इन्कोटर्म्स
व्यापार को श्रृंखला |
विश्व व्यापार |
---|
![]() |
इन्कोटर्म्स (अङ्ग्रेजी: Incoterms) वा अन्तर्राष्ट्रिय व्यावसायिक सर्तहरू (अङ्ग्रेजी: International Commerical Terms) अन्तर्राष्ट्रिय वाणिज्य कानूनसँग सम्बन्धित अन्तर्राष्ट्रिय वाणिज्य चेम्बर (ICC) द्वारा प्रकाशित पूर्व-परिभाषित व्यावसायिक सर्तहरूको एक श्रृंखला हो।[१] इन्कोटर्म्स ले निर्यातकर्ता र आयातकर्ताको जिम्मेवारी परिभाषित गर्दछ, जसमा ढुवानीको व्यवस्था र कारोबारका विभिन्न चरणहरूमा पर्ने उत्तरदायित्वको हस्तान्तरण समावेश हुन्छ। यी सर्तहरू अन्तर्राष्ट्रिय व्यापारिक कारोबार वा खरिद प्रक्रियाहरूमा प्रयोग गरिन्छ, र तिनीहरूको प्रयोग व्यापार परिषदहरू, अदालतहरू, र अन्तर्राष्ट्रिय कानूनी विज्ञहरूद्वारा सिफारिस गरिएको छ।[२] तीन-अक्षरयुक्त व्यापार सर्तहरूको एक श्रृंखला, इन्कोटर्म्स नियमहरू मुख्य रूपमा वस्तुहरूको अन्तर्राष्ट्रिय ढुवानी र डेलिभरीसँग सम्बन्धित कार्य, लागत, र जोखिमहरू स्पष्ट रूपमा परिभाषित गर्नको लागि तयार गरिएका छन्। इन्कोटर्म्स ले बिक्री सम्झौताहरूलाई मार्गदर्शन गर्छ, जसले विक्रेताबाट ग्राहकसम्म वस्तुहरू पुर्याउने क्रममा लाग्ने दायित्व, लागत, र जोखिमहरू परिभाषित गर्छ। तर, यी नियमहरू आफैंमा कुनै सम्झौता सम्पन्न गर्दैनन्, भुक्तानी गर्नुपर्ने मूल्य, मुद्राको प्रकार, वा उधारोका सर्तहरू निर्धारण गर्दैनन्, न त तिनीहरूले सम्झौता कानून वा स्वामित्व स्थानान्तरणलाई परिभाषित गर्छन्।
इन्कोटर्म्स नियमहरूलाई अन्तर्राष्ट्रिय व्यापारमा सबैभन्दा व्यापक रूपमा प्रयोग गरिने सर्तहरूको व्याख्या गर्न सरकारहरू, कानूनी निकायहरू, र व्यवसायिक विज्ञहरूले विश्वभर स्वीकार गरेका छन्। यी नियमहरू विभिन्न देशहरूमा सर्तहरूको भिन्न व्याख्याबाट उत्पन्न हुने अन्योलता कम गर्न वा हटाउन डिजाइन गरिएका छन्। त्यसैले, तिनीहरूलाई विश्वभर बिक्री सम्झौताहरूमा नियमित रूपमा समावेश गरिन्छ।[३]
"इन्कोटर्म्स" अन्तर्राष्ट्रिय वाणिज्य चेम्बरको दर्ता ट्रेडमार्क हो।
सिआईएसजीको धारा ६६ लाई अपूर्ण इन्कोटर्म्स नियमहरूको परिपूरक मानिन्छ।[४]
आइसिसिद्वारा अन्तर्राष्ट्रिय व्यापार सर्तहरू सम्बन्धी पहिलो कार्य सन् १९२३ मा प्रकाशित गरिएको थियो, र पहिलो संस्करण इन्कोटर्म्स १९३६ मा जारी गरिएको थियो। इन्कोटर्म्स नियमहरूलाई १९५३[५], १९६७, १९७६, १९८०, १९९०, २०००, र २०१० मा परिमार्जन गरिएको थियो, र नवौं संस्करण इन्कोटर्म्स २०१०[६] लाई सेप्टेम्बर १०, २०१९ मा प्रकाशित गरिएको थियो।
सन्दर्भ सामग्री
[सम्पादन गर्नुहोस्]- ↑ Incoterms 2020
- ↑ Vishny, Paul H. (१९८१), Guide to international commerce law, St. Paul, MN: West Group, आइएसबिएन 0070675139।
- ↑ "ICC Guide to Incoterms® 2010", ICC, मूलबाट ८ मार्च २०१४-मा सङ्ग्रहित, अन्तिम पहुँच मार्च १४, २०१४। वेब्याक मेसिन अभिलेखिकरण ८ मार्च २०१४ मिति
- ↑ "THE INTERPLAY BETWEEN THE INCOTERMS & CISG ON THE INTERNATIO"।
- ↑ "Incoterms® 1953", UNCITRAL, अन्तिम पहुँच १ मे २०२१।
- ↑ "Incoterms® 2020", ICC, मूलबाट २७ जनवरी २०२०-मा सङ्ग्रहित, अन्तिम पहुँच २८ जनवरी २०२०। वेब्याक मेसिन अभिलेखिकरण २७ जनवरी २०२० मिति