सामग्रीमा जानुहोस्

आतङ्कवाद

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

आतङ्कवाद (Terrorism) आमजनता वा सर्वसाधारणमा विरुद्ध डर-त्रास फैलाई वा हिंसा प्रयोग गरेर राजनीतिक वा वैचारिक लक्ष्य हासिल गर्ने प्रक्रिया हो। यस शब्दको प्रयोग विशेष गरी शान्तिकालमा वा युद्धको सन्दर्भमा गैर-लडाकूहरू ("प्रत्यक्ष रूपमा भाग नलिएका नागरिहरू) मा जानाजानी हिंसा गर्नलाई जनाउन प्रयोग हुन्छ। आतङ्कवादको विभिन्न परिभाषा रहेका छन्; विभिन्न परिभाषाहरूले यसका विशेषताहरूमा जोड दिन्छन्, जस्तै: यसको अपूर्वानुमेयता (randomness), डर सिर्जना गर्ने उद्देश्य, र यसको प्रभावको विस्तार, जुन केवल प्रत्यक्ष पीडितहरूमा सीमित हुँदैन। आधुनिक आतङ्कवादमा, पुराना रूपहरूबाट विकसित हुँदै, राजनीतिक लक्ष्य हासिल गर्न विभिन्न रणनीति अपनाइएका पाइन्छन्। आतंकवादीहरूले डरलाई रणनीतिक उपकरणको रूपमा प्रयोग गरी निर्णयकर्ताहरूलाई प्रभावित पार्ने प्रयास गर्छन्। उनीहरूले सार्वजनिक भीड भएका क्षेत्रहरू जस्तै यातायात केन्द्र, विमानस्थल, किनमेल केन्द्र, पर्यटक स्थल, र रात्री जीवनका स्थलहरू लक्षित गरेर व्यापक असुरक्षा सिर्जना गर्न खोज्छन्। यसले मानसिक दबाब मार्फत नीति परिवर्तन गराउने प्रयास गर्दछ र सुरक्षा उपायहरूमा जनविश्वास कमजोर पार्ने गर्दछ।

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]