इन्टरनेट टेलिभिजन

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
(इन्टरनेट टिभी बाट पठाईएको)
Jump to navigation Jump to search


इन्टरनेट टेलिभिजन वा इन्टरनेट प्रोटोकल टेलिभिजन (आइपी टिभी) टेलिभिजन प्रशारणको एउटा नयाँ प्रबिधि हो। यो प्रबिधिबाट अहिले टेलिभिजनका च्यानललाई इन्टरनेटको माध्यमबाट आफ्नो कम्प्युटर अथवा इन्टरनेट-चल्ने टेलिभिजन हेर्न सकिन्छ। जुनसुकै तिब्र गतिको इन्टरनेटको श्रोत मार्फत इन्टरनेटमा जोडेर यस्तो टेलिभिजन हेर्न सकिन्छ। प्रत्यक्ष टेलिभिजन, पुराना कार्यक्रमहरूका साथै चाहिएको भिडियो वा चलचित्र खोजेर हेर्न सकिने भएकोले यो सेवा सामान्य टेलिभिजन प्रशारण भन्दा फरक छ। त्यसैले, आइपी टिभीलाई सामान्यतया इन्टरनेटमा आधारित मल्टिमिडिया सेवा भन्न सकिन्छ।

इन्टरनेसनल टेलिकम्युनिकेसन युनियनले इन्टरनेटको माध्यमबाट प्रशारण हुने टेलिभिजनलाई आइपी टिभी भनेको छ। सन् २००५मा एलाईन्स फर टेलिकम्युनिकेसन इन्डस्ट्री सोलुसन्सले आइपी टिभीको आधिकारिक परिभाषा गरेको हो। पहिलोपल्ट १९९४मा अमेरिकी ब्रोडकास्टिङ कम्पनीले आफ्नो विश्व समाचार सेवालाई पहिलो पटक इन्टरनेटमार्फत् प्रसारण गरेको थियो। सुरुमा सियु-सिमी भिडियो कन्फेरेन्स सफ्टवेयरका माध्यमबाट यस्तो सेवा सुरु गरिएको थियो। त्यसपछि यसलाई विकास गर्दै संसारभरि आइपी टिभीको चलन सुरु गरियो। अहिले भने एमपिइजी फोर प्रविधिमा यस्ता टिभी सञ्चालन गरिन्छ। इन्टरनेटका अरु श्रोतबाट जस्तै, आइपी टिभीमा प्रसारण भइसकेको टिभी कार्यक्रमलाई रेकर्ड गरेर पनि हेर्न मिल्छ। सीमित च्यानलको मात्र सेवा लिएर चलाउन पनि सकिन्छ। आफूलाई मन पर्ने कार्यक्रम रेकर्डका लागि स्वचालित रूपमा मिलाएर राख्ने र पछि हेर्न सकिने भएकाले यो प्रविधि अहिले लोकप्रिय हुन थालेको छ[१]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

  1. http://www.nagariknews.com/infotech/23007-2011-02-01-14-06-32.html