इन्डियाज डटर

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
इन्डियाज डटर
निर्देशकलेस्ली उडविन
निर्मातालेस्ली उडविन
लेखकलेस्ली उडविन
आधारित२०१२ दिल्ली सामुहिक बलात्कारको घटना
सङ्गीतकारक्रस्ना सोलो
सम्पादकअनुराधा सिंह
स्टुडियो
  • असैसिन फिल्म्स
  • तथागत फिल्म्स[१]
वितरकबर्टा फिल्म
प्रदर्शन४ मार्च २०१५[२]
समयावधि५८ मिनट (५८ मिनेट १८ सेकेंड)
देशसंयुक्त राजशाही
भाषाअङ्ग्रेजी, हिन्दी

इन्डियाज डटर (India's Daughter) लेस्ली उडविन द्वारा निर्देशित एउटा वृत्तचित्र हो जुन बीबीसी को जारी शृंखला स्टोरीविले को एउटा भाग हो।[३] यो वृत्तचित्र २३ वर्षीया फीजियोथैरेपी छात्रा ज्योति सिंह (निर्भया) सँग २०१२ मा दिल्ली मा भएको सामूहिक बलात्कार र हत्यामा आधारित छ। वृत्तचित्रलाई अन्तरराष्ट्रीय महिला दिवस ८ मार्च २०१५ मा भारतको एनडीटीवी २४x७ , संयुक्त राजशाहीको बीबीसी फोरमा डेनमार्क, स्वीडेन, स्विट्जरल्यान्ड, नर्वेक्यानाडा मा पनि प्रसारित गर्ने योजना थियो।[४] [५][६] १ मार्च २०१५ मा फिल्म निर्माताहरु ले तिहाड जेलमा बंद बलात्कारी मध्य एकको अन्तरवार्ता लिएका थिए। भारतिय मीडियाकर्मीले यो कुरा थाहा पाएपछि सरकार र विपक्षको ध्यान त्यस तर्फा गयो। भारत सरकार ले ४ मार्च २०१५ मा न्यायालय को आदेशको आधारमा भारतमा यसको प्रसारण माथि रोक लगायो । बीबीसीले यो आदेशको पालना गर्ने प्रतिबद्धता जनायो। तर यसले संयुक्त राजशाहीमा ४ मार्च को दिन यसको प्रसारण गर्यो। यो फिल्म युट्युबमा पनि हेरियो र विभिन्न सामाजिक माध्यमबाट यसको वृहद स्तरमा प्रसार भयो। ५ मार्चको दिन भारत सरकार ले यूट्यूबलाई भारत मा यसको प्रसारणलाई हटाउने निर्देशन दियो। युट्युबले यसको पालना गर्यो।

डिसेम्बर २०१२ मा राजपथमा विरोध प्रदर्शन गर्दै युवती

पृष्ठभूमि[सम्पादन गर्ने]

दिल्ली सामूहिक बलात्कारको घटना १६ दिसंबर २०१२मा दक्षिणी दिल्ली मा भएको थियो।[७] ज्योति सिंह आफ्नो मित्र अवीन्द्र सिंह[८] सँग लाईफ अफ पाई फिल्म हेरेर फर्किने क्रममा उनले एउटा निजी बस मा चढिन।[९] बसमा नै उनीसँग मारपीट र बलात्कारको घटना भएको थिए। उनको मित्रसँग पनि शारीरिक उत्पीडन गरिएको थियो।यो घटनाले देश र विश्वभरि ठुलो चर्चाको विषय बन्यो ।यो घटनको ठुलो निन्दा भयो र तत्कालिन भारतीय काङ्ग्रेसको सरकारको चर्को आलोचना भयो ।[१०]

उक्त घटनामा एक जना नाबालिग सहित ६ जना दोषीलाई पक्राउ गरियो ।[११]ति मध्य एक जना ले जेल भित्रै झुण्डिएर आत्महत्या गर्यो ।नाबालिग अभियुक्तलाई ३ वर्षको सुधार गृहमा पठाइयो ।बाकि ४ जनालाई मृत्युदण्डको सजाय सुनाइयो।[१२]

अन्तरवार्ता[सम्पादन गर्ने]

वृत्तचित्र निर्माताहरुले बलात्कारका एक अभियुक्त मुकेशसँग लिएको अन्तरवार्ताले भारतीय जनसमुदाय र मीडियामा निकै विवादको विषय बन्यो । सामाजिक संजालमा र मानवाधिकारवादीहरुले यसको घोर भर्त्सना गरे ।तत्कालिन भारतीय विपक्षी दल काङ्ग्रेस र अन्य विपक्षी दलहरुले सरकार सँग यस्तो विवादास्पद कामको अनुमति दिएकोमा स्पष्टिकरणको माग गरे। उक्त अन्तरवार्तामा तिहाड जेलमा बन्द मुकेश सिंहले पीडित युवतीमाथि आपत्तिजनक टिप्पणी गरेका थिए।भारतीय पत्रिका नवभारत टाइम्सको अनुसार अभियुक्त मुकेश सिंहलाई अन्तरवार्ताको लागि भा.रू४०,००० दिइएको थियो । उसले भा.रू२००,०००को माग गरेपनि रकमलाई छलफल गरेर मिलाईएको थियो ।[१३]

विवाद[सम्पादन गर्ने]

१ मार्च २०१५ मा वृत्तचित्र निर्माताहरुले तिहाड जेलमा रहेको बलात्कारको एक अभियुक्तसँग अन्तरवार्ता गरेको खुलासा गरे ।यो खबरलाई भारतीय समाचार माध्यमहरुले चारै तिर प्रसारित गरे जसले गर्दा देशभरि रोष को वातावरण उत्पन्न भयो।दिल्ली प्रहरीले ३ मार्चको दिन फिल्म निर्माताहरु माथी विभिन्न कानुनी धारा बमोजिम एफ.आइ.आर गर्यो ।[१४]४ मार्च २०१५ मा भारतीय सरकारले न्यायालयबाट आदेश लिएर यस वृत्तचित्रको प्रसारणमाथि रोक लगायो । मार्च ५ २०१५ मा तिहाड जेलका अधिकारीहरु ले वृत्तचित्र निर्माताहरुलाई आधिकारिक सुचना पठायो।उक्त सुचनामा वृत्तचित्र निर्माताहरुलाई जेलमा वृत्तचित्रको छायाङ्कन गर्न दिएको शर्तहरुको उल्ल्ङ्घन गरेको कुराको उल्लेख गरिएको थियो ।उनीहरुले वृत्तचित्रमा अभियुक्तको अन्तरवार्ता लाई हटाउने आदेश दिए ।[१५]अभियुक्तका मातापिताले उक्त वृत्तचित्र सबैले हेर्ने अनुरोध गरे ।[१६]वृत्तचित्र निर्देशक उडिनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई वृत्तचित्र माथि लागेको प्रतिबन्ध हटाउन माग गरिन तर ५ मार्चमा उनी कानुनी झमेलाबाट बच्नको लागी भारत छोडेर बेलायत फर्किन ।[१७][१८]४ मार्च २०१५ मा भारतीय सरकारले न्यायालयबाट आदेश लिएर यस वृत्तचित्रको प्रसारणमाथि रोक लगायो । मार्च ५ २०१५ मा तिहाड जेलका अधिकारीहरु ले वृत्तचित्र निर्माताहरुलाई आधिकारिक सुचना पठायो।उक्त सुचनामा वृत्तचित्र निर्माताहरुलाई जेलमा वृत्तचित्रको छायाङ्कन गर्न दिएको शर्तहरुको उल्ल्ङ्घन गरेको कुराको उल्लेख गरिएको थियो । संयुक्त राष्ट्रसंघका महासचिव वान कि मुन को प्रवक्ता स्टिफन डुजारिकले यसको घोर निन्दा गरे ।"[१९]

सन्दर्भ[सम्पादन गर्ने]

  1. "India’s Daughter", CBC, ७ मार्च २०१५, अन्तिम पहुँच ७ मार्च २०१५ 
  2. Bhatt, Abhinav (५ मार्च २०१५), "After India's Ban, Nirbhaya Documentary 'India's Daughter' Aired by BBC", NDTV, अन्तिम पहुँच ५ मार्च २०१५ 
  3. "Interview with Delhi gang rapist left 'stain on my soul', says British film maker", The Daily Telegraph, ३ मार्च २०१५, अन्तिम पहुँच ६ मार्च २०१५ 
  4. "India's Daughter: Required Clearances Were Taken by Documentary Maker", NDTV, ४ मार्च २०१५, अन्तिम पहुँच ४ मार्च २०१५ 
  5. Baddhan, Raj (३ मार्च २०१५), "NDTV 24×7 & BBC to air ‘Nirbhaya’ film on Sunday", NDTV 24x7, अन्तिम पहुँच ४ मार्च २०१५ 
  6. "अमेरिकामा वृत्तचित्र 'इन्डियाज डटर' को प्रदर्शन हुने", कान्तिपुर, फाल्गुन २४, २०७१। 
  7. Hills, Suzannah (७ जनवरी २०१३), "Judge bars Delhi gang rape defendants from chaotic courtroom after 150 people cram into space meant for 30", Daily Mail, अन्तिम पहुँच ५ मार्च २०१५ 
  8. Schulz, Matthias; Wagner, Wieland (२५ जनवरी २०१३), "Rape Tragedy in India: Dreams of 'the Fearless One'", Der Spiegel 
  9. Rahman, Maseeh (२०१५-०३-०४), "India bans TV stations from showing interview with man who raped student", The Guardian 
  10. Yardley, Jim (२९ डिसेम्बर २०१२), "Leaders’ Response Magnifies Outrage in India Rape Case", The New York Times, अन्तिम पहुँच ५ मार्च २०१५ 
  11. Basu, Indrani (१२ मार्च २०१३), "Suicide or murder? Nirbhaya main accused found hanging in Tihar", The Times of India, अन्तिम पहुँच ५ मार्च २०१५ 
  12. Barry, Ellen (१३ सेप्टेम्बर २०१३), "Many Doubt Death Sentences Will Stem India Sexual Attacks", The New York Times, अन्तिम पहुँच ५ मार्च २०१५ 
  13. "India's Daughter: Rape convict paid Rs.40,000 for interview?", DNA India, ६ मार्च २०१५, अन्तिम पहुँच ७ मार्च २०१५ 
  14. "December 16 gangrape convict interview: Delhi Police registers FIR", The Indian Express, ६ मार्च २०१५, अन्तिम पहुँच ७ मार्च २०१५ 
  15. "Tihar Jail sends notice to BBC, director Udwin for breach of conditions", The Indian Express, ६ मार्च २०१५, अन्तिम पहुँच ६ मार्च २०१५ 
  16. Ghosh, Deepshikha (५ मार्च २०१५), "Everyone Must See 'India's Daughter,' Says Nirbhaya's Father, After Ban in India", NDTV, अन्तिम पहुँच ५ मार्च २०१५ 
  17. Rahman, Maseeh (४ मार्च २०१५), "Delhi rape documentary-maker appeals to Narendra Modi over broadcast ban", The Guardian, अन्तिम पहुँच ५ मार्च २०१५ 
  18. "Government turns heat to stop screening of India's Daughter, Leslee Udwin leaves for UK", DNA India, ५ मार्च २०१५, अन्तिम पहुँच ६ मार्च २०१५ 
  19. Varandani, Suman (५ Mar २०१५), "India’s Daughter: BBC Documentary On Delhi Gang Rape Banned In India, Airs In The UK", International Business Times 

बाह्य लिङ्कहरू[सम्पादन गर्ने]