आर्लेमा सुत्नेकोठा
| आर्लेमा सुत्ने कोठा (पहिलो संस्करण) | |
|---|---|
| कलाकार | भिन्सेन्त फन गोख |
| वर्ष | सन् १८८८ |
| माध्यम | क्यानभासमा तेल चित्र |
| आकार | 72 cm × 90 cm (28.3 in × 35.4 in) |
| स्थान | फन गोख सङ्ग्रहालय, आम्स्टर्डम |
आर्लेमा सुत्नेकोठा (फ्रान्सेली: La Chambre à Arles; नेदरल्यान्डेली: Slaapkamer te Arles) १९औँ शताब्दीका डच उत्तर-प्रभाववादी चित्रकार भिन्सेन्त फन गोखद्वारा बनाइएका तीनवटा समान चित्रहरूको शृङ्खला हो। यस रचनाको लागि फन गोखको आफ्नै शीर्षक केवल सुत्नेकोठा (फ्रान्सेली: La Chambre à coucher) थियो। उनका पत्रहरूमा वर्णन गरिएअनुसार यसका तीनवटा प्रमाणिक संस्करणहरू छन्, जसलाई भित्ताको दाहिने तिर रहेका चित्रहरूका आधारमा सजिलैसँग एकअर्काबाट छुट्याउन सकिन्छ।
यो चित्रले फ्रान्सको बुसे-दु-रोन, आर्लेस्थित २, प्लेस लामार्टिनमा रहेको फन गोखको सुत्ने कोठालाई चित्रण गर्दछ, जसलाई पहेँलो घर भनेर चिनिन्छ। दायाँ तर्फको ढोका माथिल्लो तला र भर्याङतर्फ खुल्थ्यो; बायाँ तर्फको ढोका पाहुना कोठाको थियो जुन उनले गोगाँका लागि तयार पारेका थिए; अगाडिको भित्तामा रहेको झ्यालबाट प्लेस लामार्टिन र त्यसका सार्वजनिक बगैँचाहरू देखिन्थे। यो कोठा आयताकार नभई समलम्ब चतुर्भुज आकारको थियो, जसको अगाडिको भित्ताको बायाँ कुनामा अधिक कोण र दायाँमा न्यून कोण थियो।[१]
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ Though the building was damaged in an air-raid, June 25, 1944, and laid down afterwards, floor plans by Lèon Ramser, an Arlesian architect, dating from the 1920s have survived and supply most of the essential information, see: Roland Dorn, "Décoration": Vincent van Goghs Werkreihe für das Gelbe Haus in Arles, Georg Olms Verlag, Hildesheim, Zürich & New York, 1990, plate XIX/XX