सामग्रीमा जानुहोस्

इएसपिएन क्रिकइन्फो

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
इएसपिएन क्रिकइन्फो
साइटको प्रकार
क्रिकेटको लागि विशेष रूपमा खेलकुद वेबसाइट
उपलब्ध भाषाअङ्ग्रेजी
हिन्दी
तमिल
कन्नड
मुख्यालयहरूबेङ्गलोर, भारत[]
मालिकजियो स्टार
युआरएलhttps://www.espncricinfo.com/
व्यवसायिकहो
दर्तावैकल्पिक
चालु भएको मिति१५ मार्च १९९३ (1993-03-15)[][]
वर्तमान स्थितिचालू

इएसपिएन क्रिकइन्फो (पहिले क्रिकइन्फोको रूपमा चिनिने), क्रिकेट खेलको लागि विशेष रूपमा खेलकुद समाचार वेबसाइट हो।[] यस वेबसाइटमा समाचार, लेख, क्रिकेट खेलहरूको प्रत्यक्ष कभरेज, लाइभ ब्लगहरू र सूचकपत्रहरू सहित १८औँ शताब्दीदेखि हालसम्मका ऐतिहासिक खेलहरू र खेलाडीहरूको स्ट्याट्सगुरुका आँकडाहरू समावेश भएको।[] मार्च २०२५ सम्म, सम्बित बल यसका सम्पादक थिए।[]

यो सेवा, मूल रूपमा सन् १९९३ मा साइमन किङद्वारा पूर्व-वर्ल्ड वाइड वेबको रूपमा परिकल्पना गरिएको थियो। यसलाई सन् २००२ मा विज्डेन समूह नामक धेरै उल्लेखनीय क्रिकेट पत्रिकाहरू र विज्डन क्रिकेटर्स अल्मनाकका प्रकाशकहरूद्वारा अधिग्रहण गरिएको थियो। विज्डेन समूह अन्ततः विघटनको भएसँगै, यसलाई सन् २००७ मा द वाल्ट डिज्नी कम्पनी र हर्स्ट कम्युनिकेसन्सको संयुक्त स्वामित्वमा रहेको इएसपिएनलाई बेचिएको थियो।

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "The A to Z of ESPNcricinfo" (अङ्ग्रेजीमा), ESPNcricinfo, ३१ डिसेम्बर २०१८, अन्तिम पहुँच १३ मार्च २०२३
  2. Shetty, Rachna, "Timeline | Cricinfo at 20 years", ESPNcricinfo, अन्तिम पहुँच २ अगस्ट २०१३
  3. "ESPNcricinfo at 20 years", ESPNcricinfo, अन्तिम पहुँच २ अगस्ट २०१३
  4. "ESPN acquires Cricinfo" (प्रेस विज्ञप्ति), ESPNcricinfo, ११ जुन २००७।
  5. "ESPNcricinfo / About Us", ESPNcricinfo, अन्तिम पहुँच २५ फेब्रुअरी २०१७
  6. Sambit Bal. ESPNcricinfo. Retrieved 2 June 2016.

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]