इन्टोसाइ
| गठन | १९५३ |
|---|---|
| प्रकार | अन्तरसरकारी सङ्गठन |
| प्रधान कार्यालय | भिएना, अस्ट्रिया |
आधिकारिक भाषा | अङ्ग्रेजी, अरबी, फ्रान्सेली, जर्मन र स्पेनी |
महासचिव | मार्गिट क्राकर[१] |
| वेबसाइट | www |
सर्वोच्च लेखापरीक्षण संस्थाहरूको अन्तर्राष्ट्रिय सङ्गठन (इन्टोसाई) एक अन्तरसरकारी सङ्गठन हो, जसका सदस्यहरू विभिन्न देशका सर्वोच्च लेखापरीक्षण संस्थाहरू हुन्छन्।[२] विश्वका लगभग सबै सर्वोच्च लेखापरीक्षण संस्थाहरू यसका सदस्य छन्। सम्बन्धित देशको प्रणाली अनुसार, इन्टोसाईका सदस्यहरूलाई मुख्य वित्तीय नियन्त्रक, महालेखा परीक्षकको कार्यालय, लेखा अदालत, वा लेखापरीक्षण बोर्ड जस्ता विभिन्न नामले चिनिन्छ। नेपालको सन्दर्भमा, महालेखा परीक्षकको कार्यालय यस सङ्गठनको सक्रिय सदस्य हो।
इन्टोसाईले प्रत्येक तीन वर्षमा एक सम्मेलन आयोजना गर्दछ, जसलाई 'सर्वोच्च लेखापरीक्षण संस्थाहरूको अन्तर्राष्ट्रिय काङ्ग्रेस' भनिन्छ।[३]
यसले त्रैमासिक रूपमा 'इन्टरनेसनल जर्नल अफ गभर्नमेन्ट अडिटिङ' प्रकाशित गर्नुका साथै सरकारी लेखापरीक्षणका मार्गनिर्देशन र अन्तर्राष्ट्रिय मापदण्डहरू पनि जारी गर्दछ।
इतिहास
[सम्पादन गर्नुहोस्]इन्टोसाई को स्थापना सन् १९५३ मा क्युवाको हभानामा भएको थियो।[४][५] सुरुमा ३४ वटा लेखापरीक्षण संस्थाहरूले मिलेर यो समूह बनाएका थिए र सन् २०१० सम्ममा यसको सदस्यता सङ्ख्या १९३ पुगेको छ (१८८ राष्ट्रिय संस्थाहरू, युरोपेली लेखा अदालत र ४ सम्बद्ध सदस्यहरू)।[४]
इन्टोसाईका सदस्यहरू संयुक्त राष्ट्र सङ्घका प्राथमिक बाह्य लेखापरीक्षक हुन्।[५] संयुक्त राष्ट्र सङ्घको महासभाले इन्टोसाईका सदस्य प्रतिनिधिहरू मध्येबाट 'संयुक्त राष्ट्र सङ्घ लेखापरीक्षक बोर्ड'का लागि ३ जना सदस्यहरू (६ वर्षको कार्यकालका लागि) नियुक्त गर्दछ।[६]
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ "Margit Kraker", International Organization of Supreme Audit Institutions, अन्तिम पहुँच १४ मार्च २०१९। अभिलेखिकरण १३ डिसेम्बर २०१७ वेब्याक मेसिन
- ↑ "International Organization of Supreme Audit Institutions (INTOSAI)", uia.org, Union of International Associations, २०२४।
- ↑ Shah, Anwar (२००७), Performance Accountability and Combating Corruption, वासिङ्टन डि.सी., अमेरिका: विश्व बैङ्क, आइएसबिएन 978-0821369418।
- 1 2 Hussey, Roger; Ong, Audra Wei Ming (२००६), International Financial Reporting Standards Desk Reference, होबोकेन, न्यु जर्सी: John Wiley & Sons, पृ: 289, आइएसबिएन 978-0-471-72715-6।
- 1 2 Franda, Marcus F. (२००६), The United Nations in the Twenty-first Century, ल्यानहम, मेरिल्यान्ड, अमेरिका: Rowman & Littlefield, पृ: 219, आइएसबिएन 978-0-7425-5334-7।
- ↑ "United Nations Board of Auditors"।