आर्जेन रोबेन

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्
आर्जेन रोबेन
Arjen Robben 2013.jpg
व्यक्तिगत विवरण
पुरा नाम आर्जेन रोबेन
जन्म मिति (१९८४-०१-२३) २३ जनवरी १९८४ (उमेर ३३)
उचाई ६ फिट ० इन्च (१.८३ मी) [१]
खेल्ने स्थान मध्यपंक्ति (फुटबल)
क्लबको विवरण
हालको क्लब बायर्न म्युनिख
नम्बर १०
सिनियर क्लब*
बर्ष क्लबहरू खेल (गोल)
2001-2002
2002-2004
2004-2007
2007-2009
2009-
Groningen
PSV Eindhoven
चेल्सी
रियल मड्रिड
Bayern Munich
राष्ट्रिय टिम
2003- नेदरल्याण्ड
  • बरिष्ठ फुटबल क्लबमा उपस्थिति तथा खेल्दा गरेको गोल (गोललाई घरेलु लिगमा गरेको गनिनेछ) .

आर्जेन रोबेन (डच उच्चारण: [ˈɑrjən ˈrɔbə(n)] ( ); जन्म २३ जनवरी १९८४) डच पेसेवर फुटबलर हुन् जो बुन्डेस लिगा क्लब बायर्न म्युनिख र नेदरल्याण्ड राष्ट्रिय फुटबल टिमका लागि खेल्दछन् । रोबेनले ३ युइएफए युरो र ३ फिफा विश्वकप खेलेको अनुभव संगालेका छन् ।

रोबनको बल नियन्त्रण गर्ने खुबी गजबको छ । उनी विशेष बल लिएर तीव्र गतिमा अघि बढी पेनाल्टी क्षेत्रनजिक पुगेपछि बायाँ खुट्टाले देखाउने कलाका कारण चिनिन्छन् । उनको वेगले गर्दा प्रतिद्वन्द्वीहरू पनि पाखा लाग्ने गर्छन् ।

क्लब जीवन[सम्पादन गर्ने]

नेदरल्यान्ड्सको बेडममा जन्मिएका उनी सानैदेखि दायाँ विङ्गमा खेल्थे । उनले ग्रोनिन्गनबाट फुटबल जीवन सुरु गरेका थिए । ग्रोनिन्गनबाट उनी २००२ मा डच क्लब पीएसभी पुगे । पहिलो सिजनमै उनको लोभलाग्दो खेलको सहयोगमा पीएसभी डच लिग च्याम्पियन भयो । त्यसैले उनलाई आबद्ध गर्न इङ्लिस क्लब म्यानचेस्टर युनाइटेड र चेल्सीको होड नै चल्यो । उनले रसियन अर्बपति रोमन अब्रामोभिचको चेल्सी रोजे । । चेल्सीमा इङ्लिस प्रिमियर लिग जितेर २००७ मा रियल म्याड्रिड पुगे । रियलमा ला लिगा र कोपा डेल् रे जिते पनि काकाक्रिष्टियानो रोनाल्डोको आगमनले रोबेन जर्मनीको सर्वाधिक सफल क्लब बायर्न म्युनिखमा आबद्ध हुन पुगे ।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

  1. "Arjen Robben Height and Weight", Celebrity Measurements, अभिगमन मिति २०१५-१०-०४ 

बाह्य लिङ्कहरू[सम्पादन गर्ने]