सामग्रीमा जानुहोस्

आण्डाल

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
आण्डाल
आण्डालको चित्र
व्यक्तिगत जीवन
जन्मकोटै
पूरम् नक्षत्र तामिल महिना आडि मा, ७८५ ईस्वी
अभिभावकपेरियाल्वार (पालक-पिता)
उल्लेखनीय कार्य(हरू)
धार्मिक जीवन
धर्महिन्दु धर्म
मूल्यवर्गश्रीवैष्णव सम्प्रदाय
मन्दिरश्रीविल्लिपुथुर आण्डाल मन्दिर
दर्शनश्रीवैष्णव सम्प्रदाय
Movementभक्ति
वरिष्ठ पदमा पदस्थापन
Reincarnationभूमि

आण्डाल (तमिल: ஆண்டாள்),[१] जसलाई कोटै र नाचियार पनि भनिन्छ, १२ आल्वार मध्ये एक, तमिल सन्त हुन् जसले भक्ति आन्दोलनको समयमा वैष्णव धर्म को समर्थन गरेकि थिइन्।[२] उनी एक मात्र महिला आल्वार हुन्।[३] उनलाई पृथ्वी देवी भूमिको अवतार मानिन्छ।[४] आल्वारहरू श्रीवैष्णव सम्प्रदाय परम्परासँग सम्बन्धित छन्। हिन्दु पौराणिक कथा अनुसार, उनलाई पेरियाल्वारले श्रीविल्लिपुथुर मा हुर्काएका थिए जहाँ उनी कृष्णको भक्तको रूपमा हुर्किएकी थिइन्।[५]

आठौँ शताब्दी ईस्वीमा सक्रिय,[६][७][८][note १] आण्डाललाई तमिल कृतिहरू, तिरुप्पावै र नाचियार तिरुमोलिको रचना गर्ने श्रेय दिइन्छ, जसलाई भक्तहरूले महिना मार्गाजीको समयमा पाठ गर्ने गर्छन्। आण्डाल दक्षिण भारतमा महिलाहरूको लागि एक प्रमुख व्यक्तित्व हुन् र उनले गोदा मण्डली जस्ता धेरै महिला समूहहरूलाई प्रेरित गरेकी छन्।[१०]

इतिहास

[सम्पादन]

साहित्यिक र धार्मिक परम्परा अनुसार, मूल रूपमा विष्णुचित्तन भनिने पेरियाल्वार विष्णुका भक्त थिए। सन्तान नभएका कारण, उनले विष्णुसँग सन्तानको लागि प्रार्थना गर्छन्। एक दिन, उनले श्रीविल्लिपुथुर आण्डाल मन्दिर भित्रको बगैँचामा तुलसीको बोटमुनि एउटी बालिकालाई (पछि आण्डाल भनियो) फेला पार्छन्। उनले त्यो बालिकाको नाम कोटै राख्छन्[११] जो पछि गएर विष्णुको अवतार कृष्णको भक्तको रूपमा हुर्किन्छिन्।

कोटैले मन्दिरको प्रमुख देवतालाई समर्पित गर्नुअघि माला लगाएको विश्वास गरिन्छ। यो कुरा थाहा पाएपछि, पेरियाल्वारले उनलाई गाली गर्छन्। विष्णु उनको सपनामा देखा पर्छन् र उनलाई आण्डालले लगाएको माला मात्र आफूलाई समर्पित गर्न आग्रह गर्छन् किनभने जब नयाँ माला विष्णुको मूर्तिमा चढाइएको हुन्छ तब त्यो माला खस्छ तर पछि आण्डालले लगाएको माला चढाएपछि विष्णु सुनौलो रङ्गमा परिणत हुन्छन्। बालिका कोटैलाई यसरी आण्डाल भनिन थालिन्छ र उनलाई "चुडिकोडुथा सुदारकोडि" पनि भनिन्छ जसको अर्थ विष्णुलाई माला लगाएर दिने महिला हुन आउँछ। पेरियाल्वारले आण्डाललाई श्रीरङ्गमको रङ्गनाथस्वामी मन्दिरमा लगे जहाँ आण्डाल विष्णुकी वधूको रूपमा उनीसँग पुनर्मिलन भइन्। यो अभ्यास आधुनिक समयमा पनि पालन गरिन्छ जब श्रीविल्लिपुथुर आण्डाल मन्दिरबाट आण्डालको माला तमिल महिना पुरत्तासिको (सेप्टेम्बर – अक्टोबर) गरुडोत्सवमा भेङ्कटेश्वर मन्दिर, तिरुमला र पद्मावती मन्दिरमा र चित्रा पौर्णमीको समयमा कल्लालगर सुन्दरवल्ली कोयिल मा पठाइन्छ।[१२] आण्डाललाई नाचियार वा आण्डाल नाचियार पनि भनिन्छ।

कोटैलाई पेरियाल्वारले प्रेम र भक्तिको वातावरणमा हुर्काउँछन्। जब उनी सुन्दर युवती भइन् तब विष्णुप्रतिको उनको जोश यति बढ्यो कि उनले केवल विष्णुलाई नै विवाह गर्ने निर्णय गर्छन्। समय बित्दै जाँदा, उनको सङ्कल्प अझ बलियो हुन्छ र उनी श्रीरङ्गममा (तिरुचिरापल्ली) शेषनागमाथि विष्णुको सुतिरहेको रूप) रङ्गनाथसँग विवाह गर्ने बारे निरन्तर सोच्न थाल्छिन्। यो श्रीरङ्गममा नै थियो जहाँ विष्णुले रङ्गनाथको रूपमा भूमिको रूपमा आण्डालसँग विवाह गर्छन्। आण्डाललाई दुई उत्कृष्ट तमिल कृतिहरू, तिरुप्पावै र नाचियार तिरुमोलिको रचना गर्ने श्रेय दिइन्छ, जुन भक्तहरूले मार्गालीको जाडो महोत्सवको समयमा अझै पाठ गर्छन्।

प्रतिमाशास्त्र

[सम्पादन]
रङ्गनाथ र आण्डाल

आण्डालको केशशैली र आभूषण प्राचीन तामिल संस्कृतिको विशिष्ट अंश हुन्। कपालको गुच्छालाई छेउमा बाँधेर चमेलीका फूलहरू र विस्तृत गहनाहरूले सजाइन्छ।[१३]

श्रीविल्लिपुथुर आण्डालको हातले बनाइएको सुगा प्रत्येक दिन ताजा हरियो पातहरूले बनाइन्छ। यो सुगा आण्डालको बायाँ हातमा राखिन्छ।[१४] यो सुगा बनाउन चुच्चो र मुखको लागि अनारको फूल, खुट्टाको लागि बाँसका कडी, शरीरको लागि केराको फल, प्वाँखको लागि गुलाबी करवीर फूल र टाउकोको लागि चाँदनी फूलको प्रयोग गरिन्छ।[१५]

टिप्पणीहरू

[सम्पादन]
  1. ↑ ह्याजियोग्राफिक परम्पराले आण्डाल लगभग ३००० ईसा पूर्व बाँचेको दाबी गर्छ।[८][९]

सन्दर्भ सामग्रीहरू

[सम्पादन]
  1. ↑ Jestice, Phyllis G. (२००४-१२-१५), Holy People of the World: A Cross-Cultural Encyclopedia [3 volumes] (अङ्ग्रेजीमा), Bloomsbury Publishing USA, पृ: 52, आइएसबिएन 978-1-85109-649-7।
  2. ↑ Flood, Gavin D. (१३ जुलाई १९९६), An Introduction to Hinduism, Cambridge University Press, आइएसबिएन 978-0-521-43878-0।
  3. ↑ Susan de-Gaia, सम्पादक (२०१८), Encyclopedia of Women in World Religions: Faith and Culture Across History, ABC-CLIO, पृ: ३६७।
  4. ↑ "Andal / Bhudevi Jayanthi – India Cultural Center and Temple", अन्तिम पहुँच १५ जनवरी २०२५।
  5. ↑ "Andal", Ramanuja.org, अन्तिम पहुँच १५ जनवरी २०२५।
  6. ↑ Bryant, Edwin Francis (२००७), Krishna: A Sourcebook, Oxford University Press, पृ: १८८, आइएसबिएन 978-0-198-03400-1।
  7. ↑ Chitnis, Krishnaji Nageshrao (२००३), Medieval Indian History, Atlantic Publishers & Dist, पृ: ११६, आइएसबिएन 978-81-7156-062-2।
  8. 1 2 S. M. Srinivasa Chari (१ जनवरी १९९७), Philosophy and Theistic Mysticism of the Āl̲vārs, Motilal Banarsidass, पृ: 11–12, आइएसबिएन 978-8-120-81342-7।
  9. ↑ Greg Bailey; Ian Kesarcodi-Watson (१९९२), Bhakti Studies, Sterling Publishers, आइएसबिएन 978-8-120-70835-8।
  10. ↑ Pintchman, Tracy (२००७), Women's lives, women's rituals in the Hindu tradition, Oxford: Oxford University Press, पृ: 181–187, आइएसबिएन 978-0-198-03934-1।
  11. ↑ Klostermaier, Klaus K. (२००७-०७-०५), A Survey of Hinduism: Third Edition (अङ्ग्रेजीमा), SUNY Press, पृ: 317, आइएसबिएन 978-0-7914-7082-4।
  12. ↑ Rao, A.V.Shankaranarayana (२०१२), Temples of Tamil Nadu, Vasan Publications, पृ: 195–99, आइएसबिएन 978-8-184-68112-3।
  13. ↑ Sura's South India: A journey into peninsular India, Chennai: Sura Books, २००५, आइएसबिएन 8-174-78175-7।
  14. ↑ Sri Manavala Mamunigal, "Srivilliputhur", Andaljeeyar.org, मूलबाट २०२२-०६-२१-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२६-०७-३१। PDF file available अभिलेखिकरण १६ जुन २०२२ वेब्याक मेसिन
  15. ↑ Krishnamachari, Suganthy (८ अगस्ट २०१३), "Labour of love", The Hindu, अन्तिम पहुँच १ जुन २०२५।