी (८-९)१२६४३६.५४३४.५९
स्यालाखादी (१-२, ६-७)१७४४१००.५८१७.३४
स्यालाखादी (३–५)१८७४२६.६९७०.२१
गोतामकोट (१–३)२२२४२२.७९९७.५९
गोतामकोट (४–६)२८९२२२.२२१३०.१५
गोतामकोट (७–९)२३९४२२८.७१०.४७
आठबिसकोट (३, ५)१९१२१५.१२१२६.४६
आठबिसकोट (४,८)१७२३१४.३१२०.४९
आठबिसकोट (२,६-७)३४०४१०.४२३२६.६८
१०आठबिसकोट (१,९) र मग्मा (७, ८)३२९२२०.३५१६१.७७
११आठबिस डाँडागाउँ (१–५)४९४२१७.३९२८४.१८
१२आठबिस डाँडागाउँ (६–९)३२८९१५.८८२०७.१२
१३घेत्मा (४–७)२०५५९.७३२११.२०
१४घेत्मा (१–३, ८-९)२९०८१९.६३१४८.१४
जम्मा३५,९१७५६०.३४६४.१०

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "निर्वाचन क्षेत्र निर्धारण सम्बन्धि सूचना", नेपाल राजपत्र, वि.सं. २०७४ भदौ १५, अन्तिम पहुँच वि.सं. २०७८ माघ २५
  2. "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१
  3. 1 2 "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१
  4. "आठविसकोट नगरपालिकाको संक्षिप्त परिचय" (नेपालीमा), नगर कार्यपालिकाको कार्यालय, आठविसकोट, रुकुम पश्चिम ६ नं. प्रदेश, नेपाल, अन्तिम पहुँच १ मे २०१८ अभिलेखिकरण २७ अप्रिल २०१८ वेब्याक मेसिन