सामग्रीमा जानुहोस्

इथेन

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

इथेन (अमेरिकी: /ˈɛθn/ ETH-ayn, अमेरिकी: /ˈɛθn//EE-thayn) प्राकृतिक रूपमा हुने कार्बनिक रासायनिक यौगिक हो जसको रासायनिक सूत्र C2H6 हो। मानक तापमान र दबावमा, इथेन एक रंगहीन, गन्धहीन ग्यास हो। धेरै हाइड्रोकार्बन जस्तै, इथेनलाई औद्योगिक स्तरमा प्राकृतिक ग्यास र पेट्रोलियम रिफाइनिंग पेट्रोकेमिकल उप-उत्पादनको रूपमा अलग गरिन्छ। यसको मुख्य प्रयोग इथिलीन उत्पादनका लागि कच्चा पदार्थ रूपमा हुन्छ।

१८३४ मा माइकल फ्याराडेले इथेन पहिलो पटक बनाएका थिए। उनले पोटासियम एसीटेट घोलको इलेक्ट्रोलाइसिस प्रयोग गरेर बनाएका थिए। उनले यस प्रतिक्रियाको हाइड्रोकार्बन उत्पादनलाई मिथेन भनेर गलत बुझे र यसको थप अनुसन्धान गरेनन्। यस प्रक्रियालाई अहिले कोल्बे इलेक्ट्रोलिसिस भनिन्छ।

CH3COO-→CH3 • + CO2 + e
CH3 + CH3 → C2H6

मिथेनपछि, प्राकृतिक ग्यासको दोस्रो ठुलो घटक इथेन हो।

स्वास्थ्य र सुरक्षा

[सम्पादन गर्नुहोस्]

कोठाको तापक्रममा, इथेन एक अत्यन्त ज्वलनशील ग्यास हो। जब हावासँग मिसाइन्छ, यसले विस्फोटक मिश्रण बनाउँछ।

इथान कार्सिनोजेन होइन ।[]

यो पनि हेर्नुहोस्

[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. Environmental Biotechnology: A Biosystems Approach, जुन ७, २०१०, पृ: ६४१।