सामग्रीमा जानुहोस्

आम जनता पार्टी

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
आम जनता पार्टी

आम जनता पार्टी
सभापतिप्रभु साह
संस्थापकप्रभु साह
स्थापना२९ डिसेम्बर २०२२ (३ वर्ष पहिले) (२०२२-१२-29)
टुक्रिएकोनेकपा (एमाले)
प्रमुख कार्यालयकाठमाडौँ
विद्यार्थी सङ्गठनआम विद्यार्थी मोर्चा
महिला सङ्गठनआम महिला मोर्चा
किसान सङ्गठनआम किसान मोर्चा
विचारधारासमाजवाद
राजनीतिक स्थानवामपन्थी
नाराविश्वभरका आम जनता एक होऔँ!
प्रतिनिधि सभा
१ / २७५
स्थानीय तह
१ / ७५३
प्रमुख/अध्यक्ष
निर्वाचन चिह्न
वेबसाइट
www.ajp.org.np

आम जनता पार्टी नेपालको एक राजनीतिक दल हो।[] यस दलले प्रतिनिधि सभा निर्वाचन, २०७९ देखि नेपालको सङ्घीय संसदमा प्रतिनिधित्व गर्दै आएको छ।[]

पूर्व मन्त्री प्रभु साह यस दलको अध्यक्ष हुन्।[]

यस दलको गठन २०७९ पुस १४ मा पूर्व मन्त्री प्रभु साहद्वारा गरिएको थियो। २०७९ को प्रनितिधि सभा निर्वाचनमा स्वतन्त्र उम्मेदवारका रूपमा निर्वाचित भएपछि, नेकपा (एमाले)ले आम जनताका समस्याहरू समाधान गर्न नसक्ने घोषणा गर्दै साहले यस नयाँ दलको स्थापना गरेका थिए।[][]

साहलाई पूर्व मन्त्री रामवीर मानन्धर र बद्री न्यौपानेले समर्थन गरेका थिए, जो पहिले नेकपा (एमाले)को पृष्ठभूमिबाट आएका थिए।[]

भ्रातृ सङ्गठनहरू

[सम्पादन गर्नुहोस्]
  • आइटी आर्मी
  • आम दलित मोर्चा
  • आम महिला मोर्चा
  • आम विद्यार्थी मोर्चा
  • आम किसान मोर्चा[]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. १.० १.१ सेतोपाटी संवाददाता, "प्रभु साहले गठन गरे आम जनता पार्टी", सेतोपाटी (नेपालीमा), अन्तिम पहुँच २०२३-०४-०५ 
  2. "प्रभु साहलाई पूर्वमन्त्री रामवीर मानन्धरको साथ", अनलाइन खबर (नेपालीमा), अन्तिम पहुँच २०२३-०४-०५ 
  3. ३.० ३.१ "प्रभु साहले बनाए आम जनता पार्टी, ५१ सदस्यीय तदर्थ समिति घोषणा", अनलाइन खबर (नेपालीमा), अन्तिम पहुँच २०२३-०४-०५ 
  4. "एमाले छाड्दै प्रभु साह!", नेपाल लाइभ (नेपालीमा), अन्तिम पहुँच २०२३-०४-०५ 
  5. "प्रभु साहले गठन गरे आम जनता पार्टी, ५१ सदस्यीय तदर्थ समिति गठन", नेपाल लाइभ (नेपालीमा), अन्तिम पहुँच २०२३-०४-०५