आलु-केराउको अचार

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Jump to navigation Jump to search
  • सामग्रीः १ किलो आलु -उसिनेर छिल्ने र टुक्रा टुक्रा पार्ने), ३ सय ५० ग्राम सानो केराउ -एक रात भिजाएको), १ सय मिलिलिटर तोरीको तेल, १ ठूलो चम्चा मेथीको दाना, ५० ग्राम अमिलो -चुक, कागतीको रस वा भिनेगर) स्वादअनुसार, १ सय ग्राम पिसेको तिल, १ सानो चम्चा बेसार, १ सानो चम्चा जिराको धूलो, १ सानो चम्चा धनियाँको धूलो, १ सानो चम्चा खोर्सानीको धूलो, १ सय ग्राम हरियो खोर्सानी -काटेको), ५० ग्राम हरियो धनियाँ -काटेको), नुन स्वादअनुसार।
  • विधिः पहिले आलु उमालेर बोक्रा फाली टुक्रा पार्ने र एउटा भाँडामा राख्ने। फ्राइंग प्यानमा तेल तताउने। तेलमा मेथी फुराउने। त्यसमा बेसार, जिरा, धनियाँको धूलो हालेर आलुमा झान्ने। अनि बाँकी सबै सामग्री हाली राम्रोसँग मोल्ने र माथिबाट हरियो धनियाँ छर्कने।