आरजु राणा देउवा
आरजु राणा देउवा | |
---|---|
आरजु राणा देउवा | |
पद बहाली २००८ | |
व्यक्तिगत विवरण | |
जन्म | २६ जनवरी १९६२ ललितपुर . |
राष्ट्रियता | नेपाली |
राजनीतिक पार्टी | नेपाली कांग्रेस |
जीवन साथी(हरू) | शेर बहादुर देउवा |
मातृ शिक्षाप्रतिष्ठान | पन्जाब यूनिभर्सिटी, चण्डीगढ |
आरजू राणा देउवा नेपाली कांग्रेसकी नेतृ हुन्। डडेलधुरा, असीग्राम स्थायी ठेगाना भई काठमाडौंं, बुढानीलकण्ठ निवासी ४५ वर्षीया आरजु राणा देउवा हाल समानुपातिक तर्फबाट चुनिएर नेपाली कांग्रेसका सभासद छिन्। भारतबाट मनोविज्ञानमा विद्यावारिधि (पीएच्.डी.) गरेकी सभासद देउवा आफ्ना श्रीमान् पूर्व प्रधानमन्त्री शेरबहादुर देउबाको उत्प्रेरणाबाट राजनीतिमा सक्रिय भएको बताउँछिन्। राप्रपा नेत्री आफ्नी आमा प्रतिभा राणा लामो समयदेखि राजनीतिमा क्रियाशील रहेकाले समेत राजनीतिप्रति आफ्नो चाख बढेको बताउने देउवा नेपाली काङ्ग्रेस, महासमिति सदस्य छिन्। राज्यका प्रत्येक अंगमा महिलाको उचित प्रतिनिधित्व भएपछि मात्र मुलुक विकासको मार्गमा द्रुत गतिले अघि बढ्न सक्ने उनको विश्वास छ। राजनीति बाहेक गैरसरकारी संस्था संचालनमा संलग्न सभासद देउवाले साथी, समानता लगायत एनजीओहरूको सञ्चालन गर्दै आएकी छिन्। एक छोराकी आमा देउवा 'सुरक्षित मातृत्व संजाल'को संचालनमा समेत सक्रिय छिन्। समाजसेवा र विशेष गरी महिला सशक्तीकरण उनको विशेष रुचिको क्षेत्र हो। संविधानसभामा उनले प्रमुखतासाथ उठाउने अठोट गरेका दुई मुख्य मुद्दा हुन्―
- क. राज्यको पुनः संरचना,
- ख. राज्यका सबै अंगमा महिलाको समानुपातिक प्रतिनिधित्वको व्यवस्था।
सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]
बाह्य लिङ्कहरू[सम्पादन गर्ने]
![]() |
एक नेपाली राजनीतिज्ञसँग सम्बन्धित यो लेख अपुरो छ । तपाईं यसलाई बढाएर विकिपिडियालाई सहायता गर्न सक्नुहुन्छ । |