आली आये लृजाङ
| आली आये लृजाङ | |
|---|---|
आली आये लृगाङको उपलक्ष्यमा नाचिरहेका महिलाहरू | |
| आरम्भ | फाल्गुन महिनाको पहिलो बुधबार |
| आवृत्ति | वार्षिक |
| स्थान(हरू) | असम |
| सहभागीहरू | मिसिङ जनजाति |
आली आये लृगाङ (असमिया: আলি আঃয়ে লৃগাং) असमको मिसिङ वा मिरी जातिको वसन्त ऋतुमा मनाइने एक पर्व हो।[१][२] फाल्गुन महिनाको पहिलो बुधबारमा यो पर्व मनाइन्छ। यसलाई अर्को नाम बाली वा कठिया रोपाई आरम्भको पर्व पनि भन्ने गरिन्छ। सुरुमा यो पर्व फाल्गुन, चैत्र र वैशाख महिनाको पहिलो बुधबारमा मनाइन्थ्यो तर सन् १९५५ देखि यसलाई फाल्गुन महिनाको पहिलो बुधबारबाट मनाउँदै आइएको छ। मिसिङ भाषामा 'आली' को अर्थ बाली, 'आये' को अर्थ फल, 'लृगाङ'को अर्थ रोपाइ भन्ने हुन्छ।[३][४] रोपाइँ कार्य सम्पन्न भएपछि महिलापुरुष, वृद्ध तथा बुढापाकाहरू एक ठाउँमा भेला भएर भोजन गरी विभिन्न नृत्य प्रस्तुत गर्दै उल्लासका साथ पर्व मनाउने गर्दछन्।[५]
देउतालाई खुसी पार्न सकिएन भने पृथ्वीमा पानी नपर्ने र पानी नपरेको खण्डमा अन्नहरू उत्पादन नहुने हुँदा देउतालाई खुसी पार्न नाचगान गर्नुपर्छ भन्ने मिसिङ जातिको जनविश्वास रहेको छ।
उत्सव र गतिविधिहरू
[सम्पादन गर्नुहोस्]यस पर्वमा समुदायका युवा विशेष गरी "गुमराग सोमन्" मा सहभागिता जनाउँछन् र लोक गीत र मधुर "ओइ: नितोम" को सुरमा नाच्दछन्। पर्वको पहिलो दिन धान रोपाइँको औपचारिक सुरूवातबाट हुन्छ र पूरै पर्वको क्रममा हल जोताइ, रूख काट्न जस्ता धेरै कार्यहरू निषेध गरिन्छन्। भोजपर्वको अन्तिम दिनलाई "लिलेन" भनिन्छ र यसलाई ठुलो सामुदायिक भोजसँग मनाइन्छ। यस पर्वको समयमा मिसिङ समुदायले पो:रो अपोङ वा नोगिन अपोङ जस्ता घरेलु मदिराको (घरेलु चामलको मदिरा) साथ विशेषगरी सुँगुरको मासु प्रयोग गरि बनाइएका परिकारहरू खाइ ठूलो भोज मनाउँछन्। "पुराङ अपिन" (उमालेको झोल चामल) विशेष पातहरू मिसाएर पानीमा पकाइन्छ। यो मिसिङहरूले तयार गर्ने विशेष परिकार हो जुन आली आये लृगाङको समयमा मात्र बनाइन्छ।[६]
आली आये लृगाङका गीतहरू युवाहरूका लागि मात्र सीमित गरिएका हुँदैनन्। गीतका विषयवस्तुहरू विविध रहेका हुन्छन्। यी गीतहरूमा मानव जीवन अन्तर्गत भोगिएका पीडा र मृत्यु समावेश छन्। यसबाहेक, गीतहरूले व्यक्तिगत प्रेम र स्नेहका कुरा समेट्छन् जसमा खुसी र पीडा पनि समावेश छन्। मुख्य रूपमा चाडपर्वका गीतहरूले मिसिङ समुदायका व्यक्तिहरूको दैनिक जीवनका विभिन्न अनुभवहरूको वर्णन गर्छन्। यो पर्वमा नाचगान गर्न ढोल, ताल, गोङ र गुङ्गाङ जस्ता वाद्ययन्त्रहरू समावेश गरिन्छन्। नृत्यका रूपहरू यस पर्वमा युवा मिसिङ व्यक्तिहरूले प्रदर्शन गर्ने लोकप्रिय नृत्यलाई गुमराग भनेर चिनिन्छ। पर्वको औपचारिक नृत्य गाउँको पूर्वी तर्फको घरबाट सुरू हुन्छ र अन्त्यमा यो नृत्य खेत र खोलतर्फ फैलिँदै समाप्त हुन्छ। यस्ता नृत्यहरू गाउँका बासिन्दाहरूको घरको आँगन वरिपरि घुमाउँदै प्रदर्शन गरिन्छ।[७]
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ "Today is Ali Ai Ligang Festival for Misings in Assam", Northeastblog.in, २०११-०२-१६, मूलबाट २०१४-०३-०३-मा सङ्ग्रहित, अन्तिम पहुँच २०१३-०४-१०। अभिलेखिकरण २०१४-०३-०३ वेब्याक मेसिन
- ↑ "Welcome to Assam Tourism Official website of Deptt. of Tourism, Assam, India", Assamtourism.org, अन्तिम पहुँच २०१३-०४-१०।
- ↑ "Ali-ai-Ligang being celebrated in Assam", Zeenews.india.com, २०११-०२-१६, अन्तिम पहुँच २०१३-०४-१०।
- ↑ "Festivals of Mishing Tribes of Assam", Vedanti.com, २०११-०१-२०, मूलबाट ২০১৪-০৩-০৫-मा सङ्ग्रहित, अन्तिम पहुँच २०१३-०४-१०। अभिलेखिकरण २०१४-०३-०५ वेब्याक मेसिन
- ↑ "Misings_Portrait_traditional", Themishingsassam.com, मूलबाट ६ मार्च २०१४-मा सङ्ग्रहित, अन्तिम पहुँच २०१३-०४-१०। अभिलेखिकरण २०१४-०३-०६ वेब्याक मेसिन
- ↑ "Ali-aye-Ligang being celebrated in Assam - Oneindia News", News.oneindia.in, २०११-०२-१६, अन्तिम पहुँच २०१३-०४-१०। अभिलेखिकरण २०१५-१२-२२ वेब्याक मेसिन
- ↑ "Ali- ai- Ligang: The Festival of the Mishings", Informationkhazana.com, मूलबाट ३० मे २०१२-मा सङ्ग्रहित, अन्तिम पहुँच २०१३-०४-१०। अभिलेखिकरण २०१२-०५-३० वेब्याक मेसिन