आसुरा
| आसुरा عَاشُورَاء | |
|---|---|
बङ्गलादेशमा आयोजित एक ऐतिहासिक आसुरा समारोह | |
| प्रकार | इस्लामी (शिया इस्लाम र सुन्नी इस्लाम) |
| महत्त्व | शिया इस्लाम: ६८० ईस्वी कारबाल युद्धको समय हुसेन इब्न अलीको मृत्युमा शोक सुन्नी इस्लाम: नवी पेगम्बर मुसा र इस्राएलीहरूले आफ्नो दासत्वबाट बाइबलमा वर्णन गरिएको मिस्रबाट मुक्ति पाएको दिन |
| परिपालन |
|
| मिति | १० मुहर्रम |
| आवृत्ति | वार्षिक (इस्लामी पात्रो) |
आसुरा (अरबी: عَاشُورَاء)इस्लाम धर्ममा एउटा स्मरणीय दिन हो। यो हरेक वर्ष इस्लामी पात्रोको पहिलो महिनाको मुहर्रमको १०औँ दिन मनाइन्छ। मुहम्मदका नाती हुसेन इब्न अलीको ईस्वी ६८० मा कारबाला युद्धको समयमा शिर काटि हत्या गरिएको घटनालाई शोकको रूपमा स्मरण गर्न शिया मुसलमानहरूमाझ आसुरा ठूलो शोकको विशाल प्रदर्शनमार्फत मनाइन्छ।[१] यस दिनले नवी पेगम्बर मुसा र इस्राएलीहरूको उद्धारको दिनलाई जनाउने हुँदा सुन्नी मुसलमानहरूले आसुराको दिनमा व्रत बस्ने गर्दछन्। यस दिन बाइबलमा वर्णन गरिएको मिस्रबाट सफलतापूर्वक भागेर (जहाँ उनीहरू दासको रूपमा जीवन बिताइरहेका थिए) मुसाले लाल सागर पार गर्नका लागि अल्लाहको शक्तिको आह्वान गरेका थिए।[२]हुसेनको मृत्यु सुन्नीहरूमाझ ठूलो दुःखद घटना मानिएको भएतापनि निश्चित नियमअनुसार सार्वजनिक रूपमा शोक प्रकट गर्न नोत्साहित वा पूर्ण रूपमा निषेध गरिएको छ।[३]
शिया समुदायमाझ आसुरा सामान्यतया समूहगत जुलुसमार्फत आयोजित हुन्छ र यससँगै रुवाबासी, मजारमा तीर्थयात्रा गर्नेदेखि आत्मनियन्त्रण जस्ता विवादास्पद कामहरू का साथ विभिन्न प्रकारका अनुष्ठानमार्फत मनाइन्छ।[४] सुन्नी समुदायमा मुहम्मदको हदीसमा आधारित तीन चरणको उपवास अन्तर्गत आसुराको पूर्वदिन, आसुराको दिन र आसुरापछि दिन पर्दछन् भने यस दिन उपवास बस्न अनिवार्य नभएतापनि यसलाई जोडदार रूपमा प्रोत्साहन गरिन्छ।[५][६] मोरक्को र अल्जेरियाजस्ता देशमा परम्पराअनुसार विशेष खाना, प्रकाश उत्सव वा मेला मार्फत यस दिनलाई मनाइने भएतापनि यी अभ्यासहरूमा धार्मिक अधिकारीहरूको समर्थन रहेको छैन।[७] सुन्नी र शिया समुदायबीच यस दिनलाई सम्झने तरिकामा ठूलो भिन्नताका कारण आसुराको दिन केही इस्लामी देशहरूमा र विशेषगरी शिया बहुल इरानमा राजनीतिक आयाम पनि प्राप्त भएको छ। यसको अतिरिक्त यसले इराक र पाकिस्तान जस्ता देशहरूमा दुई समुदायबीच हिंस्रक घटनाहरू मात्र नभई विवाद उत्पन्न गर्ने कारक बनेको छ।
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ Morrow, John Andrew. Islamic Images and Ideas: Essays on Sacred Symbolism. McFarland & Co, 2013. pp. 234–36. आइएसबिएन ९७८-०७८६४५८४८६
- ↑ "What is Ashura and how do Shia and Sunni Muslims observe it?"। Middle East Eye (अङ्ग्रेजी भाषा)। सङ्ग्रह मिति २०२२-०९-१३।
- ↑ Ghani, Michael; Lipka, Fatima। "Muslim holiday of Ashura brings into focus Shia-Sunni differences"। Pew Research Center (अङ्ग्रेजी भाषा)। सङ्ग्रह मिति २०२२-०९-१३।
- ↑ "Dramatic photos show how Shiite Muslims mark Ashura, one of the most emotional events in Islam"। The Washington Post (अङ्ग्रेजी भाषा)। आइएसएसएन 0190-8286। सङ्ग्रह मिति २०२२-०९-१३।
- ↑ "Ashura | Definition, History, & Facts | Britannica"। www.britannica.com (अङ्ग्रेजी भाषा)। सङ्ग्रह मिति २०२२-०९-१३।
- ↑ "Fasting in Muharram"। Penny Appeal (अङ्ग्रेजी भाषा)। सङ्ग्रह मिति २०२२-०९-१३।
- ↑ M. Maarouf, 2010, Ashura and the Ritual Emancipation of Women in Morocco, CESNUR 2010
बाह्य कडीहरू
[सम्पादन गर्नुहोस्]- आशुरा के दुःखको दिन हो वा खुशीको?? (अङ्ग्रेजीमा)
- इस्लाम फ्रिडम आसुरा – ऐतिहासिक महत्व र पुरस्कार (अङ्ग्रेजीमा)
- आसुरा दिनको घटना (अङ्ग्रेजीमा)
- "आसुरा" – इन्साइक्लोपिडिया ब्रिटानिका अनलाइन (अङ्ग्रेजीमा)
- आसुरा के हो? – बीबीसी (अङ्ग्रेजीमा)