सामग्रीमा जानुहोस्

आलकाप

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

अलकाप (बङ्गाली: আলকাপ) पश्चिम बङ्गालका मुर्शिदाबाद, माल्दा र वीरभूम जिल्लाहरूमा र बङ्गलादेशका[] चापाई नवाबगञ्ज र राजशाही जिल्लाहरूमा प्रचलित एउटा बङ्गाली लोकनृत्य हो। यस नृत्यको प्रचलन झारखण्डबिहारका छेउका क्षेत्रहरू जस्तै- डुम्का र पूर्णिया सम्म पनि फैलिएको छ।[]

व्युत्पत्ति

[सम्पादन गर्नुहोस्]

‘काप’ शब्दको अर्थ ‘काव्य’ (पद वा श्लोक) हुन्छ र ‘आल’ को अर्थ ‘पदको अंश’ भन्ने हुन्छ। ‘आल’ शब्दको अर्को अर्थ ‘धारिलो’ (तीखो) पनि हो। ‘काप’ शब्दलाई ‘सं’ (সং) को एक अर्थ पनि मानिन्छ। जुन अखाडामा प्रदर्शन गरिने हाउभाउको विकृत रूप वा हास्य कलाकारको चित्रण अथवा सामाजिक कुरूप विषयको व्यङ्ग्यात्मक प्रस्तुतिलाई जनाउँछ।[]

आलकाप संगीत, नृत्य र नाट्य प्रस्तुतिको एक संयोजन हो। करिब दशदेखि बाह्र जनाको समूहलाई सरकार (गुरु वा नेता) ले नेतृत्व गर्ने गर्छन्। यस समूहमा दुई वा तीन जना युवाहरू (जसलाई छोकरा भनिन्छ) र एक वा दुई जना गायक, दोहर(सहगायक), कोरस सदस्यहरू र वादक (संगीतकार) समावेश हुन्छन्। आलकापलाई पाँच भागमा प्रस्तुत गरिन्छ — असर वन्दना, छोरा, काप, बैठकी गीत र खेँमता पाला। यो प्रस्तुति ग्रामीण समाजको जीवनशैलीको प्रतिबिम्ब हो। जसले गाउँले जनजीवनका प्रचलित सामाजिक तथा आर्थिक अवस्थाहरूलाई केन्द्रमा राख्दै तिनको यथार्थ चित्रण गर्छ।[][]

लोकप्रिय संस्कृति

[सम्पादन गर्नुहोस्]

सैयद मुस्तफा सिराजको उपन्यास 'मायामृदङ्ग'(Mayamrdanga) एउटा आलकाप टोलीको बारेमा लेखिएको उपन्यास हो। आलकाप संगीत, नृत्य र नाटक समावेश गर्ने एक प्रदर्शन कलाको रूपमा रहेको छ। यो एक जीवन्त लोकनृत्य हो, जसमा नाटक, संगीतनृत्यका तत्वहरू समेत समावेश हुन्छन्।

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. 1 2 Ahmed, Wakil, "Alkap Gan", Banglapedia, Asiatic Society of Bangladesh, अन्तिम पहुँच २००९-०३-२२
  2. 1 2 "Sudkhor", The Telegraph, 18 July 2003, मूलबाट फेब्रुअरी ३, २०१३-मा सङ्ग्रहित, अन्तिम पहुँच २००९-०३-२२
  3. Ghosh, Binoy, Paschim Banger Sanskriti, (in Bengali), Volume III, First Edition, Prakash Bhawan, Page 69.

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]