आशारानी राई, महिला साहित्यकार

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
आशारानी राई
जन्म (१९३५-०७-१३) जुलाई १३, १९३५ (उमेर ८४)
मणिपुर, इम्फाल  भारत
पेशालेखक
भाषानेपाली
राष्ट्रियतानेपाली नेपाल
नागरिकतानेपाली
विधाकथा

आशारानी राई नेपाली महिला साहित्यकार हुन् । उनकाे जन्म सन् १९३५ जुलाई १३ मा मणिपुरको इम्फालमा भएको थियो । स्नातक (बी.ए. सम्मको शिक्षा प्राप्त गरी आसाम राइफल्समा अध्यापन कार्यमा संलग्न राई भारतीय नेपाली भाषा प्राप्तिका लागि संग्राम कर्ताका बीच ‘मणिपुरकी दिदी’ नामबाट परिचित छन्[१]

साहित्य जीवन[सम्पादन गर्ने]

राईका रचनाहरू २०२० को दशकदेखि नै पत्रपत्रिकामा प्रकाशित हुन थालेका पाइन्छन् । यिनको यम द्वितीया (सन् १९९९) नामक कथा सङ्ग्रह प्रकाशित देखिन्छ भने विराटसभा शीर्षकको एकाङ्की पनि यिनले लेखेको पाइन्छ । अखिल भारतीय नेपाली भाषा समितिको केन्द्रीय उपाध्यक्ष समेत भएकी रार्इ अन्य धेरै सङ्घ संस्थामा अाबद्ध रहेकाे देखिन्छ । यस क्रममा उनले मणिपुर राज्य नेपाली भाषा समितिको सभापति, भारतीय नेपाली राष्ट्रिय परिषद्को वरिष्ठ प्रतिनिधि सदस्य, मणिपुर नेपाली महिला सङ्घको सञ्चालक, मणिपुर नेपाली छात्र सङ्घको उपदेष्टा जस्ता सामाजिक पदमा रहेर सक्रिय भूमिका निर्वाह गरिसकेकाे देखिन्छ ।

अाशारानी रार्इ मूलतः नेपाली कथाकार हुन् । नारीको सहनशील प्रवृत्ति, त्याग, अगाध पतिभक्तिको प्रस्तुति पाइने आशारानी राईका कथामा पुरुषको हठी र स्वेच्छाचारी प्रवृत्तिको विरोध गरिएको पाइन्छ । सामाजिक अन्धविश्वास र जातीय विभेदको अन्त्य गर्तनु पर्ने र समाज सुधार तथा जातीय सम्मानको जगेर्ना गर्नुपर्ने भावना मुखरित भएका यिनका कतिपय कथामा आदर्शवादी स्वर पनि अभिव्यञ्जित छ । भारतको सुदूरपूर्व माणिपुरको सेरोफेरोमा लेखिएका यिनका कथामा प्रयुक्त भाषामा कहीँकहीँ व्याकरणगत त्रुटि पनि पाइन्छ ।

रचनाहरू[सम्पादन गर्ने]

  • यम द्वितीया, कथा (सन् १९९९)
  • विराटसभा, एकाङ्की

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

  1. "भारत-नेपाल आख्यान विमर्श", pahilopost.com, अन्तिम पहुँच १५th अप्रिल २०१६ 

बाह्य लिङ्कहरू[सम्पादन गर्ने]