आरिफिन शुभ

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
आरिफिन शुभो
जन्ममयमनसिङ्ह, बङ्गलादेश
राष्ट्रियताबङ्गलादेशी
पेशाअभिनेता, प्रस्तोता
कार्यकालसन् २००७– हाल
प्रसिद्ध कार्यछुँये दिले मोन
ढाका अट्याक
वार्निङ
पुरस्कारउत्कृष्ट अभिनेता विधामा मेरिल प्रथल आलो पुरस्कार

आरिफिन शुभ (बाङ्ला: আরিফিন শুভ) एक बङ्गलादेशी चलचित्र तथा टेलिभिजन अभिनेता हुन्। आरिफिनले सन् २००८ मा एक दूरदर्शन धारावाहिक नाटक हा/ना बाट आफ्नो अभिनय यात्राको सुरुवात गरेका थिए भने उनले पहिलोपटक सन् २०१० मा जागो चलचित्रमा अभिनय गरेका थिए। हाल सम्म उनले विभिन्न विधामा राष्ट्रिय पुरस्कारहरू प्राप्त गरेका छन् जस अन्तर्गत उनले दुई पटक मेरिल प्रथम आलो पुरस्कार जितेका थिए। आरिफिनले सन् २०१३ मा पहिलो मुख्य प्रवाह चलचित्र पूर्णदैर्ध्या प्रेम काहिनी चलचित्रमा पर्दापण गरेका थिए।[१] उक्त चलचित्रको खलनायकको भूमिका निभाएका कारण उनी मेरिल प्रथम आलो पुरस्कारको उत्कृष्ट अभिनेता विधामा मनोनीत भएका थिए। सन् २०१३ मा उनले मुख्य अभिनेताको रूपमा भालोबासा जिन्दावाद चलचित्रमा अभिनय गरेका थिए भने सन् २०१४ मा उनले अग्नी नामक एक चलचित्रमा पनि प्रमुख नायकको भूमिका निर्वाह गरेका थिए। सन् २०१५ मा आरिफिनले छुँये दिले मन नामक एक चलचित्र गरेका थिए भने उक्त चलचित्रको आफ्नो उत्कृष्ट प्रदर्शन गरेका कारण उनलाई उत्कृष्ट अभिनेता विधामा मेरिल प्रथम आलो पुरस्कार हस्तान्तरण गरिएको थियो।[२][३] सन् २०१६ मा आरिफिनले आशिकुर रहमान द्वारा निर्देशित चलचित्र मुसाफिरमा पनि काम गरेका थिए।

कार्यकाल[सम्पादन गर्ने]

सन् २००७-०९[सम्पादन गर्ने]

टेलिभिजन धारावाहीकमा काम गर्ने अघि आरिफिन केही विज्ञापनमा देखा परेका थिए। सन् २००७ मा मोस्ताफा सरवार फारुकीको एक धाराबाहीक नाटक हा/ना मा पर्दापण गर्दै आफ्नो अभिनय यात्राको सुरुवात गरेका थिए जहाँ उनले दुई भूमिका निभाएका थिए।[४] सन् २००८ को एक टेलिभिजन श्रृङ्खला इज इकुयल टु धाराबाहिकमा पनि आरिफिनले दुई भूमिका निर्वाह गरेका थिए। उक्त धाराबाहिकमा अभिनय गरेपछि उनले पछि मोशराफ कारिमसँग सिरियस एकता कथा आछेमा पनि अभिनय गरेका थिए जहाँ उनले विश्लेषकहरू द्वारा सकरात्कम प्रतिक्रिया प्राप्त गरेका थिए।[५] सन् २००९ मा उनले जागो नामक एक चलचित्र मार्फत आफ्नो चलचित्र यात्राको सुरुवात गरेका थिए।

सन् २००९-हाल: चलचित्र पर्दापण तथा थप सफतला[सम्पादन गर्ने]

आरिफिनले सन् २०१० मा फिजीर अहमद र अफसाना आरा बिन्दुसँग सहकार्य गर्दै खिजिर हावत खानद्वारा निर्देशित खेलकुदसँग सम्बन्धि जाग‍ नाकम चलचित्रबाट आफ्नो चलचित्र यात्रालाई अगाडि बढाएका थिए।[६] उनले पछि सन् २०१३ मा पहिलो मुख्य प्रवाह चलचित्र पूर्णदैर्ध्या प्रेम काहिनी नामक एक चलचित्रमा पर्दापण गरेका थिए।[७] उक्त चलचित्रको खलनायकको भूमिका निभाएका कारण उनी मेरिल प्रथम आलो पुरस्कारको उत्कृष्ट अभिनेता विधामा मनोनीत भएका थिए भने यो चलचित्रले व्यवसायिक रूपमा ठूलो सफलता हात पारेको थियो।[८] सन् २०१३ मा उनले मुख्य अभिनेताको रूपमा भालोबासा जिन्दावाद चलचित्रमा अभिनय गरेका थिए भने सन् २०१४ मा उनले अग्नी नामक एक चलचित्रमा पनि प्रमुख नायकको भूमिका निर्वाह गरेका थिए।[९]

सन् २०१४ मा आरिफिन माहिया माहीसँग इफटकार चौधरीद्वारा निर्देशित चलचित्र अग्नीमा देखा परेका थिए भने सोही वर्ष उनी एमएम कमल राजको चलचित्र तारकाँटामा पनि मुख्य अभिनेताको भूमिका निर्वाह गरेका थिए।[१०] जसले विश्लेषकहरू द्वारा मिश्रित समीक्षा प्राप्त गर्‍यो भने यसलाई श्रोताहरूबाट मिश्रित प्रतिक्रिया प्राप्त भयो। यो चलचित्र एक व्यावसायिक रूपमा असफल चलचित्र मानिएको थियो। उनले पछि सन् २०१४ क‍ अन्त्य तिर आशिकुर रहमानको किस्तिमात चलचित्रमा अभिनय गरेका थिए जहाँ उनले एक प्रहरीको भूमिका निर्वाह गरेका थिए जुन चलचित्र सन् २०१४ को सबैभन्दा सफल चलचित्र बन्न सफल भएको थियो।

सन् २०१५ मा उनले शिहाब शाहीन द्वारा निर्देशित चलचित्र छुँये दिले मन नामक एक चलचित्रमा जाकिया बारी ममसँग अभिनय गरेका थिए भने यस चलचित्रलाई विश्लेषक तथा श्रोताले अधिक मन पराएका थिए जसकारण उनले उत्कृष्ट अभिनेताको विधामा मेरिल प्रथम आलो पुरस्कार समेत प्राप्त गरेका थिए।[११] उनले सोही वर्ष उद्दिनको वार्निङ चलचित्रमा माहिया माहीको साथ अधिनय गरेका थिए जुन चलचित्रले मध्यम व्यापार गरेको थियो। सन् २०१६ मा शुभले आशिकुर रहमानको मुसाफिर नामक एक चलचित्रमा अभिनय गरेका थिए भजे त्यस पछि उनले अस्तित्व चलचित्रमा पनि अभिनय गरेका थिए जुन सन् २०१५ मे महिनामा सार्वजनिक गरिएको थियो।

सन् २०१७ को सुरुवातमा आरिफिनले जज मल्टिमिडिया द्वारा निर्माण गरिएको चलचित्र प्रेमी अो प्रेमी र धत तेरी की चलचित्रमा अभिनय गरेका थिए। आरिफिनले सन् २०१७ मा ढाका अट्याक नामक चलचित्रमा अभिनय गरेका थिए जहाँ उनी प्रमुख अभिनेताको रूपमा देखा परेका थिए जसलाई दिपाङ्कर दिपनले निर्देशन गरेका थिए। यो चलचित्र सन् २०१७ को सबैभन्दा अधिक कमाउने बङ्गलादेशी चलचित्र बनेको थियो र यो अहिलेसम्मको सर्वाधिक कमाई गर्ने बङ्गलादेशी चलचित्र हो भने यो चलचित्र विश्वव्यापी रूपमा सबैभन्दा अधिक कमाई गर्ने बङ्गलादेशी चलचित्र बन्न सफल भएको थियो।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

  1. "চলচ্চিত্রে আরেফিন শুভ", বিডিনিউজ, २०१२-१०-०५। 
  2. "পূর্ণদৈর্ঘ্য প্রেম কাহিনী দেখতে দর্শকদের উপচে পড়া ভীড়" 
  3. "সঙ্কটে শুভ", আমাদের বরিশাল, ৯ মে ২০১৪, मूलबाट ১২ মে ২০১৪-मा सङ्ग्रहित। 
  4. "ছবি আলোচনা - পূর্ণদৈর্ঘ্য প্রেমকাহিনী", দৈনিক প্রথম আলো, ৯ অক্টোবর ২০১৭। 
  5. "'পূর্ণদৈর্ঘ্য প্রেমকাহিনী'র সেঞ্চুরি", দৈনিক ইত্তেফাক, ৯ অক্টোবর ২০১৭। 
  6. "শুভ ও আইরিনের ‘ভালোবাসা জিন্দাবাদ’", দৈনিক প্রথম আলো, ৯ অক্টোবর ২০১৭। 
  7. "ভালোবাসা দিবসে শুভ-মাহির ‘অগ্নি’", দৈনিক প্রথম আলো, ৯ অক্টোবর ২০১৭। 
  8. অভি মঈনুদ্দীন (১৫ মে ২০১৬), "বিজ্ঞাপনে আরেফিন শুভ", দৈনিক নয়া দিগন্ত। 
  9. "শুভ-ফারিয়ার ভালবাসার গল্প ‘প্রেমী ও প্রেমী’", দৈনিক জনকণ্ঠ, ৯ অক্টোবর ২০১৭। 
  10. "নববর্ষের ছবি - ধ্যাততেরিকি", যায়যায়দিন, এপ্রিল ১৮, ২০১৭, अन्तिम पहुँच ৯ অক্টোবর ২০১৭ 
  11. "সারাদেশে শুভ-মাহির ‘ঢাকা অ্যাটাক’", বিডিনিউজ টোয়েন্টিফোর ডটকম, ৯ অক্টোবর ২০১৭। 

बाह्य सूत्रहरू[सम्पादन गर्ने]