इन्टरनेट सक्रियतावाद

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

इन्टरनेट सक्रियतावाद अन्तर्गत विशेष गरेर सामाजिक सञ्जाल, इमेल र इलेक्ट्रोनिक सञ्चार प्रविधिको उपयोग गरि नागरिक अभियानलाई छरितो र प्रभावकारी सञ्चारको रूपमा सक्षम गर्नको लागि बृहत् र विशिष्ट दर्शकहरूको लागि विशेष जानकारीको वितरणसँगै समन्वय समेत गर्दछ। यसलाई वेब सक्रियतावाद, अनलाइन सक्रियतावाद, डिजिटल अभियान, डिजिटल सक्रियतावाद, अनलाइन आयोजन, इलेक्ट्रोनिक वकालत, इ-अभियान र इ-सक्रियतावाद पनि भन्ने गरिन्छ। इन्टरनेट प्रविधिको उपयोग गरेर रकम जम्मा गर्न, सामुदायिक भवन, पैरवी समूह र आयोजन गर्नको लागि यसको प्रयोग गरिन्छ। इन्टरनेट सक्रियतावाद एउटा सङ्गठित सार्वजनिक प्रयास हो जसले कुनै एक लक्ष्य प्राप्ति गर्न सामूहिक प्रयास गर्दछ, यसमा नागरिक पहलकर्ता वा समर्थकहरूले डिजिटल मिडियाको प्रयोग गर्छन्।[१] विश्वमा वर्तमान समयमा विभिन्न सोधहरू यस विषयमाथि भइरहेको छ। विशेष गरेर अमेरिकाक्यानडामा सक्रिय वकालत समूहहरूले डिजिटल सक्रियतावादबाट उद्देश्यहरू प्राप्त गर्न कुन किसिमले सामाजिक सञ्जाल प्रयोग गरिरहेका छन भनेर जानकारी जम्मा गरिरहेको छ।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]