इकराम मुल्ला

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search



काठमाडौंँ बागबजार निवासी इकराम मुल्ला स्वाभिमानी र दक्ष प्राविधिज्ञ मुल्लाले महेन्द्र चर्खा नामको चर्खाको मौलिक अविष्कार गरेका थिए। वि.सं. १९८२मा घडी मर्मत गर्ने र अत्तर बनाउने परिवारमा जन्मेका एस.एल.सी.मा १ नम्बरले फेल भए तापनि डकराम मुल्लाले आफ्नो अध्ययन अनुसन्धानको कार्यमा स्वाध्ययन गरी आफ्नो क्षमता प्रदर्शन गरेको देखिन्छ।

मुल्लाले युवावस्थामै चुरोट बनाउने काठको मेशिन बनाएका थिए। पछि भारतीय अमर चर्खाजस्तै खालको नेपाली चर्खा बनाउने उद्देश्यले घरेलु विभाग, त्रिपुरेश्वरमा तान चर्खाका काममा खटिएको मुल्लाले त्यस्तो चर्खा आविष्कार गरे जुन धागो कात्नमा धेरै राम्रो थियो र त्यसमा कपास हालिदिएपछि आफैंले प्यूरीजस्तो बनाएर छिटो-छिटो धागोसमेत निकाल्थ्यो। घिर्नी जडान गरेर बिजुलीले पनि चलाउन सकिने यो महेन्द्र चर्खालाई जापानबाट फ्र्केर आई पुनः सुधार गरेका थिए। उनले बतासबाट पंखा चलाएर करेन्ट निकाल्ने यन्त्र पनि बनाएका थिए। यो यन्त्र बनाउने काममा उनलाई अर्का वैज्ञानिक देवेन्द्र शमशेरले पनि निकै सहयोग गरेका थिए। त्यसपछि उनले साबुन कारखाना चलाउने र स्क्रीन पि्रन्टको प्रविधि निकाल्ने काम पनि गरेका थिए।

उनको मृत्यु २०३८ सालमा भएको थियो।