सामग्रीमा जानुहोस्

आर्थिक वृद्धि

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

अर्थशास्त्रमा, आर्थिक वृद्धि भन्नाले कुनै समाजले उत्पादन गर्ने आर्थिक वस्तुहरू र सेवाहरूको मात्रा र गुणस्तरमा भएको वृद्धिलाई जनाउँछ। यसलाई प्रायः कुनै निश्चित वर्ष वा निश्चित अवधिमा अर्थतन्त्रले उत्पादन गर्ने वस्तु तथा सेवाहरूको मुद्रास्फीति–समायोजित उत्पादनको वृद्धिका रूपमा नापिन्छ। आर्थिक वृद्धिको मापन प्रायः राष्ट्रीय आय लेखा प्रणाली मार्फत गरिन्छ।

आर्थिक वृद्धिको दर सामान्यतया वास्तविक कुल ग्राहस्थ उत्पादन (Real GDP) को वृद्धिदर, वास्तविक प्रतिव्यक्ति GDP वृद्धिदर वा प्रतिव्यक्ति GNI (Gross National Income) वृद्धिदरका आधारमा गणना गरिन्छ। "आर्थिक वृद्धिको दर" भन्नाले निश्चित अवधिमा पहिलो वर्षदेखि अन्तिम वर्षसम्मको GDP वा प्रतिव्यक्ति GDP को वार्षिक ज्यामितीय वृद्धिदर लाई जनाउँछ। यसले सो अवधिभरको औसत GDP स्तरको प्रवृत्तिलाई देखाउँछ, तर उक्त प्रवृत्तिको वरिपरि हुने अल्पकालीन उतार–चढावलाई भने बेवास्ता गर्दछ। वृद्धि प्रायः "वास्तविक" मूल्यमा (inflation-adjusted) गणना गरिन्छ, जसले मुद्रास्फीति कारण वस्तुहरूको मूल्यमा आउने विकृत प्रभावलाई हटाइदिन्छ। वास्तविक प्रतिव्यक्ति GDP भन्नाले सम्पूर्ण देशको GDP लाई त्यहाँको कुल जनसंख्याद्वारा भाग गरेर प्राप्त गरिएको सूचक हो।

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]

    बाह्य कडीहरू

    [सम्पादन गर्नुहोस्]