इन्टरनेट

नेपाली विकिपीडियाबाट
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्

इन्टरनेट, कम्प्युटर विद्युतीय प्रविधि अन्तर्गत विकास भएको एक बिश्वब्यापी सञ्जाल वा कम्प्युटरहरूको समूह हो जसमा संसार भरिका कम्प्युटर र सो सँग सम्बन्धित उपकरणहरू एक अर्कासँग सम्पर्कमा रही सूचना हरू आदान प्रदान गर्न सक्छन । सन् २००० को दशक यता सूचना प्रविधिको क्षेत्रमा बिश्वब्यापी रूपमा आएको क्रान्तिकारी परिवर्तनको पछाडि प्रमुख कारक तत्व इन्टरनेट नै रहेको छ । शुरुका दिनहरूमा पुरानो टेलिफोन र भू-उपग्रह प्रविधि मार्फत उपलब्ध एक विशेष तर सानो आकारको सेवाको रूपमा शुरु भएको इन्टरनेट सेवाले हाल आएर सञ्चार, मनोरञ्जन, शिक्षा आदि जीवनका अनेक अभिन्न पक्षहरूको लागि एक अपरिहार्य पूर्वाधारको रूप लिएको छ।

इतिहास[सम्पादन गर्ने]

इन्टरनेटको इतिहास सन् १९५०को दशकतिर सुरु भयो जब कम्प्युटरको आविस्कार भयो । सन् १९८२ मा टिसिपि-आईपि (TCP-IP) मापदण्ड तोकिए लगत्तै इन्टरनेटको जन्म भएको हो । बिगतमा इन्टरनेटलाई ARPANET (Advanced Research Projects Agency Network) भनिन्थ्यो, जसको संजाल सुरुमा केवल चारवटा विश्वविद्यालयमा सिमित थियो : युसिलए, युसियसबि, स्ट्यान्फोर्ड् रिसर्च् इन्स्टिट्युट्युताह विश्वविद्यालय। सित युद्धकालिन परिस्थितिमा कुनै पनि स्थानमा भरपर्दो किसिमले सुचना आदान प्रदान गर्नको लागि इन्टरनेट संजालको परिकल्पना गरिएको थियो ।

बिगतमा इन्टरनेट केवल बैज्ञानिक, ईन्जिनियर, प्राध्यापकहरूमा मात्र सिमित थियो । इन्टरनेटको पुर्ण व्यावसायिकरण सन् १९९५ मा आएर मात्र भएको हो ।

प्रविधि[सम्पादन गर्ने]

सञ्जाल (नेटवर्क) के हो ?

संसार भरि छरिएर रहेका करोडौं कम्प्युटरहरूबिचको सञ्जाललाई इन्टरनेट भनिन्छ । यि कम्प्युटरहरू एक आपसमा बिभिन्न माध्यम, जस्तै, धातुका तार, फाइबर अप्टिक तार, तारबिहिन (वायरलेस) प्रविधीबाट जोडिएका हुन्छन् । यि कम्प्युटरहरू बिच सुचना आदान् प्रदान् गर्न बिभिन्न प्रोटोकलहरू प्रयोग भएका हुन्छन् । सञ्जालहरू बिभिन्न प्रकारका हुन्छन् जस्तै लोकल एरिया नेटवर्क, वाइड एरिया नेटवर्क, मेट्रोपोलिटन एरिया नेटवर्क, स्टोरेज एरिया नेटवर्क इत्यादि । यस्ता लाखौँ सञ्जालहरू बिचको सञ्जाल इन्टरनेट नै संसारकै सबै भन्दा ठुलो सञ्जाल हो ।

'सञ्जाल कसरि चल्छ ?'

कुनै पनि सञ्जाल चल्नलाई त्यसमा भएका कम्प्युटरहरू कुनै माध्यमबाट एक आपसमा जोडिएको हुनुपर्छ । TCP-IP प्रोटोकोलको प्रयोगले कम्प्युटरहरू एक आपसमा सुचना आदान् प्रदान् गर्ने गर्छन् । प्रोटोकोल भन्नाले एउटा कम्प्युटर देखि अर्को कम्प्युटर सम्म जस्ताको तस्तै सूचना हरु पठाउनको लागि दुवै तिर के-कस्तो प्रक्रिया गर्नु पर्ने हुन्छ सो को सिलसिलेवार प्रारूप हो | इन्टरनेटको यस्तो प्रारूप एक खुल्ला प्राविधिक मापदण्ड मा आधारित भएको र कसैको प्रतिलिपि अधिकारमा नपारिएकोले इन्टरनेट सम्बन्धि उपकरण तथा प्रविधि विकास गर्ने जो कोहिले पनि अनुसरण गर्न र प्रयोग गर्न सक्छन् | यसले गर्दा जोसुकैले बनाएको भए पनि इन्टरनेटको लागि बनेका उपकरण तथा प्रोग्रामहरु बिना कुनै कठिनाइ चल्ने गर्दछन् | यसले गर्दा पनि इन्टरनेटको व्यापक विकास र विस्तार सम्भव भएको छ |

सञ्जाल चलाउनलाई बिभिन्न बिद्युतिय उपकरणहरूको प्रयोग हुन्छ जस्तै राउटर, स्विच, इथर्नेट कार्ड इत्यादि । माथि उल्लेख गरिए जस्तै यी सबै उपकरणहरु इन्टरनेट मापदण्ड र प्रोटोकोल अनुरुप काम गर्ने गरी निर्माण भएका हुन्छन् |

सञ्जालमा एकले अर्को लाई कसरि चिन्छ वा छुट्टयाउँछ?

सञ्जालमा एकले अर्कोलाई छुट्टयाउनलाई आइपी ठेगानाको प्रयोग हुन्छ । सञ्जालमा रहेका हरेक कम्प्युटरको आ-आफ्नो अद्वितिय आइपि ठेगाना हुन्छ । टेलिफोन नम्बर, हुलाक ठेगाना, पत्रमंजुषा नम्बर आदि जस्तै इन्टरनेटको यो आइपि ठेगाना पनि एउटा कम्प्युटरिक्रित संख्या हो जसमा ३२ वटा दुइमलाव (बाइनरि) अंक रहन्छन् | यसलाई आइपी संस्करण ४ पनि भनिन्छ | बढ्दो नेटवर्क संजाल र अद्वितिय ठेगाना दिनुपर्ने उपकरणको बढ्दो संख्याले गर्दा उक्त ठेगाना पद्धतिबाट मात्र सवैलाई ठेगाना दिन नपुग्ने भएकोले आइपी संस्करण ६ को पनि विकास भएको छ जसमा ३२ को सट्टा १२८ वटा अंक हुन्छन् | यसवाट प्रशस्त ठेगानाहरु प्राप्त हुन्छन् | तथापी इन्टरनेटमा प्रयुक्त पुराना उपकरण तथा कम्प्युटर हरुमा सो नया ठेगानाको लागि आवश्यक प्रावधान नरहेकोले सोको अपेक्षाकृत व्यापक प्रयोग हुन बढी समय लागिरहेको छ |


ब्यबस्थापन र सञ्चालन[सम्पादन गर्ने]

संचालन र ब्यबस्थापनको सन्दर्भमा विश्वभर फैलिएको इन्टरनेट संजालको प्रमुख विशेषताहरु निम्नानुसार छन्:

क्रमिक रुपमा बिकसित र बिस्तारित
कुनै एक व्यक्ति, निकाय वा संस्था संग यसको स्वामित्व वा संचालनको आधिपत्य नभएको
वास्तविक आकार र सहभागी संख्या थाहा नहुने

इन्टरनेट एक स्वत: संचालित संजाल भएपनि यसको चुस्त संचालनको लागि आवश्यक पर्ने अनेक श्रोत साधनहरुको विभिन्न तवरले ब्यबस्थापन भएको छ | आइपी ठेगाना, डोमेन नाम जस्ता संसारभर दोहोरिन नहुने आयामहरुको ब्यबस्थापन केन्द्रिकृत रुपमा संजाल सूचना केन्द्र (एन आइ सी) भनिने संस्थाहरुले गर्छन् | त्यसको अलावा आ-आफ्नो स्वामित्वको नेटवर्कको सम्बन्धित सेवा प्रदायक, ब्यबसायिक संस्था वा निकायले गर्छन् र आफ्नो नेटवर्कलाई बाह्य संसारसंग जोड्नको लागि आवश्यक लिंक वा पूर्वाधारको व्यवस्था गर्छन् | यसरि सबैले आ-आफ्नो नेटवर्क संचालन गर्ने र एक-अर्कासंग जोड्ने गरेर नै बृहत इन्टरनेट संजालको बिकास भएको हो ।

सेवा, सुबिधा[सम्पादन गर्ने]

संचार माध्यम

यथार्थमा इन्टरनेटको शुरुवात एक संचार माध्यमको रुपमा नै भएको थियो | शुरुका दिनहरुमा कम्प्युटर प्रयोग गरिरहेका यस क्षेत्रका केहि अग्रणी संस्थाहरुले आफ्नो आफ्नो कम्प्युटर हरु एक्लो रुपमा चलाउनु भन्दा तिनीहरुलाई एक अर्कासंग जोडेर चलाउँदा हरेकमा भएको फरक किसिमका जानकारी हरु अरुकहाँ पुर्याउन सहज हुने महशुश गरे | जस अनुसार उनीहरुले कम्प्युटरहरुलाई सीधा एक अर्कासंग जोडी जानकारी वा डाटा आदानप्रदान गर्न सक्ने प्रविधिको बिकास गरे | त्यहि प्रारम्भिक अवस्थाको नेटवर्क वा संजाल को अती बिस्तृत रुप हालको इन्टरनेट हो |

इन्टरनेट आधारभूत रुपमा कम्प्युटरहरु बिचको संचार माध्यम भए पनि कम्प्युटर मानिसले प्रयोग गर्ने हुँदा स्वतः यो मान्छेको संचार साधनको रुपमा विकास भयो | अझ हालका दिनहरुमा भएको बहु आयामिक विकास र हरेक प्रविधिको विकास इन्टरनेट उन्मुख भएकोले इन्टरनेट एक संचार साधनभन्दा बढी एक आधारभूत संरचनाको रुपमा स्थापित भैसकेको छ जसमा संचार बाहेक अन्य सेवाहरू पनि उपलब्ध हुन सक्छन् |

जानकारीको श्रोत

सन्दर्भ सामग्री[सम्पादन गर्ने]

बाहिरी कडीहरू[सम्पादन गर्ने]

because of internet we can solve our many problem.